मुग्लानी खबर ७ जेठ
राजेश प्रसाईं ” बिद्रोही”
झापा जिल्लाको भद्रपुर नगरपालिका ३ निवासी माता दोमन्ता ताम्राकार (श्रेष्ठ) र पिता स्वर्गीय निलकुमार ताम्राकारकी छोरी, साहित्यिक चौतारी नेपाल प्रदेश नम्बर १ शाखाकी सह-कोषाध्यक्ष समेत रहनु भएकी युवा स्रष्टा अरुणा श्रेष्ठ 'अनु'[नागरिकताको नाम प्रेम कुमारी ताम्राकार ] विगत लामो समयदेखि नसा सम्बन्धि बिरामले ग्रसित छन |
घरभित्र बाहिर गर्न देखि हरेक काममा परिवारको सहयोग विना उहाँ अाफैँ गर्न सक्नुहुन्न। कलिलो उमेरमै विवाह भई एक बच्चा समेत जन्मेर त्यही विरामको समयमा स्याहारसुसार आमाबाट हुन सकेन ।
सन्तानको पनि मृत्युु भै सकेको र श्रीमानले पनि अवहेलना गरेपछि माइतीमै ल्याइ माइतीकै रोहवरमा विगतमा भारतको नयाँ दिल्लीमा गएर झण्डै छ महिना भन्दा लामो उपचार प्रक्रियामा अाठ दस लाख भन्दा धेरै परिवारले खर्च गरिसकेको हुँदा खर्च अभावभई माइती पक्षबाट पनि अौषधीउपचारमा खर्च हुन नसकेको उनी पुनर्जीवन चाहाँन्छु भन्दै भावुक मोडमा बताईन |
श्रीमानले पनि अर्को विवाह गरिसकेको वेवास्ता गरेका कारण यतिबेला अरुणा जिन्दगीको कठिन मोडमा भएको जानकारी दिइन । माइती घरमा अामाले दिएको स्याहारसुसारमा जिन्दगीलाई मुस्किलले घिसार्न विवस हुनु भएको छ। हामीहरू सबैलाई थाहा छ हामी उहाँका सिर्जना सामाजीक संजालमा पढ्छौँ कुराकानी त गर्छौ तर उहाँले बोल्ने मधुर बोली भित्र छिपेका अथाह पीडालाई बोध गर्न भने सकिरहेका छैनौं।
यसै विषयलाई मध्यनजर गर्दै साहित्यिक चौतारी नेपाल केन्द्रीय समितिको गत शुक्रबार भएको बैठकको निर्णय अनुसार अरुणाको उपचारका लागि सबैले अा अाफ्नो ठाउँबाट स्वच्छिक सहयोगका लागि अाह्वान गर्दै "अरुणा पुनर्जीवन अभियान " सञ्चालन गर्न लागिरहेका छन ।
तपाईं हाम्रै कलमी सहयात्री अरुणा श्रेष्ठ अनुको उपचारका लागि अा अाफुले एक छाक खाजा खाने पैसा बचाएर, एकपटक घुम्न जाने पैसा बचाएर सहयोग गरि यो अभियान सफल बनाउन एकबद्द हुनुहुन हार्दिक अाह्वान गरेको जानकारी समेत बिरामी अरुणाले बताइन । यसै शिलशिलामा झापाको रेडियो भिजनबाट प्रशारण हुने कार्यक्रम "मुक्तक माला" मा अरुणा श्रेष्ठ 'अनु'सँगको कुराकानी प्रसारण समेत गरेको थियो अरुणाको विराम, उपचार प्रक्रिया हालको अवस्था लगायतका सन्दर्भमा चर्चा गरिएको हुँदा मुक्तक मालाको इपिसोढ सुन्न तथा "अरुणा पुनर्जीवन अभियान"लाई सफल बनाउन हामी सामाजिक संघसंस्था ,बुद्धिजीवी ,समाजसेवी ,व्यापारी , हरेक स्रष्टा सहकर्मी , अाम अामाबुबा दाजुभाइ दिदीबहिनीहरु सबैलाई हार्दिक अाह्वान समेत गरिन |
समचार लेख्ने सन्दर्भमा काठमान्डौबाट बरिष्ठ साहित्यकार अरुण कुमार श्रेष्ठले मुग्लानी खबरलाई जानकारी दिदै भने एक स्रष्टाले अर्को स्रष्टाको दुःखमा साथ दिनु पर्छ सेवा नै धर्म हो धन्दै देश बिदेशबाट पनि सामाजीक सस्थाहरुलाई अावहान समेत गरे सहयोगको खाता नम्बर सहितको जानकारी दिएका छन जस्लाई जस्ताको तस्तै हामीले सम्प्रेषण गरेका छौ |
स्रष्टा अरुणा श्रेष्ठको उपचार सहयोगका लागि वैक खाता खोलियो। अाज फेरि भद्रपुर - ३, भीमनगर स्रष्टा अरुणा श्रेष्ठ" अनु" को निवासमा पुगेर उहाँलाई भेट्ने अवसर मिल्यो। साहित्यिक चौतारी नेपाल, प्रदेश नं -१ की सहकोषाध्यक्ष अरुणाको स्वास्थोपचारका लागि साहित्यिक चौतारी नेपालका केन्द्रीय अध्यक्ष हाल विदेशमा रहनु भएका साहित्यकार सन्दीप संग्रौला" दीलदु:खी"ले सामाजिक सञ्जाल मार्फत् गरेको आह्वान , विर्तामोड स्थित रेडियो भिजनका " कार्यक्रम मुक्तक मालाका " सञ्चालक युवा स्रष्टा मदन भण्डारीले अरुणाको घरमा गएर अरुणासंग लिएको अन्तर्वाता रेडियो मार्फत् गरेको प्रसारण र सन्दीपजीबाटै भद्रपुर नगरपालिकाका प्रमुख तथा वडा नं ३ कि वडाध्यक्ष लगायत विभिन्न साहित्यिक व्यक्तित्वहरुसंग गरेको सम्पर्कको सकारात्मक प्रभावले अन्तत: आज मिति २०७५/०१/२४ गते भद्रपुर नगरपालिकाको वडा नं ३ कि वडाध्यक्ष श्री कमला थुलुङको अध्यक्षतामा वडा नं ३ को कार्यालयमा बसेको बैठकले उहाँकै संयोजकत्वमा " अरुणा श्रेष्ठ पुनर्जीवन अभियान सहयोग समिति " गठन गरि आजै कृषि विकास बैक भद्रपुर शाखामा बचत खाता पनि खोलिएको छ।
समितिमा संयोजक कमला थुलुङ, सचिव ज्ञानु सिञ्चिउरी, कोषाध्यक्ष ओम खरेल, सदस्यहरुमा देवीचरण भण्डारी, हेमचन्द्र काङवाङ र गणेश प्रसाद ढुङ्गाना रहनु भएको छ। उक्त खाता संयोजक कमला थुलुङको अनिवार्य र कोषाध्यक्ष ओम खरेल र सदस्य देवीचरण भण्डारी मध्ये कुनै एकको संयुक्त दस्तखतबाट सञ्चालन गरिने छ। बैठकले छ जनाको सल्लाहकार समिति पनि बनाएको छ।
जसमा भद्रपुर नगरपालिकाका प्रमुख श्री जीवन कुमार श्रेष्ठ, साहित्यिक चौतारी नेपालका वरिष्ठ सल्लाहकार प्रा. डा. भीम खतिवडा, संस्थापक सल्लाहकार सावित्रा लुईंटेल घिमिरे, केन्द्रीय अध्यक्ष सन्दीप संग्रौला" दीलदु:खी" र खगिन्द्रा खुसी रहनु भएको छ। खाताको नाम र खाता नं यसप्रकार रहेको छ-- खाताको नाम - अरुणा पुनर्जीवन अभियान सहयोग समिति बचत खाता नं 06005012567310 बैंकको नाम- कृषि विकास वैंक भद्रपुर, झापा।
आशा छ एकजना स्रष्टा रकमको अभावले उपचारबाट बञ्चित हुन नपरोस्। थोपाथोपा मिलेर नै सागर बन्दछ । तपाईं हामी सवैको थोरै सहयोगले अरुणाले चाँडै पूर्ण स्वास्थलाभ प्राप्त गर्नेछिन्। उहाँका मर्मश्पर्शी गजल, मुक्तक र कविताले पनि पुनर्जीवन पाउने छन्।
अलिकति पनि आत्मवल कमजोर नपार्नु अरुणा। तपाईको साथमा हामी छौं। साहित्यिक चौतारी नेपाल छ। राष्ट्रिय अन्तर्राष्ट्रिय साहित्यिक संघ संस्थाहरु छन्। यी सवैमा आवद्ध साहित्यिक व्यक्तित्वहरु हुनु हुन्छ। ढुक्क हुनु अरुणा ।तपाईं चाँडै निको हुनु हुनेछ।