दोहा-कतार : हाम्रो अधिकारीको लागि सङ्गठित हौ,प्रशिक्षित हौं, परिचालित हौ भन्ने भन्ने नाराका साथ नेपाली प्रवासी श्रमिक संघ (GEFONT Support Group ) कतारले करिव ३०० नेपाली श्रमिक हरुको उपस्थितिमा मजदुर दिवस कार्यक्रम भव्य तरिकाले सम्पन्न गरेको छ ।
श्रमिक दिवस अर्थात् मे १ लाई विश्वभर मजदुर दिवसका रूपमा मनाइन्छ। सिकागोको हेमाक्रेटामा सन् १८८६ को नरसंहारमा मारिएका मजदुर र आममानिसको सम्झनामा यस दिवसलाई मनाइने गरिन्छ।
GEFONT कतारका अध्यक्ष शेषराज तिमिल्सिनाको सभापतित्वमा तथा नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा यहाँ स्थापित विशेष गरि श्रमिकका एजेन्डा भएका, श्रमिकका समसामयिक समस्याहरू उपर चासो राख्ने विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थिति विभिन्न संघ - संस्थाका प्रमुख लगायतले मन्तव्य राख्दै श्रमद्वारा संसार बदल्ने बिश्वभरका श्रमिकहरु प्रती हार्दिक नमन सहित अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना व्यक्त गर्दै आफ्ना हक हितको लागि बिश्वका मजदुरहरु एक हुन आग्रह गरेका थिए I
साथै श्रमिकहरू सधैँ नेताहरूका भर्याङ्गको रूपमा मात्र प्रयोग हुने, चप्पल पड्काउँदै केही बर्ष अघि शहर छिरेका नेताले हामी जस्ता श्रमिकलाई प्रयोग गरेर आफ्नो जीवन स्तर उकास्दै चिल्ला गाडि मा कुदी रहँदा हामी जस्ता श्रमिकका जीवन स्तर चाहिँ जहीँ को त्यहीँ रहेको बताए।
कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले अमेरिकाको सिकागो सहरबाट सुरुभएको ८ घन्टा काम, ८ घन्टा आराम,८ घन्टा मनोरञ्जन लाई सबैले निरन्तरता दिनुपर्ने भन्दै सन् १८८६ मा मजदुर बिरोधि कानुनको बिरुद्ध संघर्ष गर्दा लाखौं मानिसले ज्यान गुमाएको बताए ।
आफ्ना हक अधिकारी पाउनको निम्ति बर्ग संघर्ष गर्न पछि पर्न नहुने,संसार भरका मजदुर एकजुट भएर लागेको खण्डमा श्रमिक हरुको जित हुने बताए । बिस्वभरका धेरै देशमा यो सङ्गठनको रहेको हुँदा सदस्यता लिएर श्रमिक हरुको हक हितको लागि गोलबन्द हुन आग्रह गरे ।
GEFONT लाई कुनैपनि राजनिति पार्टीको आँखा बाट हेर्नू भन्दापनि यो सबै नेपाली श्रमिक हरुको साझा संस्था बनाउनुपर्नेमा जोड दिदै आफ्ना महत्त्वपूर्ण भनाइ राखेका थिए ।
ITUC कतारका नेपाली प्रतिनिधि तथा GSG कतारका संस्थापक अध्यक्ष विश्वराज नेपालले संस्था खोल्नुको उदेश्य र यस्का योजना बारेमा बताउदै आफ्नो संस्था सधैव श्रमिकको हितमा डटिरहने बताए । साथमा श्रमिकहरूको जीवन स्तर समेत उकासिने हुँदा, यहीँ स्थापित संघ संस्थाहरूलाई श्रमिकमुखी जनचेतना कार्यक्रमहरू गर्न सुझाव दिएका थिए।
नेपाली प्रवासी श्रमिक संघ (GSG -Qatar) का अध्यक्ष शेषराज तिमिल्सिनाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा उपस्थित संघ संस्थाका प्रतिनिधि सबैलाई संस्थाका उपाध्यक्ष समुन्द्र खड्काले आफ्नो मन्तव्य मार्फत स्वागत गरेका थिए भने कार्यक्रमको सहजिकरण बिन्दा लामाले गरेकि थिइन ।