सुरेश कुमार पाण्डे
घोराही ,१८ दाङ
गजल नं -१
कसैले काम गर्दैनन् मोज भरपुर चाहियो,
नीति गतिलो नभए पनि अङ्कुर चाहियो।
गिरबले लाहुर गएर पसिना पोख्छन् सधै,
देशमा कर्मचारि लाई सधै दस्तुर चाहिन्छ।
नेताले देशलाई अल्छिको अखडा भनायो,
बलिको बोका बनाउलने वेकसुर चाहिन्छ।
भन्छ देशमा समाजवाद ल्याउलछौं हामी,
हामिलाई सबैको सहयोग जरूर चाहिन्छ।
उनैलाई प्रसस्त पद प्रतिष्ठा झोलेहरू पनि,
सधै उनैको अंघि पछि जी हजूर चाहिन्छ।
आयश्रोत हौस वा नहौस् बाल छैन देशमा,
नेतालाई सत्ता भत्ता र बिदेशी टुर चाहिन्छ।
गजल नं -२
जहिल्यै पनि गास बासको समस्य भरपुर हुन्छ,
धनीलाई बलिको बोका सन्सारकै मजदुर हुन्छ।
बनायो गगनचुम्ने महल फलायो धान फाँटैभरी,
भोकोपेट नाङ्गो ज्यु अप्राधी किन वेकसुर हुन्छ।
सिप सबैछन् छैन एकता मजदुरहरूको बिचमा,
त्यसैले श्रमजिविहरूको सपना चक्नाचुर हुन्छ।
बाजे ब्रिटिशको लागि लडे,बाबा भारतकै लागी,
आज नाति अरबमा खाडिको लागि फूर हुन्छ।
भन्छन् गरिब मुक्तिकै लागिहो आन्दोलन हाम्रो,
तर लुकिलुकी साम्राज्यवाद सँग जि हजूर हुन्छ।
युवाहरूले अमूल्य जिवन खेरा नफाल ब्यार्थैमा,
राजनीतिक सफरमा चम्चाहरूनै कोहिनूर हुन्छ।
गजल नं - ३
श्रमजिवीको भविश्य सँग खेल हुन्छ,
स्वार्थमा नेताको एकता वे मेल हुन्छ।
छाडौँ कस्ले जित्यो याहाँ कस्ले हार्यो,
भनेकै योजनानै जितेपछि फेल हुन्छ।
केहतार छ अहिलेनै खुसि मनाउँनुको,
देशभित्र गरिबको आँशुको भेल हुन्छ।
ज जस्ले जितेपनि उस्कै लागि जित्यो,
मख्ख नपरौँ निर्दोशलाई नै जेल हुन्छ।
दलालि गय्रो आज उस्ले नाम कमायो,
देशभक्ती नाम सधै भरी ओझेल हुन्छ।
हेर्दै जाउ कत्तिछैन विजन बिकाश गर्ने,
उन्कै ओफिसमा बिदेशी पेलापेल हुन्छ।
गजल नं -४
वेनाम भयो जसले यो सन्सार बनायो,
दुनियाँलाई जिताउँने हतियार बनायो।
उसैको पसिना रगतले सिंचेको धर्तिमा,
शोशकहरूले आफ्नो सरकार बनायो।
समाजको सबैभन्दा सम्मानिय हुनुपर्ने,
पुँजिवादले उसैको भित्र दरार बनायो।
एकता बिना हक हित पाइंदैन थाहा छ,
त्यसैले त आज वर्ग नै व्यापार बनायो।
मालेमाको हतियारले काट्न थालेपछि,
त्यो हतियार छोप्नेहरुलाई जार बनायो।
क्रान्ति कुहिराको काग छ हिंजो आज,
कम्युनिष्टकै आवरणमा गद्धार बनायो।
गजल नं - ५
शिकागोका शहिदहरूको बलिदान ठुलो छ,
सन्सार भरीमा सधै उनैको सम्मान ठुलो छ।
सन अठार सय छयासिको त्यो महा संग्राम,
'हे'मार्किटको आन्दोलन नै धुन्धान ठुलो छ।
सन् अठार सय नब्बेबाट मई दिवस मनायौँ,
बर्गिय आन्दोलनमै त्यहाँको उठान ठुलो छ।
प्रतिकृयावादीकै मुटु थर्काउँने आन्दोलनमा,
अमेरिकाकै मजदुरहरूको गुनगान ठुलो छ।
मुठ्ठिभर शोशकहरूकै छ हालिमोहाली सधै,
तर दुनियाँभरीका मज्दुरको जहान ठुलो छ।
यो छोंटो गजलमा साध्यछैन भनि त्यो गाथा,
एक मईको मज्दुरदिवसको उखान ठुलो छ।
रोक्न सक्दैन साम्राज्यवादीले अबको पालो,
श्रमजिवीकै मुटुभित्र लुकेको तुफान ठुलो छ।
आउ सन्सार भरिका श्रमजिवीहरूनै एक हौँ,
यही आनदोलनमा मज्दुरको लगान ठुलो छ।