दोहा, कतार : - किरातहरूले आफ्नो महान् राष्ट्रिय चाड शालिवा श्यादर पिदार, साकेला उभौली-५०८३ भव्यरुपमा मनाएका छन्।
कतारमा स्थापित दुई किराती संस्थाहरू सुनुवार सेवा समाज र किरात राई यायोक्खा शाखा कतारको आयोजनामा किरात मूल समारोह समितीद्धारा संयुक्त आयोजनामा शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ
सुनुवार सेवा समाज शाखा कतारका अध्यक्ष नीरबहादुर सुनुवारको सभापतित्वमा र नेपाल आदिवासी जनजाती महासंघ कतारका कार्यवाहक अध्यक्ष भाइ काजी गुरुङको प्रमुख आतिथ्यमा ब्यानर अनावरण र दिप प्रज्वलनको साथ नेपालि राष्ट्रिय गान सहित "यो भुमी चुम्ने" किराँती राष्ट्रिय गानबाट कार्यक्रम अघि बढेको थियो।
कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत मन्तव्य तथा कार्यक्रमको महत्व बारेमा किराया शाखा कतारका अध्यक्ष तथा कार्यक्रम उप - संयोजक शंकरमान राईले प्रकाश पारेका थिए । सुनुवार सेवा समाज बाट मैलीक झाकी प्रस्तुत गरिएको थियो किराया बाट शालिवा श्यादर पिदर प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा गैर आवासिय नेपाली संघ, बैचारिक , महासंघ कतारमा आवद्ध मातृसंस्थाहरु, प्रदेश ,जिल्ला संस्थाहरु, प्रदेशका जिल्ला सस्थाहरु, पत्रकार तथा साहित्यिक सस्थाहरुको बाक्लो आतिथ्य रहेको थियो l
कार्यक्रममा प्रमुख अतिथि भाइ काजी गुरुङ लगायत दर्जनभन्दा बढी वक्ताहरूले प्रवास भुमि कतारबाट पनि आफ्नो,धर्म सस्कृती परम्परा जोगाउनु उल्लेखनीय भुमिका खेलेकोमा धन्यवाद प्रकट गर्दै आफ्ना शुभकामना मन्तव्य राखेका थिए ।
सांस्कृतिक कार्यक्रम अन्तर्गत सुनुवार सेवा समाज शाखा, कतारले मौलिक झाकी श्यादर सिल, किरात राई यायोक्खा शाखा कतारले साकेला सिली प्रस्तुत गरेको थियो।
कार्यक्रममा संस्थाका कलाकारहरुले सबै बिधाका नृत्य तथा गायनद्वारा उपस्थित दर्शकलाई भरपुर मनोरन्जन दिएका थिए । ।
जस्मा कलाकार हरु बेग बहादुर सुनुवार, झर्ना राइ, भरत सुनुवार,कमल सुनुवार , पुस्पा थापा, आरजु राई ,मिलन राई , बबिता राइ, जीवन राई , आसा राइ, निरु राई ,सबिना राई, अमृत लिम्बू ,बनिता राई लगायतका कलाकार हरुले सामुहिक नृत्य तथा गायन प्रस्तुत गरेका थिए ।
अन्त्यमा उपस्थित सबैलाई उप-संयोजक किरात राई यायोख्या कतारका अध्यक्ष हर्क खजुमले धन्यवाद मन्तव्य राखेका थिए। औपचारिक र सांस्कृतिक दुबै कार्यक्रमको समापन किरात मुल समारोह समिती कतारका सयोजक सभापति नीर बहादुर सुनुवारले गरेको थिए।कार्यक्रमको सहजीकरण राजु राइले गरेका थिए ।
किरातीहरु प्रकृति पुजक हुन, यिनीहरुका हरेक चाड तथा संस्कार संस्कृतिहरु प्रकृति सगै जोडिएको हुन्छ । ति मध्य उभौली चाड एक महान चाड हो । जसलाई किरात सुनुवार समुदायले सालिवा श्यादर पिदार , लिम्बु समुदायले यक्वा तङ्नाम र किरात राईहरुले साकेला उभौली भन्ने गर्दछ । आदिम कालमा किराती पुर्खाहरुले अन्न बालीको खोज गरि बालि लगाउने बेला र उठाउने बेलालाई सिजनको रुपमा मान्न थालियो ।
दुई सिजन मध्ये बैशाख महिनामा गर्मीको समयमा अन्न बालि लगाउने सिजनमा लगाएको बालि सप्रियोस भनेर भूमिको पुजा गर्ने चलन छ जुन बेला प्रकृतिका चराचुरुङ्गी, जीवजन्तुहरु गर्मीको कारण उभो लेक तिर जाने, खोलाको माछाहरु पनि उभो खोलाको सिर तिर चढ्ने भएको हुदा यस लाई उभौली चाडको रुपमा मान्ने गरिएको छ ।
त्यसै गरि अर्को सिजन मंसिर महिना जाडोको सिजनमा अन्न बालि भित्र्याउने समयमा पाकेको बालि आफु खानु अघि पितृहरुलाई चढाउदै पितृको पुजा गर्ने चलन छ जुन बेला प्रकृतिका चराचुरुङ्गी, जीवजन्तूहरु पनि जाडोको कारण तल बेसी तिर झर्ने, खोलाको माछाहरु पनि तल झर्ने भएका हुदा यस लाई उधौली चाडको रुपमा मान्ने गरिएको हो ।
बैशाखे पुर्णिमाको सिजनमा अन्न बालीहरु लगाउने र सिजनमा लगाएको बालिनाली सप्रीयोस भनेर भुमी पुज्दै किरातीहरुले आफ्नो पितृहरुलाई फेदाङ्बा / नछुङ् राखेर पितृ पुजा गर्दै ढोल झ्याम्टा बजाउदै साकेला सिली / धान नाच / श्यादरसिल नाचदै धुम धामकासाथ मनाउने चलन छ ।