दोहा : शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६७ औँ जन्म जयन्ती श्रद्धा भक्तिपूर्वक पूजा आराधना एवं शान्ति सन्देश फैल्याउने योगदानको स्मरण गरी दोहा स्थित नेपाली दूतावासको सभाहलमा मनाइएको छ ।
एनआरएनएको समन्वयमा कतारमा स्थापित करिव ८९ भन्दा धेरै संघ -संस्थाको आयोजनामा, सयौं नेपालीको उपस्थितिमा २५६७ औँ बुद्ध जन्म जयन्ती कार्यक्रम भब्यताका साथ मनाइएको हो ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व शाक्यमुनि बुद्धले शान्तिको सन्देश फैल्याउन पुर्याउनु भएको योगदानको स्मरणमा उहाँप्रति आराधना, ध्यान गरी मनाइन्छ । कपिलवस्तु राज्यका राजा शुद्धोधन र मायादेवीका सुपुत्रका रूपमा उहाँले जन्म लिनुभएको थियो ।राजकुमारका रूपमा प्राप्त हुने सुखसयल छोडी दुःख निवारणको कारण खोज्न २९ वर्षको उमेरमा सिद्धार्थ गौतम तपस्याका लागि निस्कनुभयो ।
तपस्याबाट प्राप्त बुद्धत्वका माध्यमबाट उहाँले विश्व शान्ति स्थापनाका लागि सहयोग पुर्याउनुभयो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यसदिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।
“अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो” यस्ता अनेकौँ कालजयी सन्देशका वाहकका रूपमा भगवान् गौतम बुद्धको परिचय विश्वव्यापी बनेको छ ।
संस्थाका उपाध्यक्ष जैबी चाम्लिङ राइको स्वागत मन्तव्य सचिव रविन मगरको संचालन रहेको कार्यक्रममा दोहामा स्थापित विभिन्न बैचारिक सङ्गठन, सामाजिक व्यक्तित्व, जिल्लागत संघ- संस्था लगायत विभिन्न तह तप्काका पदाधीकारी हरुले शुभकामना मन्तव्य राखेका थिए भने । सियाराम चौधरीले बुद्ध धर्म केहो,र यस्को उदेश्य बारेमा प्रष्ट पारेका थिए ।
नेपाली दूतावास कतारका महामहिम राजदुत तथा कार्यक्रमका प्रमुख अतिथि नरेश बिक्रम ढकालले मन्तव्य राख्दै बुद्ध सन्देशलाई अनुसरण गर्दै अगाडि बढ्नको लागि प्रेरित हौं भन्ने शुभेच्छा प्रकट गर्दै आफ्ना महत्त्वपूर्ण शुभकामना भनाइ राखेका थिए ।
एनआरएनए कतारका अध्यक्ष तथा कार्यक्रमका सभापती मोहम्मद मुक्तदा मुसलमानले भगबान गौतम बुद्ध बारेमा विशेष चर्चा गर्दै उहाँका वाणी व्यावहारिक रूपमा अनुशरण गरी, भाइचाराको भूमिका निर्वाह गर्न आग्रह गर्दै उपस्थिति सम्पुर्णमा आभार प्रकट गर्दै कार्यक्रमको समापन गरेका थिए ।
कार्यक्रममा पुजा व्याबस्थापन नेपाल मगर संघ , तमु गुरुङ समाज,नेपाल प्रवासी तामाङ समाज,थारु कल्याणकारी सभा र सेर्पा किदुङ दोहा कतारले गरेका थिए ।