दोहा : "मे दिवसको क्रान्तिकारी परम्परालाई अगाडि बढाउ,मजदुर बिरोधि कानुनको बिरुद्ध संघर्ष गरौं भन्ने नाराका साथ कतार नेपाली एकता समाजले १३४ औं श्रमिक दिवस मनाएको छ ।
सनैया स्थित फुलवारि रेस्टुरेन्टको सभाहलमा मे १ गते "मजदुर दिवस" का दिनै कतारमा रहेका नेपाली श्रमिक तथा एकता समाजका आबद्ध विभिन्न पदाधिकारी हरुको उपस्थितिमा आन्तरिक रुपमा श्रमिक दिवस मनाएको हो ।
श्रमिक दिवस अर्थात् मे १ लाई विश्वभर मजदुर दिवसका रूपमा मनाइन्छ। सिकागोको हेमाक्रेटामा सन् १८८६ को नरसंहारमा मारिएका मजदुर र आममानिसको सम्झनामा यस दिवसलाई मनाइने गरिन्छ।
समाजका कार्यवाहक अध्यक्ष राम प्रसाद पराजुलीको अध्यक्षतामा,नेपाली एकता समाज अन्तर्राष्ट्रियका महासचिव लुमाकान्त पुन को प्रमुख आथित्यमा भएको कार्यक्रममा समाजमा आबद्द विभिन्न इकाइ अध्यक्ष लगायत नेपाली श्रमिक हरुको उपस्थिति रहेको थियो ।
समाजका सचिव मीन राज पुनको स्वागत मन्तव्य रहेको कार्यक्रममा लक्ष्मण कोइराला, टुक बहादुर थापा, हिरा शर्मा, पत्रकार महासंघ कतार सचिव अर्जुन पौडेल लगायतले मन्तव्य राख्दै श्रमद्वारा संसार बदल्ने बिश्वभरका श्रमिकहरु प्रती हार्दिक नमन सहित अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना व्यक्त गर्दै आफ्ना हक हितको लागि बिश्वका मजदुरहरु एक हुन आग्रह गरेका थिए I
कार्यक्रमका प्रमुख अतिथि पुनले अमेरिकाको सिकागो सहरबाट सुरुभएको ८ घन्टा काम, ८ घन्टा आराम,८ घन्टा मनोरञ्जन लाई सबैले निरन्तरता दिनुपर्ने भन्दै सन् १८८६ मा मजदुर बिरोधि कानुनको बिरुद्ध संघर्ष गर्दा लाखौं मानिसले ज्यान गुमाएको बताए ।
आफ्ना हक अधिकारी पाउनको निम्ति बर्ग संघर्ष गर्न पछि पर्न नहुने,संसार भरका मजदुर एकजुट भएर लागेको खण्डमा श्रमिक हरुको जित हुने बताए । बिस्वभरी एकता समाजले मजदुर दिवस मनाएको हुँदा यो सङ्गठनमा आबद्ध भएर सबै श्रमिकहरुको हितमा लाग्न अनुरोध गरे ।
समाजका महासचिव खिम बुढाले संचालन गरेको कार्यक्रममा बोल्दै सभाअध्यक्ष राम प्रसाद पराजुलीले आफ्नो सङ्गठनले प्रवासमा रहेका श्रमिक नेपालीहरुको हक अधिकारको निम्ति अग्रपंक्तिमा रहेर काम गर्न पाँउदा खुशी व्यक्त गरे
साथै तेस्रो महाधिबेशन आउँदो बक्रे इदमा गर्न गहिरहेको र सदस्यता प्रदान गर्न र कार्यक्रमलाई सफल पार्न सबैलाई आग्रह गर्दै,उपस्थिति सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।