काठमाडौ, गोकर्णेश्वर नगरपालिकामा साहित्य, संगित र कलाको मिश्रणबाट अभिव्यक्त हुने सृजना,गजलको व्यापकता,मर्म र गहिराइलाई आत्मसाथ गर्दै गजलको फाँटलाई बृहत् बनाउने उदेश्य अनुरुप यहि आउँदो बैशाख २३ गते शनिवारका दिनमा प्रतियोगितात्मक गजल महोत्सव गर्ने भएको छ।
नगरपालिकाले गत बैशाख १७ गते पत्रकार सम्मेलन गरि नगर प्रमुख दिपक कुमार रिसालले नेपाली साहित्य क्षेत्रका दिग्गज व्यक्तित्वहरु रमेश बिकल,भैरव अर्याल,कञ्चन पुडासैनी जस्ता मूर्धन्य व्यक्तिहरुको कर्मथलो हुनुका साथै उहाँहरुले नेपाली साहित्यमा प्रदान गरेको योगदान,स्रष्टा र साहित्यकारको उच्च सम्मान राख्नुपर्ने मान्यता नगरपालिकाको रहेको बताएका थिएँ।
नेपाली साहित्यमा कलम चलाउनुहुने साहित्यकारहरूको हौसला बढाउन नेपाली गजल प्रतियोगितामा संभवत सबै भन्दा ठूलो धनराशि पुरस्कार घोषणा गरिएको बताए। जसअनुसार प्रथम पुरस्कार रु,६० हजार,दोस्रो पुरस्कार रु.४० हजार,तेस्रो पुरस्कार रु. ३० हजार र सान्त्वना पुरस्कार पाँच जनालाई जनही २० हजारका दरले र अन्य ३२ जनालाई जनही ३ हजारका दरले प्रदान गरिने जानकारी दिएका छन।गजलहरू विभिन्न माध्यामबाट गत बैशाख १५ गते शुक्रबार बेलुका सम्म ४५६ वटा प्राप्त भएको बताउदै गजल प्रतियोगिताका प्रारम्भिक छनोट समितीले करिब १०० वटा गजल छनोट गर्नेछ।
पहिलो चरणबाट छनोटमा रहेका १०० गजलबाट अन्तिम मुल्यांकन गरि उत्कृष्ट ४० गजल छनोट गरिने छ। उक्त गजलहरू यहि आउँदो बैशाख २३ गते शनिवार गोकर्णेश्वर वडा नं ९ स्थित साबिक आरुबारी ब्याङ्केट वा अहिलेको कोशी फुडल्यान्डमा आयोजना हुनेछ।छनोटमा परेका सर्जकहरू गायन तथा वाचनका लागि बिहान १० बजे कार्यक्रम स्थल आई सक्नुपर्ने बताउदै वाचन तथा गायन पश्चात निर्णायक मन्डलबाट घोषणा अनुरुप पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने नगर प्रमुख दिपक रिसालले पत्रकार सम्मेलन मार्फत बताएका छन।