क्रोएसिया, विश्वभरी अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको शाखा बिस्तार गर्ने क्रममा क्रोएसिया शाखा बिस्तार गरिएको छ भने अध्यक्षमा कमल ओली निर्बिरोध चयन भएका छ्न।
"मातृभूमिका लागि विश्वभरका रोल्पालीहरु गोलबन्द हौँ " भन्ने मुल नाराका साथ स्थापना भएको रोल्पालीहरुको गौरवशाली संस्था "अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज रोल्पाले विभिन्न देशहरुमा शाखा विस्तार गर्ने क्रममा " अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज शाखा क्रोएसिया शाखा मिति २०८० बैशाख १७ गतेका दिनमा उद्घाटन तथा प्रथम सभा डिजिटल जुम भर्चुअल माध्यमबाट सम्पन्न भएको छ।
अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज क्रोएसिया शाखा संयोजक भद्र बहादुर डाँगीको सभा अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथिमा संस्थाका केन्द्रिय अध्यक्ष डिलाराम वली,बिशिष्ट अतिथिमा संस्थाका केन्द्रीय संरक्षक सन्दिप थापा र केन्द्रीय प्रमुख सल्लाहकार रामकृष्ण पुन,अतिथीहरुमा समाजका संस्थापक केन्द्रीय प्रमुख सल्लाहकार काशीराम डाँगी,संस्थापक केन्द्रिय कानुनी सल्लाहकार खेम बुढा मगर,केन्द्रिय वरिष्ठ उपाध्यक्ष कमल बाठा,केन्द्रीय उपाध्यक्ष गोपाल डाँगी, केन्द्रीय महासचिव शेर बहादुर डाँगी,केन्द्रीय सचिव रमेश बुढा मगर,युएई अध्यक्ष दिल पुन,साउदी अध्यक्ष महेन्द्र घर्ती,कतार अध्यक्ष दिपेन्द्र डाँगी,मलेसिया अध्यक्ष तेज कुमार बुढा,दाङ अध्यक्ष ओम प्रकाश खड्का ,भारत महासचिव नर बहादुर मराथानी,लिथोनिया संयोजक गणेश खत्री ,केन्द्रीय सदस्यहरु गणेश डाँगी,जय बहादुर घर्ती,उमान घर्ती,जगबिर डाँगी, अन्य कार्यसमिति सदस्यहरु/केन्द्रीय सदस्यहरु तथा क्रोएसिया बस्ने थुप्रै रोल्पाली तथा गैर रोल्पाली दाजुभाई तथा दिदीबहिनी हरुको उपस्थितिको साथ सम्पन्न गरिएको छ।
अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज क्रोएसियाको प्रथम उद्घाटन सभाबाट निर्वाचित हुनुभएका निर्वाचित हुनुभएका कार्यसमिति सदस्यहरुमा १- कमल ओली (अध्यक्ष) २- कर्ण बहादुर बाँठा मगर (उपाध्यक्ष) ३- बिष्णु बुढा मगर (उपाध्यक्ष) ४- प्रेम बहादुर बुढा (सचिव) ५- बम कुमारी पुन मगर (सह-सचिव) ६- घनराज घर्ती (कोषाध्यक्ष) ७- भिम के.सी. (सदस्य) ८- जबर सिङ बि.क.(सदस्य) ९- सञ्जय कुमार पुन (सदस्य )१०- पृथ्वी रोका मगर (सदस्य) ११- प्रकाश रोका मगर (सदस्य) १२- बिनिता मगर (सदस्य) १३- आइत राम पुन (सदस्य)१४- एलिसा पुन (सदस्य) १५- गोविन्द घर्तीमगर (सदस्य) निर्बिरोध निर्वाचित भएका छन।
त्यसैगरी संस्थालाई सहि दिशामा निर्देशन दिई अगाबढाउन सल्लाहकार समितिमा १-भद्र बहादुर डाँगी (संरक्षक)२- गन बहादुर घर्ती (सल्लाहकार )३- मदन बुढा मगर (सल्लाहकार ) मा चयन गरिएको छ।