काठमाडौ, गोकर्णेश्वर नगरपालिकाको वडा नं ३ मा रहेका अपाङ्गता, एकल महिला तथा ज्येष्ठ नागरिकहरुलाईअभिनन्दन सहित सम्मान गरिएको छ।
गोकर्णेश्वर वडा नं ३ को आयोजनामा भएको अभिनन्दन तथा सम्मान कार्यक्रम वडा अध्यक्ष मुरारी प्रसाद कुईकेल को सभा अध्यक्षता तथा नगर प्रमुख दिपक कुमार रिसालको प्रमुख आतिथ्यतामा भएको थियो।त्यसैगरी बिशेष अतिथिहरुमा उप प्रमुख सान्नानी लामा, प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा रहेका थिए।अतिथिहरुमा वडा सदस्य लक्ष्मी भण्डारी,बुद्धि बहादुर श्रेष्ठ,सचिन लामा,चित्रमाया बिक,वडा सचिव यज्ञ निधि अधिकारी लगायत स्थानिय दाजुभाई तथा दिदिबहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
करिब ४४२ जना अपाङता,एकल महिला तथा ज्येष्ठ नागरिकहरुलाई अभिनन्दन तथा सम्मान गरिएको थियो।स्थानिय तह तथा राज्यले अपाङ्गता ,एकल महिला र ज्येष्ठ नागरिकहरुलाई स सम्मान गर्नु माया स्नेह र आत्मबल दिनुले उनिहरुको अझै बाच्ने आधार आशा र भरोसा बढ्दै जाने हुँदा यो कार्यक्रम गरिएको हो।कार्यक्रममा प्रत्येक ब्यक्तिलाई समर ब्लाङ्केट १ थान र यातायात खर्च स्वरुप प्रती ब्यक्ती रु. १५० जनही का दरले प्रदान गरि सम्मान गरिएको थियो।
वडा सदस्य बुद्धि श्रेष्ठले बोल्दै ज्येष्ठ नागरिकलाई कुनै ठाउँमा लैजाने भन्ने सोच बनाएता पनि बिरामी अशक्त र हेरचाह गर्न कठिनाई हुने भएकोले भ्रमण लैजान नसकिएको बताउदै आउदो दिनमा तपाईंको भत्ता बुझ्न फेरि वडा कार्यलय धाउनुपर्ने नभई सबैको घर घरमा आएर सेवा गर्ने वातावरण मिलाउने बताएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै बिशेष अतिथि तथा उपप्रमुख सान्नानी लामाले ज्येष्ठ नागरिकको स्वास्थ्यमा विशेष ख्याल राख्दै मोबाईल डक्टरको नियुक्ति गरिएको जस्ले घर घर मै गएर चेकजाँच तथा आवस्यक उपचार गर्ने बताउदै स्वास्थ्य बिमा,औसधि उपचार हरेक कुराको बन्दोबस्त गर्न नगरपालिका तत्पर रहेको जनाएकी थिइन।उनले ज्येष्ठ नागरिकको लागि केही बाकी गर्नुपर्ने आवस्यकता देखिए हामिलाई सुचना आग्रह गर्दै आउदो बजेट तथा नीति कार्यक्रममा समेट्न सकिने बताईन।ज्येष्ठ नागरिक हाम्रा भगवान स्वरुप हुन उनिहरुको आशिर्वाद बिना कुनै कुराको सम्भव नहुने बताउदै सधै आशिर्वाद पाईरहु र सधै यसरी अगाडी आएर उहाँहरुको सेवा गर्ने मौका मिलिरहोस भन्ने कामना समेत गरेकी थिइन। कार्यक्रमको अन्त्यमा सभा अध्यक्ष तथा वडा अध्यक्ष मुरारी प्रसाद कुईकेलले उपस्थित सम्पुर्णलाई धन्यबाद ब्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए।