दोहा : नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारले सम्मान कार्यक्रम तथा भात्तृ संगठनहरुको तेस्रो अधिवेशन सम्पन्न गरेको छ
शुक्रबार सेन्चुरी रेस्टुरेन्ट ग्रेनमल प्लाजामा तामाङ घेदुङ कतारका अध्यक्ष इन्द्र तामाङको सभापतित्व, संरक्षक बिनेश तामाङको प्रमुख आथित्यमा ४ भातृ संगठनहरु नेपाल तामाङ ताम्बा घेदुङ, नेपाल तामाङ संस्कृती घेदुङ, नेपाल तामाङ लामा घेदुङ र नेपाल तामाङ युवा घेदुङको तेस्रो अधिबेशन सफलता पुर्वक सम्पन्न गरेको हो ।
२७ जनवरि २०२२ मा सम्पन्न बृहत "तामाङ ल्होछार" कार्यक्रम सम्पन्न गर्नको लागि आर्थिक, नैतिक,भौतिक बाट सहयोग गर्ने कलाकार, जिल्ला संघ - संस्था तथा सहयोगी दाता हरुलाई सम्मान पत्रद्वारा धन्यवाद प्रकट गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि संरक्षक बिनेश तामाङले विभिन्न कठिनाइको बावजुटपनि गत ल्होछार कार्यक्रम बाट १४ हजार रियल जति फाइदामा रहेका छौं । तामाङ समाज एकभएर दुईटा संस्थाले एउटै कार्यक्रम गरेको भए लगभग ६० हजार संस्थाको कोषमा आउन्थ्यो,यो कुरा सबैले मनन गर्नुपर्छ ।
घेदुङ भनेको नेपाल सरकारबाट आधिकारिक रुपमा मान्यता पाएको संस्था हो । सम्पुर्ण तामाङ हरुको आधिकारिक संस्था घेदुङ हो । जनजाती महासंघ लाई केन्द्रबाट पनि पत्रचार गरेका छौं,हामिले पनि बारम्बार भनीरहेका छौं, अबैधानिक संस्थाबाट जनजाती महासंघ कतारको महासचिव कसरी हुन सक्छ भन्दै प्रश्न गरे ?
तामाङ हरुको भाषा धर्म संस्कार सस्कृती, रितिरिवाज परम्परा पहिचान जोगाउनको लागीपनि कतारमा रहेका २ तामाङ संस्थाहरु मिलेर अगाडी बढ्नुको विकल्प नरहेको बताउदै कतार घेदुङ अन्तर्गत रहेका सबै मातृ संस्था हरुको अधिबेशन सफलताको कामना गर्दै आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।
दोहामा स्थापित विभिन्न बैचारिक सङ्गठन, सामाजिक व्यक्तित्व, जिल्लागत संघ- संस्था लगायत विभिन्न तह तप्काका पदाधीकारी हरुको कार्यक्रममा बाक्लो उपस्थिति तथा शुभकामना मन्तव्य रहेको थियो ।
वरिष्ठ उपाध्यक्ष वाङ्ज्यु लामाको स्वागत मन्तव्य महासचिव बिकास तामाङको सहजीकरण रहेको कार्यक्रममा बोल्दै सभापति इन्द्र तामाङले सम्पुर्ण तामाङ हरुको आवाज बुलन्द पार्ने तथा बैधानिक संस्था केवल "तामाङ घेदुङ " रहेको हुनाले सबैजना दाजुभाइ दिदिबहिनी हरुले सदस्यता लिनुहुन आग्रह गरे ।
प्रवासमा रहेर पनि सम्पुर्ण तामाङ हरुको हक, हित, पहिचानको लागि घेदुङ कतार सधै तत्पर रहेको बताउदै कार्यक्रम सफल तुल्याउन विभिन्न माध्यमबाट सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।
२८ अप्रिल २०२३ काे संयुक्त भातृ संगठनहरुकाे तेस्राे अधिबेशनकाे बन्द सत्रबाट नव निर्वाचित कार्यसमिति नामावली यस प्रकार रहेका छन:-
१.नेपाल तामाङ ताम्बा घेदुङ, प्रवास कार्यसमिति कतार।
1. अध्यक्ष : राम ब.पाख्रीन तामाङ
2. उपाध्यक्ष : विनय लामा तामाङ
3. महिला उपाध्यक्ष : शर्मिला तामाङ
4. सचिव : जयमान बम्जन तामाङ
5. सह-सचिव : काजीमान पाख्रीन तामाङ
6. काेषाध्यक्ष: नाैमान स्याङ्तान तामाङ
7. सह-काेषाध्यक्ष : लाले गाेले तामाङ
8. सदस्य : सिताराम थाेकर
9. सदस्य : विष्णु लाल घिसिङ तामाङ
10. सदस्य: बुदन सिं तामाङ
11. सदस्य : कुसुम लाेप्चन तामाङ
12. सदस्य : राधिका घले तामाङ
13. सदस्य : रविन्द्र स्याङ्बाे तामाङ
14. सदस्य : टेक ब. तामाङ
15. सदस्य : रन्जना तामाङ
16. सदस्य : संगिता बम्जन तामाङ
17. सदस्य : लक्ष्मी लाे तामाङ
18. सदस्य : विमला घिसिङ तामाङ
19. सदस : रेलि थिङ तामाङ
२) संस्कृति घेदुङ प्रवास कार्यसमिति कतार
1. अध्यक्ष : सुर्जे ब. तामाङ
2. उपाध्यक्ष : गाैतम माेक्तान तामाङ
3. उपाध्यक्ष : मान ब.तामाङ
4. महिला उपाध्यक्ष : कमला घिसिङ तामाङ
5. सचिव : धन कुमारी तामाङ (सपना)
6. सह- सचिव : समीर तामाङ
7. काेषाध्यक्ष : सम्झना तामाङ (आईती)
8. सह - काेषाध्यक्ष : पर्वती तामाङ
9. सदस्य : माया थाेकर तामाङ
10. सदस्य : सन्जिता माेक्तान
11. सदस्य : अस्मिता तामाङ
12. सदस्य : अनिसा तामाङ
13. सदस्य : पन्छि माया तामाङ
14. सदस्य : असली माया तामाङ (प्रिया)
15. सदस्य : राजन थाेकर तामाङ
३) युवा घेदुङ प्रवास कार्यसमिति कतार।
1. अध्यक्ष : सिगं ब. तामाङ ( सिजन)
2. उपाध्यक्ष : दिल कुमार तामाङ
3. सचिव : दिल बहादुर तामाङ
4. काेषाध्यक्ष : शंकाराम तामाङ
5. सह- काेषाध्यक्ष : प्रेम तामाङ
6. सदस्य : वीर ब . तामाङ
7. सदस्य : मैती तामाङ
8. सदस्य : सन्दिप तामाङ
9. सदस्य : मान बहादुर तामाङ
10. सदस्य : चतुरमान तामाङ
11. सदस्य : ईमान गाेले तामाङ
४) लामा घेदुङ प्रवास कार्यसमिति कतार।
1. अध्यक्ष : रुद्रप्रसाद लाे तामाङ (राेशन)
2. उपाध्यक्ष : कान्छामान डिम्डुङ तामाङ
3. सचिव : तब ब. माेक्तान तामाङ
4. काेषाध्यक्ष: सुवानी तामाङ
5. सदस्य : पुजा तामाङ
6. सदस्य : लाल कुमार घिसिङ रहेका छ्न ।