दोहा :रामेछाप सेवा समाज कतारको छैठौं अधिवेशन सम्पन्न भएको छ । अधिबेशन बाट संस्थाका महासचिव नर घिसिङ तामाङ अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन ।
त्यसैगरि अन्य कार्यसमिति हरुमा प्रथम उपाध्यक्ष रविन कार्की, द्वितीय उपाध्यक्ष सुकदेव खड्का, महिला उपाध्यक्ष रेणुका लामा, महासचिव आशिष तामाङ, सचीव कविता खत्री, कोषाध्यक्ष शुभराज सुनुवार, सह -कोषाध्यक्ष जित बहादुर खत्री छ्न ।
त्यसैगरि सदस्यहरुमा क्रमश : प्रकाश दर्नाल, उग्रेन लामा,मोहन मोक्तान, मैना तामाङ,सुधिना तामङ, सोनाम शेर्पा, राजु मगर, राजन कुमार नेपाली र लेमे शेर्पा रहेका छ्न ।
सभामा बोल्दै प्रमुख अतिथि सामाजिक व्याक्तित्व सागर नेपालले रामेछाप सेवा समाज कतारले स्थापना काल देखीनै कतारमा रहेका नेपाली हरुको हक,हित तथा उत्थान गरेको बताए ।समाज, अग्रणी सामाजिक संस्था रहेको भन्दै संस्थाले गरेको समाज सेवाको प्रसंशा गरे । समाजले गरेका विभिन्न सामाजिक,आर्थिक, नैतिक कार्य उदाहरणीय रहेको बताए ।
मन्तव्यको क्रममा नेपालले दोहाको नेपाली समाज त्यो बर्गमा थियो, यहाँ कुनै दिदिबहिनी देख्दा १० मिटर टाढाबाट सिर झुकाएर बाटो दिने गर्थेउ । आजहामी यो अवस्थामा छौँ कर्नेसमा जाँदा नेपाली चेलीबेटी बाहेक अरु चेलीबेटी नै छैन जस्तो गर्छौ ।
"कार्यक्रमको बेला एक्कैछिन मञ्चमा बस्ने,ठुला ठुला भाषण गर्ने, खादा - माला लाउने अनि कुनै दिदि-बहिनीलाई फसाएर कर्नेसमा अराजक गतिविधि गर्ने कार्य तीब्ररुपमा अगाडि बढेको छ ।
कर्नेसमा देश बोकेर जाँदा, नेपाल देशलाई धमिलो पानीमा मिलाउदै छौं । केही युवाहरु प्रती इङ्गित गर्दै मुस्किलले कमाएको पैसा अर्काकी श्रीमतिलाई किन खर्च गर्ने र पठाउने भन्दै प्रमुख अतिथि नेपालले प्रश्न गरे ।
दोहामा स्थापित विभिन्न बैचारिक सङ्गठन, सामाजिक व्यक्तित्व, जिल्लागत संघ- संस्था लगायत विभिन्न तह तप्काका पदाधीकारी हरुको कार्यक्रममा बाक्लो उपस्थिति तथा शुभकामना मन्तव्य रहेको थियो ।
कार्यक्रमलाई साङ्गितिकमय बनाउनको लागि कलाकार हरु गुना मगर, कमल सुनुवार, मानसिंह परियार, मनिष लिम्बु, गोबिन गुरुङ,अमृत लिम्बु, सपना वाइबा लगायतका कलाकार हरुले उत्कृष्ट नृत्य तथा गीत पस्केका थिए । साथै संस्थाका विभिन्न व्यक्तिहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
उपस्थित सम्पुर्णलाई सदस्य कविता खत्रीले स्वागत मन्तव्य राखेकी थिइन भने संस्था किन स्थापना गरियो र यस्को उदेश्यको बारेमा उद्दप मगरले प्रष्ट पारेका थिए । त्यसैगरि जिल्लाको परिचय सम्बन्धि सामुयल सुनुवारले सबैलाई बताए ।
संस्थाको बार्सिक प्रतिबेदन कविता खत्रीले प्रस्तुत गरिन भने आर्थिक प्रतिबेदन शुभराज सुनुवारले प्रस्तुत गर्दै यो कार्यकाल अवधिभर २०,५७५ को आय रहेको र उतिनै रकमको खर्च रहेको पनि बताए । समाजले क्यान्सर, मिर्गौला तथा कोभिड बाट पिडित लगायत विभिन्न सामाजिक कार्यहरु गर्न रकम खर्चिएको प्रतिबेदनमा जनाइएको छ ।
महासचिव नर घिसिङ तामाङले सहजीकरण गरेको कार्यक्रममा सभापतित्व ललित तामाङले बोल्दै कार्यक्रम सफल तुल्याउन विभिन्न माध्यमबाट सहयोग गर्ने तथा आफ्नो कार्यकाल अवधीभर साथ सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै नयाँ बन्ने कार्यसमिति उत्कृष्ट, जोसिलो र नेपाली श्रमिकको हितको लागि कार्य गरोस भन्दै कार्यक्रमको समापन गरेका थिए ।
"प्रवासी रामेछापको आवाज, सभ्य समाज निर्माणको प्रयास" भन्ने मुल नाराको साथ सन् २००४ मा दोहामा स्थापना गरिएको संस्थाको छैठौं अधिबेशन ह्वाइट हाउस रेस्टुरेन्ट, प्लाजा मलको सभाहलमा सम्पन्न गरिएको हो ।