झापा: ( बसन्तराज सुब्बा) "सीप सिकौ उद्यमी बनौ" भन्ने मुल ब्यानरका साथ अभियानमा उद्यमशील महिला जागरण केन्द्र झापालाई सिपमुलक तालिमहरु भ्याई नभ्याइ हुन थालेका छन।
झापाको कमल गाउँपालिकाको आर्थिक सहयोगमा वडा न. १ र वडा नं ६ मा बैशाख १३ गते आ-आफ्नो वडामा एकैदिन फरक समयमा तीन महिने ढाका बुनाई तालीम कार्यक्रमको औपचारिक ढंगमा समापन भएको छ।
पहिलो वडा नं १ मा भएको कार्यक्रम संस्थाकी अध्यक्ष शान्ता उप्रेती दाहालको अध्यक्षता तथा कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईको प्रमुखका आतिथ्यमा भएको छ। बिशेष अतिथिहरूमा पालिका उप प्रमुख प्रमिला तिवारी निरौला, प्रशासकिय अधिकृत राज कुमार शाक्य उपस्थित रहेको सो कार्यक्रममा राष्ट्रियगान र प्रमुख अतिथी हुकुम सिंह राई बाट ब्यानर वाचन गरेर उद्घाटन गरिएको थियो !
उक्त कार्यक्रममा २० जना प्रशिक्षार्थिहरुलाई सभापती, प्रमुख अतिथि विशेष अथितिहरुको हातबाट प्रमाण-पत्र र अबिर जात्रा गरिएको थियो । र प्रशिक्षित अमृता चेम्जोङ , वेदमाया वाक्ले लाई पनि सम्मान गर्दै संस्थाको तर्फबाट उपस्थित अथितिहरुलाई मायाको चिनो आफैले उत्पादन गरेको ढाकाको गलबन्दी सम्मान साथ प्रदान गरिएको थियो !
प्रमुख अतिथि कमल गाउँपालिका प्रमुख हुकुमसिह राईले कार्यक्रम लाई सम्बोधन गर्दै उधमशिल महिला जागरण केन्द्रले पालिकाको आर्थिक सहयोगमा ढाका बुनाई तालिम जुन महिलाहरुलाई तालिम दिनु भएको छ उहाँहरुले अब तालिम सिकेर प्रमाण पत्र घरमा राख्ने मात्र होइन तपाईहरुले सिकेको सीपलाई बाहिर व्यवहारिक रुपमा व्यवसायिक पनि हुन सक्नु पर्दछ ! यस संस्थाले विभिन्न कार्यक्रम सिपमुलक तालिम दिई सक्षम उधमशिल बनाउदै , रोजगार समेत प्रदान गरेको छ भन्दै सिप सिक्ने सबै महिला दिदी बैनीहरुलाई शुभकामना ब्यक्त गरेका थिए।उनले यस संस्थाले उत्पादन गरेका ढाका दौरा सुराल लगाउनु भन्दा आफु होचो भएकोले नसुहाउने गर्दा अर्को महिना देखि ढाकाको इस्टकोट लगाउने प्रतिबद्धता जनाएका थिए। त्यस्तै विशिष्ट अतिथि कमल गाउँपालिका उपाध्यक्ष प्रमिला तिवारीले सिप सिकेका सम्पुर्ण दिदी बैनीहरुलाई बधाई दिदै सिप सिकेर लागु गर्नु आफैमा आत्म निर्भर बन्नु हो र उत्पादित ढाकाको कपडाहरुको बजारमा मार्केट राम्रो भएको हुँदा समूहगत लगानी गरेर अघि बढन सुझव दिएका थिए !
त्यस्तै मन्तव्य राख्ने क्रममा कमल १ वडा अध्यक्ष केदार कटुवाल , सामाजिक व्यक्तित्व विरेन्द्र याक्थुबा लगायतले आ आफ्नो भनाई राखेका थिए ! उक्त किसिमको कमल वडा ६ मा कार्यक्रम समापनमा प्रमुख अतिथि वडा अध्यक्ष नरेन्द्र भट्टराई, वडा सदस्य जनप्रतिनिधिको उपस्थितिमा २१ जना प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र दिएको थियो भने प्रशिक्षक महिला झुमा सेढाई , विमला सेर्मा लाई संस्थाले सम्मान साथ प्रमाण पत्र प्रदान गरेको थियो र प्रशिक्षार्थीहरूबाट पनि मायाको चिनो प्रशिक्षक महिलालाई दिएका थिए !
त्यस्तै अतिथिहरूमा कमल महिला बालबालिका शाखा प्रमुख रिता कार्की , कमल १ का वडा सदस्य भोला दुलाल , ढुकढुकी युवा क्लवका अध्यक्ष तेजु आङदेम्बे लगायत उपस्थित रहेको थियो भने कार्यक्रमको संचालन संस्थाकी सचिव नन्द माया लिम्बुले गरेकी थिइन ।कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष वेदमाया वाक्लेले गरेकी थिइन !!
अन्त्यमा सभापति शान्ता उप्रेती दाहालले कार्यक्रमलाई सम्बोधन गर्दै अहिले ढाकाको सिलाई बुनाई खास गरेर दुई महिने भनेर तालिम सुरु गरिएको थियो तर २ महिने तालिमले प्राप्त रुप सिक्न अवधि नभएकोले वडा १,६ दुवै प्रशिक्षार्थीहरूले १ महिना थप माग गरे पछि संस्थाले सम्बन्धित पालिका अध्यक्ष , वडा अध्यक्षहरु संग लाग्ने थप खर्च माग गरिएको प्रस्तावलाई स्वीकार गरिएको बताएकी थिईन।उनले सिप सिकेका सम्पुर्ण इच्छुक दिदी बैहिनिहरुलाई ढाका सिलाईमा स्वरोजगार प्रदान गरिने बताएकी थिइन ।उनले आफैले बुनेर ल्याएको उत्पादित ढाका कपडाहरु व्यवस्थापन पनि गरिने बताउदै कार्यक्रममा उपस्थित हुने सबैलाई धन्यवाद दिदै समापन गरेका थिईन।