प्रबासमा स्थापित तमु प्ये ल्हु संघ कतारको दोश्रो बार्षिकोत्सब संगै प्रथम अधिवेशन ३० सेप्टेम्वर २०१६ का दिन कतारमा सम्पन्न भएको छ ।
चन्द्र ल्हेगे तमु , दोहा कतार ,सेप्टेम्बर ३०, २०१६
तमु प्ये ल्हु संघ शाखा कतारका अध्यक्ष युद्ध जंग पह्च्यु तमुको सभापतित्व, गैरआबासिया नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार अध्यक्ष श्री बिनेश तामाङ ज्युको प्रमुख आतित्थ्यमा भएको कार्यक्रममा बिशेष अतिथिहरु संघको केन्द्रिय संरक्षक सदस्य लिल कुमार टु क्ल्हेप्री तमु , नेपाल प्रबासी आदिबासी जनजाती महासंघका उपाध्यक्ष लिलम चिदी मगर त्यसै गरि NRNA का दृतिय उपाध्यक्ष प्रबिन गुरुङ रहेको थियो , सम्पन्न उक्त कार्यक्रममा दोहामा स्थापित विभिन्न सामाजिक,जातिय , जिल्ला र वैचारिक संघ सस्थाका प्रतिनिधीहरु अतिथीको रुपमा उपस्थित रहेको थियो ।
सभापति, प्रमुख अतिथि तथा विशेष अतिथिहरुको वाहुलीबाट ब्यानर अनावरण, दीप प्रज्वलन, राष्ट्रिय गान र एक मिनेट मौनधारण पश्चात तमु प्ये ल्हु संघको स्वागत गित बाट कार्यक्रम सन्चालन भएको थियो । कार्यक्रममा प्रथम उपाध्यक्ष ओम प्रकाश ल्हेगे तमुले स्वागत मन्तब्य दिनुको साथै कार्यक्रम बारे स्पस्टिकरण प्रमुख सल्लाहकार चन्द्र प्रकाश ल्हेगे तमुले गर्नु भएको थियो । कार्यक्रम संचालन सचिब चन्द्र ल्हेगे तमुले गर्नु भएको थियो । रमाइलो सांस्कृतिक नृत्यहरुको प्रस्तुती सगै अतिथी ज्युहरुमा तनहुँ सेती दोभान कतारका अध्यक्ष पुर्ण गुरुङ ,तमु (गुरुङ)सेवा समाज कतारका अध्यक्ष खेम गुरुङ ,सुनुवार सेवा समाज कतार शाखामा अध्यक्ष समुयल सुनुवार ,किरांत याख्थुम चुम्लुङ कतारका अध्यक्ष मन कुमार आङ्बो आ आफ्नो तर्फबाट ब्यक्तिगत तथा सस्थागत रुपमा भाबी नव निर्बाचित पदाधिकारी ज्युहरुलाई शुभकामना दिनु हुँदै आफ्नो मनत्ब्य राख्नु भएको थियो भने त्यसै गरि बिशेष अतिथीमा नेपाल प्रबासी जनजाती महासंघ कतारका उपाध्यक्ष लिलाम चिदी मगर ज्यु ले समग्र जानजातिको नेतृत्व गर्नुहुदै शुभकामना दिनुभएको थियो ।
कार्यक्रमकै बेला संस्थाबाट दुई सालको कार्याबधिमा संघको हरेक क्रियाक्लब हरुमा आफ्नो सकृयता भुमिका निभाई संघलाई दिनु भएको अतुलनीय योगदानको कदर र्गर्दै सक्रिय सदस्यहरु ,रन्जित क्रोम्छे तमु ,सन्त फेवली पह्च्यु तमु र सुश्री सबिता ल्हेगे तमुस्यो तीन जनालाई सक्रिय सदस्यको रुपमा सम्मान गरिएको छ । संघको गत महिना सु सम्पन्न भएको रात्रीभोज तथा सांस्कृतिक कार्यक्रम प्रायोजकको रुपमा सहयोग गर्नु हुने NRNA /NCC दृतिय उपाध्यक्ष श्री प्रबिन गुरुङ र उहाको धर्मपत्नि सरिता तमुस्यो लाई क्रेगी (फेटा)र क्रमु ले अध्यक्ष द्वारा सम्मान गरियो भने प्रमुख अतिथि बाट सम्मान पत्र हस्तान्तरण गर्नु भएको थियो ।
आजीवन सदस्यताको प्रमाणपत्र यस बर्ष १३ जनाले सस्थाको बिधानुरुप प्राप्त गर्न सफल हुनु भएकाहरुलाई पनि अध्यक्ष ,प्रमुख अतिथी तथा बिशेष अतिथी ज्युहरुको बहुलियता बाट बितरण गरिएको थियो । सांस्थाको दुईबर्षे कार्यकाल भरिको संगठनिक बार्षिक प्रतिबेदन महासचिब सान पह्च्यु तमुले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम प्रती खुलेर प्रसंशा गर्नु हुँदै अबका दिनहरुमा संघलाई अझै बिस्तारित गरि सबै सामु एउटा् सहकार्य र सुमुधुर सम्बन्धमा रहि अग्रसरता भइ अघि बढ्दै आफ्नो मौलिकता पहिचान र एतिहासिक सम्पदाहरुको बिकास र प्रबद्धनमा लाग्दै जानू साथै दुईसालको कार्यसफल्ता को निम्ति बधाई र नव निर्बाचित पदाधिकारीहरुलाई शुभकामना दिनु हुँदै प्रमुख अतिथि बिनेश तामाङ आफ्नो मनतब्य राख्नु भएको थियो ।
अध्यक्षबाट उद्घाटन सत्रको समापन मन्तब्य सगै शुरु भएको बन्द सत्रमा कार्यक्रम संचालकको रुपमा सचिब चन्द्र ल्हेगे तमु गर्नु भएको थियो , प्रमुख सल्लाहाकार श्री चन्द्र प्रकाश ल्हेगे तमु ज्युको सम्योजकत्वमा गठित ५ जनाको (सदस्यहरुमा श्री लील कुमार टु-क्ल्हेप्री तमु, अमर ल्हेगे तमु, र पच्यु चिबा श्री बिन ब. प्हच्यु तमु र क्ल्हेप्री चिबा नवीन टु क्ल्हेप्री तमु) नया कार्यसमिति चयन निर्णायक मण्डल टोलीको आशनग्रहण संगै सुरु भएको बन्दसत्रमा संयोजक द्वारा कार्यक्रम संचालन गरिएको थियो l
१९ सेप्टेम्बर २०१४ मा गठित तमु प्ये ल्हु संघ कतार शाखाको दुइ बर्षको पहिलो कार्यकालको पूर्ण आर्थिक प्रतिबेदन संघको सह-कोषाध्यक्ष श्री रबिन्द्र प्ल्हे तमु ज्यु बाट प्रस्तुत भएको थियोl यस आर्थिक प्रतिबेदन माथि छलफल गरि सर्बसहमतिले पारित गरियो l सस्थापक अध्यक्ष श्री युद्ध जंग प्हच्यु तमु ज्युले आफ्नो नेतृत्वमा तमु प्ये ल्हु संघ कतार शाखा कार्यसमितिको कार्यकाल समाप्त भएको घोषणा गर्नु भयो l
नया कार्यसमितिको लागि बन्द सत्रको निर्णयक मण्डलका समिती द्वारा सर्बसहमती बाट अध्यक्ष पदमा श्री ओम प्रकाश ल्हेगे तमु ज्यु लाई मनोनित गरिएको थियो । साथै तपशिल पदमा सर्बसहमति बाट मनोनित हुनु भएको नव गठित मूल कार्यसमितिका पदाधिकारी ज्युहरु यस प्रकार रहेको छ:-
१, अध्यक्ष - ओम प्रकाश ल्हेगे तमु (कास्की) २, बरिस्ठ उपाध्यक्ष - सान पह्च्यु तमु (कास्की) ३, प्रथम उपाध्यक्ष - शिबराज क्रोम्छे तमु(गोरखा) ४, दितिय उपाध्यक्ष - सन्त च्हम्रु तमु (स्याङ्जा) ५, तृतीय उपाध्यक्ष - तिल ल्हेगे तमु (तनहुँ हाल कास्की) ६, सचिब - चन्द्र ल्हेगे तमु (नवलपरासी ) ७, सहसचिब - रन्जित क्रोम्छे तमु (ताप्लेजुङ) ८, कोषाध्यक्ष - रबिन्द्र प्ल्हे तमु (लम्जुङ ९, सहकोषाध्यक्ष - शान्त फेवाली पह्च्यु तमु (लम्जुङ हाल चितवन)) १०, ) प्रचार प्रसार सचिब -कैलशपति क्रोम्छे तमु (कास्की) ११, प्रचार प्रसार सह-सचिब - ईशा पह्च्यु तमुस्यो (स्यङज)
सदस्यहरुमा :- १२, सबिता ल्हेगे तमुस्यो (कास्की) १३, सोनिका लम तमुस्यो (लम्जुङ) १४, आउता पह्च्यु तमु (लम्जुङ) १५, राजेश टु-क्ल्हेप्री तमु (लम्जुङ) १६, यम त्होर्जे तमु (लम्जुङ) १७, हिरा पह्च्यु तमु (कास्की) १८, केश ब ल्हेगे तमु (कास्की) १९, राम ब ल्हेगे तमु (कास्की) २०, छ्त्र खक्यु तमु (ताप्लेजुङ) २१, लालकाजी प्ल्हे तमु (स्याङ्जा) २२, फलेन्द्र थिम्छे तमु (लम्जुङ) २३, संग्राम प्हच्यु तमु (तनहु) l
कार्यसमितिको चयन भइसके पछी निर्णायक मण्डलला संयोजक बाट नबनिर्बाचित कार्यसमितिलाई सफत गराई कार्यसमितिको पूर्ण चयन भएको घोषणा गरेको थियो l साथै पच्यु खेगी चिबा र क्ल्हेप्री खेगी चिबा बाट पनि नया कार्यसमितिलाई कार्यसफलताको बिशेष आशिमाला दिनुभएको थियो l साथै तमु प्ये ल्हु संघ कतार शाखा २०१४ को बिधान मस्यौदा संसोधन समिति बाट पनि संघको बिधानमा विभिन्न बुदा हरुमा छलफल गरि संसोधन गरेर सर्बसहमति बाट पारित गरियो ,अन्त्यमा, प्रथम अधिवेशनबाट सर्वसम्मत निर्वाचित हुनु भएका अध्यक्ष श्री ओम प्रकाश ल्हेगे तमु ज्यु बाट पहिलो कार्यसमितिको कार्यप्रति प्रशंशा गर्दै, बधाई दिनु भयो l
साथै अबको नयाँ कार्यकालको लागि चयन हुनुभएका सम्पूर्ण कार्यसमिति पदाधिकारीज्युहरू र सदस्य ज्युहरूलाई अगामी सफल कार्यकाल (तमु प्ये ल्हु संघको संरक्षण र सम्बर्द्धन) को निम्ति आ आफ्नो तर्फबाट तन मन र वचनले सदैब लागि रहन अनुरोध गर्दै अध्यक्ष जस्तो एउटा जिम्मेबारी पदमा चयन गर्नु भयो यसको लागि सम्पूर्ण तमु प्ये ल्हु परिवारलाई हार्दिक धन्यवाद आभार प्रकट गर्दै सस्थाको निम्ति आफ्नो दिलो ज्यानले तमु मौलिकताको निम्ति सदा समर्मित रहनेछु भनि प्रतिबद्धता ब्यक्त गर्नु भयो ,र सस्थालाई अग्रसरतामा हिडाउन तपाइँ हाम्रो सबैको अत्यन्तै आबस्यकता भएको हुदा सहयोग कार्यमा साथ् दिन हुन सबैमा अनुरोध समेत गर्नु भयो l l