काठमाण्डौ, नेपाली काँग्रेसका जननेता स्व. चक्र बहादुर ठकुरीको स्मृतिमा स्थापित पाठशालाको स्थापना दिवस एवं क्यालेन्डरको आज विमोचन भएको छ ।
स्कुलका संरक्षक दिपकसिंङ भण्डारीको सभा अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि परराष्ट्र मन्त्री मा. नारायण प्रसाद साउद , बिशेष अतिथिहरूमा पूर्व वाणिज्य मन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्मा ,प्रतिनिधि सभा सदस्य एवं काठमाडौं क्षेत्र नं. ३ क्षेत्रीय सभापति मा. सन्तोष चालिसे, प्रतिनिधि सभा सदस्य मा. शान्ति श्रेष्ठ , नेपाली काँग्रेस, बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठ , बागमती प्रदेश प्रदेश सभा सदस्य मा. बिमल ठकुरी , गोकर्णेश्वर नगरपालिका नगर प्रमुख दिपक कुमार रिसाल, कागेश्वरी मनोहरा नगरपालिका नगर प्रमुख उपेन्द्र कार्की, नेपाली काँग्रेस काठमाण्डौं जिल्ला सदस्य भावना ठकुरी लगायत स्थानिय दाजुभाई तथा दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
स्कुल संचालन समितिका अध्यक्ष राजु सुनारद्वारा सहजीकरण गरिएको कार्यक्रम दिप प्रज्ज्वलन तथा ब्यानर उद्घाटन पश्चात् विधिबत रुपमा संचालन गरिएको थियो।कार्यक्रममा आफ्ना मन्तव्य राख्नेहरुमा गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठले यो चक्र स्मृति पाठशालालाई भाडामा संचालन गराउन उचित नभएको भन्दै यथासिघ्र जग्गा लिई स्कुल स्कुलकै हुनुपर्ने र सधै चन्दा संकलन नभई अक्षयकोषको स्थापना गरि अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए।त्यसैगरी नगर प्रमुख दिपक रिसालले बोल्दै जोरपाटी क्षेत्रमा यो स्कुलको लागि जग्गा उपलब्ध गराउन नसकिएतापनी अलि माथी गोकर्ण क्षेत्रमा जग्गा उपलब्ध गराउन सकिने बताए जसको लागि प्रदेश सांसद तथा संघीय सांसदहरूको समेत साथ हुनुपर्ने बताउदै आउँदो बजेट कार्यक्रममा समेत यो पाठशालाको लागि आवस्यक कदम चाल्ने प्रतिबद्धता जाहेर गरेका थिए।
यसैक्रममा प्रदेश सांसद बिमल ठकुरीले सबैका प्रिय नेता स्व. चक्रबहादुर ठकुरीको सम्झनामा यो स्कुल स्थापित गरि निरन्तर संचालनमा सबैले गर्नुभएको सहयोगको लागि धन्यबाद ब्यक्त गरे।उनले स्व. ठकुरीको सालिक बनाइसकिएको जानकारी आएता पनि त्यो सालिक कहाँ छ आफू अनभिज्ञ भएको बताउदै दुख ब्यक्त गरे।उनले त्यो सालिक यथासिघ्र कहाँ छ पत्ता लगाई उपयुक्त ठाउंमा प्रतिस्थापन गर्नुपर्नेमा जोड दिएका थिए।यसैगरी संघीय सांसद सन्तोष चालिसेले स्व. चक्र ठकुरीलाई स्मरण गर्दै बिसं २०७३ सालमा दस जना विद्यार्थीबाट शुरु गरिएको निशुल्क स्कुल अहिले करिब १०० जनामा पुगेको बताउदै यो स्कुललाई निरन्तरता दिन आफू नगर प्रमुख हुँदा देखि नै आर्थिक सामाजिक भौतिक सहयोग गरेको बताउदै सहयोगी सम्पुर्णमा धन्यवाद ब्यक्त गरेका थिए।उनले अब छिट्टै स्कुलको लागि जग्गाको ब्यबस्थापन गरि आफ्नै भवनमा स्कुल सञ्चालन गरिने बताउदै स्व ठकुरीको सालिक यथासिघ्र उपयुक्त ठाउँको निरीक्षण गरि प्रतिस्थान गरिने प्रतिबद्धता जनाएका थिए।
कार्यक्रमका प्रमुख अतिथी तथा परराष्ट्रमन्त्री एन पि साउदले कसैको आँखामा राखेर अनि नबिझाउने सामाजिक तथा राजनितिक ब्यक्तित्व स्व. चक्र बहादुर ठकुरीको स्मृतिमा पुर्व नगर प्रमुख तथा संघीय सांसद सन्तोष चालिसे लगायत अन्य व्यक्तिहरुले गरेको साथ सहयोग र बिद्यालय निरन्तरताको लागि पुर्याउनु भएको योगदानको लागि धन्यबाद ब्यक्त गरेका थिए।आगामी दिनमा जग्गा उपलब्ध गराउन,भौतिक पुर्वाधार बिकास लगायत स्कुल संचालनमा आवस्यक सामग्रीहरुको लागि आफ्नो पनि साथ सहयोग रहने प्रतिबद्धता ब्यक्त गरेका थिए।