मुग्लानी खबर/जेठ ६
राजेश प्रसाईं " बिद्रोही"
नेपाली ग्रामीण बस्तीमा जन्मिए–हुर्किएका धेरै युवा युवतिहरू अहिले पनि विभिन्न देशहरूमा प्रवासीन बाध्य बने कै छन अहिले पनि विभिन्न देशमा शान्ति सुरक्षा कायम गर्न र गरिविलाई निस्तेज पार्न डटिरहेका छन्। थोरै युवा यस्ता पनि छन्, जो धेरै टाढा देश छोडेर पढ्न गए पनि आफ्नो जन्मभूमि र माटोका लागि अाफ्ना सीप बोकेर राष्ट्र निर्मार्णमा अाफूले पढेका ज्ञान,सीप लिएर देशको ढाँचा बदल्नु पर्छ लगानी र सीप जन्म भूमिमै पसिना बगाएर सम्बृद्धि राष्ट्र बनाउनु पर्छ भनेर आइपुग्छन्।
सुदूरपूर्वी पडाही जिल्ला ताप्लेजुङको सिनाम–५ पञ्चमी बजारमा जन्मिएका बिरेन्द्र श्रेष्ठ पनि यस्तै एक युवा हुन्, जो युरोपको विश्व बिधालयबाट इन्जिनियरिङ्ग ग्राजुएट गरि आफ्नो गाउँघर र देशमा बिकास सम्झी अनवरत लागि परेका छन।
ताप्लेजुङ्ग जिल्लाको सिनाम गा बि स पंचमीमा बुवा टेक बहादुर श्रेस्ठ र माता बिष्णु कुमारी श्रेस्ठ को जेष्ट सुपुत्रको रुप मा जन्मिएका बीरेन्द्र श्रेष्ठ जसलाई अधिकांस गाऊ छिमेक ले" कुमार" नामले चिनिन्छन भने बाल्यावस्था देखि नै तिष्ण बुद्धि अनि मिलनसार ब्यक्तित्वका धनि बीरेन्द्र निकै कष्टदायिक रूपमा पठन पाठन गरे सानै उमेर देखि नै हुने बिरूवाको चिल्लो पात भने झै स्कुल अभावको कारण आफ्ना बाल सखा प्रेम बुडाथोकि, केशर प्रसाई, बिष्णु थेबे. मायालु थेबे, चित्र थेबे, शान्तिराम गिरी लगायत धेरै साथी हरू संग बारीको पाटोमा काठको बस्ने बेन्च राखेर आफ्नो अध्ययन सुरु गरि अटल कामनाका साथमा अाफ्ना पढाइ प्रतिको लगाव निक्कै नै बेदनामय बताउछन् पढाइ संगै उनको गायनमा पनि वाल्य अवस्था देखि नै अौधि रुचि थियो भन्दै ठट्याउली पारामा श्रेष्ठ बताउँछन |
युरोप को बिश्व बिद्यालय बाट इन्जीनियरिंग ग्राजुयेड भै सके पछि बीरेन्द्र अाफ्नै देशमा सेवा पुर्याउने राष्ट्र निर्माण हामी र हामीहरू मिलेर नै हुन्छ भन्ने मनसायले स्वदेश फिर्ता भएँ लगतै नेपालका केही कम्पनिमा काम गरि सकेको र हाल नेपाल को हाइड्रो को बिकासमा अनवरत लागिपरेका बरिष्ठ इन्जिनियर श्रेष्ठको जीवन को धेरै रमाइलो अनि संघर्षपूर्ण जीवन गाथा समेट्ने प्रयास गरेको छु !
स्कुल अभाब को कारण खुल्ला आकासमा बसी करिब प्राथामिक तह तिन कक्षा सम्मको अध्ययन सकाउने क्रम मा तिहार को अवसरमा देउसी भैलोमा नाच गान घर घर मा लगी चन्दा संकलन गरेर स्कुल भवन निर्माण गरेर सिनाम मा बि जानु अघि आफ्नो कक्षा तिन को अन्तिम चरण मा स्कुल को कक्षा कोठामा अध्ययन गरेको र देउसी भैलो कार्यक्रममा मादल बजाएर चर्को चर्को स्वोर मा केशर प्रसाई संग गीत गाएको रमाइलो स्मरण गर्छन !
प्र अ सिंह बहादुर इवारम सरका कडा मिजास को भएनी आफुलाई अत्यन्तै माया गर्नु हुने र आफ्नो लागी लिम्बु भाषा को गीत समेत बनाइदिनु भएको "याक्थुम हाङ्ग चुम्से... खेप्सेमु यार केधेसि पातुम्लो.. " भन्दै सुरिलो स्वरमा केही क्षण मन्त्र मुग्ध नै बनाएँ श्रेष्ठ भन्छन म मेरा शुभचिन्तक र गुरु प्रति यहि समाचार मार्फत नमन टक्र्याउछन !
स्वर्ग झैँ लाग्ने आफ्नो जन्म भुमि सिनाम अनि कावेली खोला जहा आफुलाई कुसल पौडीबाज बनाउने क्रममा भदौरे भेल मा मित्र खोमनाथ मिश्र संग पौडी खेल्ने क्रममा हेमराज मिश्र दाइ नहुनु भएको भए.....!अाज झन्डै निसानै रहन्न थियो होला भन्दै भावुक बने |
श्री पंचमी,नाग पंचमी.भूमिराज, माघेनी मेला हरुमा मित्र खेम लिङ्ग्देन (कुमार) हाल हंगकंग राम लिङ्ग्देन (यु के ) मिना राइ (यु के) घनिन्द्र भण्डारी. प्रेम, शान्तिराम, आफ्नै भाई खड्ग अनि बहिनी हरू देवी,गंगा ठुली /सानी बैनी हरू संग नाच गान गर्ने गरेको बताउनु हुने बीरेन्द्र श्री पंचमी मेला बन्द भएको करिब पच्चीस बर्ष पछी 2074 माघ 8 गते बृहत खेलकुद तथा सास्कृतिक कार्यक्रमका साथ् आफ्नै स्वरबद्ध आधा दर्जन भन्दा बढी गीत गाएर सबैको मन् जित्न सफल भएको बताए |
पाइलट, इन्जिनियर वा डाक्टर नै बन्ने सपना को साथ् कक्षा नौ मा सिनाम मा बि मा तात्कालिन optional math नभएको कारण भानु स्कुल फ़ुङ्ग्लिङ्गमा गएर optional math छोटो समय मात्र पढी SLC लेखेका बीरेन्द्र श्रेष्ठ आफ्नै बहिनी मुना स्कुलको सबै भन्दा मिल्ने साथी भएको र अन्य साथीहरु सरिता अमित इन्द्र सुनुवार नरेन्द्र जीवन. बिस्नु, गंगा, रबिन लगायत धेरै साथी हरू धेरै नजिक रहेको बताउछन ! स्कुल पश्चात काठमाडौँ बाट I Sc गरेर इन्जिनियरिंग बिश्व बिद्यालय आर्मेनिया बाट 1996मा आफ्नो ग्रेजुएसन गरे लगत्तै नेपाल बिद्युत प्राधिकरण बाट आफ्नो ब्यबसायिक करियर सुरु गरि 2002 को डिसेम्बर बाट इन्द्रावती हाइड्रो, बराम्ची हाइड्रो, रुरु हाइड्रो. फावा खोला. हाडी खोला. कावेली ए परियोजना मा काम गरि सकेका श्रेष्ठ जब 2070साल मा ताप्लेजुङ्ग कै प्रोजेक्ट मा काम सुरु गरे पश्चात आफ्नो बाल उत्कण्ठा गायन यात्रा को सुरुवात भएको बताउछन !ओझीलो दमदार अनि कर्ण प्रिय स्वर का धनि बीरेन्द्र हाल छोटो समय मै स्थापित गायक भै सकेको उनको दैनिक क्रेज अनि बजार मा उनको गीत र स्वर को प्रभाब ले प्रस्ट पारेको बताउछन थुप्रै उनका फ्यान हरू !
जलबिद्युत नेपालको सार्बाङ्गिण विकास को पर्यायवाची रहेको र यहि बाट नेपाल को सम्मुनत भविष्य देखेरै करिव 22 बर्ष अविरल यात्रा मा रहेका श्रेष्ठ नेपाल विश्वकै उत्कृस्ट मुलुक रहेको र यो मुलुक लाई प्रतिबद्धता र अविछिन्न कार्यान्वयन को खाचो रहेको बताउछन ! ठुलो हैन उत्कृस्ट नतीजा को मात्र खाचो रहेको बताउने श्रेष्ठ अब कटाक्ष अनि भाषण होइन कुसल प्रबन्धक को खाचो रहेको बताउछन ! लोक प्रिय शम्भु राई को संगीतबाट संगीतिक डेब्यु मारेका श्रेष्ठ को यो गीत मा लोक गायिका देशु शुहांग ले साथ् दिनु भएको छ भने यो पश्च्यात एकसे एक गीत हरू टिका भण्डारी को संगीत, टंक सुब्बा को शब्द मा रहेको तिम्रो मन् संग आज, दिपक शर्मा को शब्द संगीत को घर हाम्रो लेकैमा, अम्बिका गुरुङ को शब्द अनि शंकर थापा को संगीत मा बनेको गीत आखा लाउछन.. जसलाई गायक बीरेन्द्र श्रेष्ठ र लोकप्रिय गायिका मेलिना
राई ले गाएका छन्, त्येस्तै रामसिङ् नेपाली को शब्द संगीतमा लोक प्रिय मिना निरौला र बीरेन्द्र ले डिस्को मा जाउला भन्ने गीत का साथै 2 दर्जन गीत गायिसकेका छन् भने बनेको छ पहरा ले यो छाती मेरो, तिम्ले त होइन, जति माया लाए पनि, तुल्सी आगन मा जस्ता गीत हरुको कभर गीत समेत गरेका छन् !
राजु श्रेष्ठ, जग्गु कार्की, प्रमोद निर्वान, नबिन लाम्गादे, दिनेश लिंग्खिम, पेम्बा लामा, मिलन बिस्वोकर्मा, नारायण तुम्बापो, राजेन्द्र श्रेष्ठ ,उदय खुदांग, महिमा जंग तामांग, खबिन लुइँटेल, लक्ष्मी गौतम, युबेन लिम्बु, शर्मिला, संगीता, सरला रेग्मी, आनन्द गौतम, गिरिराज, भिम, प्रदीप गुरुङ ,घनश्याम राम, भारती बस्याल ,सुरज प्रधान, मनोज सुब्बा, टि आर सुब्बा लगायत दर्जनौ मित्र हरुको हौशला अनि सहयोग कै कारण आफु यस क्षेत्र मा लागी पर्न सम्भब भएको बताउछन !गीत संगीत लाई आफ्नो अमुल्य निधि मान्ने गायक तथा बरिस्ठ इन्जिनियर बीरेन्द्र श्रेस्ठ आगामी दिनमा समेत बार्षिक 2देखि 3 वोटा सम्म स्तरीय गीत लिएर आउने र निकट भविस्य मै नया एल्बम सुचिन्दा लिएर बजार मा आउनेछ्न ! गायक श्रेष्ठ को अधिकांस गीत हरू भाव सागर इन्टरटेण्टमेन्ट युट्युब च्यानेल मा हेर्न सकिने छ!
भिडियोहरु ...
https://www.youtube.com/watch?v=ObKV2m3Awe8&feature=youtu.be
https://www.youtube.com/watch?v=unc094ViB6M&feature=youtu.be
https://www.youtube.com/watch?v=aNhRKhcARzU&feature=youtu.be
https://www.youtube.com/watch?v=Hv3voPnIfm8&feature=youtu.be