दोहा, प्रदेश नं १ को पुन: नामाङ्कन संयुक्त संघर्ष समितिलाई ऐक्यबद्धता जनाउदै कतार स्थित प्रवास समितिहरु लगायत १९ घटक सदस्य रहेको 'प्रदेश नं. १ पुन नामाङकन संयुक्त समन्वय समिति' निमार्ण गरिएको छ।
प्रदेश नं १ को ‘प्रदेश सभाले’ गत १७ फागुन २०७९ का दिन प्रदेशको नाम कोशी राखे संगै विभिन्न पहिचानवादी घटकहरुले प्रदेश नं. १ पुन: नामाङकन संयुक्त संघर्ष समिति निर्माण गरि चरणबद्ध आन्दोलन अघि बढाएका छन। प्रवासबाट पनि आन्दोलनलाई ऐक्येबद्धता जनाउदै नेपाल आदिवासी जनजाति महासंघ कतारको नेत्रृत्वमा कतारमा रहेका महासंघ अन्तर्गतका मातृ संस्थाहरु र पहिचानवादी बैचारिक दल मातहतका प्रवास समितिहरु लगायत १९ घटक सदस्य रहेको 'प्रदेश नं. १ पुन नामाङकन संयुक्त समन्वय समिति' निमार्ण गरेका छन् ।
गत २३ अप्रिल २०२३ का दिन महासंघ कतारका कार्यवहाक अध्यक्ष भाइकाजी गुरुङको अध्यक्षतामा एसियन टाउन स्थीत वाइट हाउस रेष्टुरेन्टको सभाहलमा विभिन्न घटकहरु बिच घनीभुत छलफल गरि “प्रदेश नं. १ पुन नामाङकन संयुक्त समन्वय समिति” र्निमाण गरिएको समितिले प्रदेश नं. १ को पुन नामाङकन का लागि प्रवासबाट सम्भावित सबै खाले सहयोग लाई निरन्तरता दिने, कोशीका नाममा हुने सबैखाले कार्यक्रमहरुलाई नैतिक वा भौतिक विरोध, असहयोग गर्दै कोशी खारेजीको अभियानलाई सशक्त बनाउने ।
कोशी प्रदेश भए संगै दुई महिना देखि निरन्तर अशान्त बनेको प्रदेशमा जनभावना अनुरुप एतिहासिक पहिचान र सभ्यताको आधारमा प्रदेशको नामाङकन र दिगो शान्ति स्थापनाका लागि नेपाली राजदुतावास कतार मार्फत नेपाल सरकार र सरोकारवालाहरुलाई ज्ञापन पत्र बुझाउने ।
कोशी विरुद्धको अभियानलाई विश्वव्यापी गराउने । कोशी विरुद्ध अन्तरक्रिया कार्यक्रमहरु गर्ने जस्ता विषयमा सहमति गर्दै महासंघ कतारको संयोजकत्वमा किरात याक्थुङ चुम्लुङ (सदस्य सचिव), किरात राई यायोख्खा शाखा (सह–सदस्य सचिव), सुनुवार सेवा समाज (आर्थिक संयोजक), शेर्पा किदुङ सघं (सह–आर्थिक संयोजक) रहने गरि नेपाल मगर सघं शाखा, तमु गुरुङ समाज, नेपाल प्रवासी तामाङ समाज, थारु कल्याणकारिणी सभा च्याप्टर, प्रवासी भुजेल समाज, नेवा पुचः, माझिसेवा सामाज, नेपाली धानुक, नेपाल दनुवार संगठन, तासकप कतार, तामाङ घेदुङ संघ, नेपाल जनप्रगतिशिल मञ्च, प्रवासी नेपाली एकता मञ्च, संघीय लिम्बुवान सामाजिक मञ्च लगायत सदस्य रहेको समन्वय समिति ले सम्पर्कमा आउने थप घटकहरु जोड्दै लैजाने सर्तमा “प्रदेश नं. १ पुन नामाङकन संयुक्त समन्वय समिति” निमार्ण गरिएको सलिसाम कतारका उपाध्यक्ष डम्बर मिसेक लिम्बुले मुग्लानी खबरलाई जानकारी गराएका छन।
कोशी खारेजी र प्रदेश नं. १ को पुन: नामाङकन का लागि भईरहेको आन्दोलनको क्रममा गत चैत्र ५का दिन शान्तिपुर्ण आन्दोलनमा प्रहरी दमनबाट सहादत प्राप्त गरेका वीर सहिद लाजेहाङको शव यात्रा गर्ने क्रममा भएको प्रहरी दमन र ज्यादतीले आन्दोलनकारीहरु थप आक्रोशित बनेका छन । एकात्मक राज्यसत्ताद्धारा हुने त्यस किसिमका दमनले आन्दोलनकारीहरु विचलित नभई थप उर्जाका साथ पहिचानको आन्दोलन लाई निष्कर्षमा पुर्याउनका लागि देश विदेशमा रहेका पहिचानवादीहरु एक ढिक्का भएर लाग्नुपर्ने भनाई राख्दै, पहिचान सहितको १०+१ को मुलढोका खोल्नका लागि तयार रहेको बताएका छन।
त्यो मुल ढोका प्रदेश नं. १ बाट सुरुवात भएको हुनाले १०+१ को सम्पुर्ण ढोका हरु खोलेर मात्र यस आन्दोलनले विश्राम लिने जिकिर गर्दै विभिन्न दलको विचार भन्दा माथि उठेर सरोकारवला सबैले संयुक्त संर्घष समितिको आन्दोलनलाई सहयोग गर्नु पर्ने भनाई महासंघ कतारका अध्यक्ष गुरुङले राखेका थिए ।