गजल-१
खोला सुके त्यसपछि बगर बनेको छ,
बगर मासेर त्यो ठाउंमा घर बनेको छ।
छैन पेसा आफ्नै देशभित्र यो बाध्यता,
काम खोज्ने युवालाई सफर बनेको छ।
जो-जसलाई झुंड्यानुपर्थ्यो टुडिखेलमा,
उही त आज जताततै सदर बनेको छ।
पशुतुल्य जिवन यापन गर्न बाध्य भयौं,
सरकार भन्छ युवालाई रहर बनेको छ।
युवा वेघर हुँने र देश बिहिन हुँने राहदानी,
उस्तै भिसा पनि आज आफर बनेको छ।
गजल-२
जहिल्यै पनि भ्रष्टचारिको सम्मान हुन्छ।
न यिनिमाथि कानुन् न संबिधान हुन्छ।
नियम कानुन् बदलिन्छ ल्याउँन बिदेशी,
बिदेशि बजारमा देशका नौजवान हुन्छ।
किन मरिहत्य गर्छौं भोट दिनलाई हामी,
न त देशको लागि केही योगदान हुन्छ।
जसलाई हामिले पठाउँछौं देशको लागि,
त्यो सँग दन्ते कथा र थुप्रो उखान हुन्छ।
यो देश श्रीलङ्का,सिक्किम बन्न थाल्यो,
भाषणमा सुईजरल्यान्डको रटान हुन्छ।
भन्छन् देशलाई टुक्रा टुक्रा पार्नेहरू सधै,
अब नेपाल रहँदैन कुनैदिन जापान हुन्छ।
गजल-३
हिंड्न जान्दैन आफु दोषि भिर हुन्छ,
लुट्छन् शोषकले दोषी तक्दिर हुन्छ।
छिचोल्न नसके पछि त्यो अशाह्य भयो,
कुरिती सधै सामाजिक जञ्जिर हुन्छ।
लेखो हुंदैन कयौं मरे भ्रमजालमा परी,
जिउदालाई कफन बचाउँने पिर हुन्छ।
मानव समाजमै हुन्छन् बिभिन्न खाले,
कुनै धनकै त कुनै मनको अमिर हुन्छ।
मानव जिवनको सच्चाइ यहीनै होला,
आशा रहीरहन्छ स्वास आखिर हुन्छ।
लगाउँछन हजारौं गफ मानिस हरूले,
कुद्रतको अगाडी त सबै फकिर हुन्छ।
गजल-४
उपदेश दिन्छन् देशलाई तर अचानो भयो,
जुन सरकार आए नि त्यो सधै कानो भयो।
छैन बिकास सधैको कच कच हुन्छ देशमा,
नागरिकलाई न मानो भयो नत छानो भयो।
युवाहरू बिदेश पलायन हुन्छन् कुनाकुनामा,
भन्छ यहाँ मत्रीहरू फलानो फलानो भयो।
के पायौँ जनताले दलालहरूलाई भोटदिएर,
सुख सँग बस्ने बास छैन न खाने मानो भयो।
समयमै मल विउ छैन बिना सिंचाईका बारी,
पसिना बगाएर खै नत यहाँ एकदानो भयो।
राजनीति पनि वेइमानको अखडा बनेकोछ,
देशभक्तको पार्टी झनपछि झन सानो भयो।
गजल-५
कुपुत्र जन्मिएपछि घरको नाश हुन्छ,
झन पछिझन समस्यहरू खास हुन्छ।
देश गुलाम नभएर केगर्छौ दाश नेता,
रैती भए नागरिक दुःखको रास हुन्छ।
काम खोज्ने नि काम हुँदोरहिछ यहाँ,
सोंच्नैहुन्न बाँचुञ्जेल अबकास हुन्छ।
जस लाई जनताहरूले छानेर पठायौँ,
देश अचानो बनाउँछ आफु दास हुन्छ।
यही देशका लागि लडेर मर्छन् उनैको,
हरसन्तानकै नेपाल बाहिर बास हुन्छ।
उदाइ रहेकाछन नवलेण्डुप यो देशमा,
यो देश कुनदिन बिदेशीको गास हुन्छ।
सुरेशकुमार पाण्डे
घोराही ,१८ दाङ