युएई -अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज युएई शाखाको आयोजनामा नयाँ वर्ष २०८० सालको अवसरमा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम दुबईको जाबेल पार्कमा शनिबार सम्पन्न भएको छ।
समाजका युएई शाखाका अध्यक्ष दिल पुनको सभा अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि संस्थाका केन्द्रिय सल्लाहकार तथा युएईका प्रमुख सल्लाहकार देवराज वली रहेका थिए। त्यसैगरी बिशिष्ट अतिथिमा दाङ देउखुरी समाज युएईका अध्यक्ष सुर्य केसी र दाङ देउखुरी समाजका उपाध्यक्ष गोपाल केसी रहेका थिय। अन्य अतिथीहरुमा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रिय सदस्यहरु,युएई कार्यसमिति सदस्यहरु तथा युएई बस्ने थुप्रै रोल्पाली तथा गैर रोल्पाली दाजुभाई तथा दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमलाई थप प्रभाबकारी बनाउन संस्थाका प्रवक्ता जय बहादुर घर्तीले पहल गर्नुभएको थियो।कार्यक्रमलाई सहजीकरण तथा संस्थाको बारेमा युएईका महासचिव तथा केन्द्रिय सदस्य कुमार केसीले स्पष्ट पारेका थिए।यसै कार्यक्रम मार्फत संस्थालाई थप चलायमान बनाउन कार्यसमितिमा नयाँ जिम्मेवारीको कार्यक्रम पनि गरिएको थियो।जस अनुसार नयाँ कार्यसमितिमा मनोनित हुनेहरूमा वरिष्ठ उपाध्यक्षमा -सुरेश कुमार केसी, उपाध्यक्षमा - कुमार बिस्ट र तिरे पुन,आबुधाबीमा क्षेत्रीय प्रमुखमा- कर्ण बहादुर ओली,दुबैई क्षेत्रीय प्रमुखमा कान्छा बाबू बाठा मगर, शारजाह क्षेत्रीय प्रमुखमा- हरि गिरी, अजमान क्षेत्रीय प्रमुखमा- प्रेम प्रकाश केसी, रास अल खैमाह क्षेत्रीय प्रमुखमा - देबेन्द्र केसी,अल ऐन क्षेत्रीय प्रमुखमा -देब बहादुर खड्का,साँस्कृतिक बिभाग प्रमुखमा- दल बहादुर घले,खेलकुद बिभाग प्रमुखमा- नारायण सुनार, खेलकुद बिभाग उपप्रमुखमा-ओम प्रकाश वली, आबुधाबीमा क्षेत्रीय उपप्रमुखमा-झरना कुमारी बिक, दुबई क्षेत्रीय उपप्रमुखमा-प्रेम बहादुर पुन, शारजाह क्षेत्रीय उपप्रमुखमा- अनिल कुमार घर्ती मगर, कार्यसमिति सदस्यहरुमा कमला गुरुङ,कृष्ण बहादुर घर्ती,मनोज कुमार बुढा र भागिराम बुढा मगर मनोनीत भएका थिय। जसमा नव मनोनीत सदस्यहरुलाई संस्था युएईका प्रमुख सल्लाहकार देवराज वली,युएईका अध्यक्ष दिल पुन,युएईका महासचिव कुमार केसी र अन्य अथितिहरुले प्रमाणपत्र सहित सम्मान गरेका थिय।
अतिथी तथा उपस्थित सबै जनाले शुभकामना आदनप्रदान गरेका थिय।कार्यक्रमको बिच बिचमा गीत नृत्य प्रस्तुतिहरू राखिएका थिए जसले गर्दा उपस्थित सबैमा थप रमाइलो भएको थियो। कार्यक्रमका प्रमुख अतिथी तथा केन्द्रिय सल्लाहकार देवराज वलीले संस्थाका गतिविधि र संस्थाका बारेमा प्रस्ट पारेका थिए। संस्था अहिले शाखा बिस्तार गर्ने लक्ष रहेको जनाउदै विश्वभरी रहेका रोल्पालीहरुलाई अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका विभिन्न शाखा तथा केन्द्रिय समितिमा आबद्ध रहि समग्र रोल्पा र रोल्पालीको हितको लागि काम गर्नु पर्ने जनाए।अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज कुनै पार्टी ब्यक्ति दल गुटको नभई समग्र रोल्पालीहरुको र देश र रोल्पा र रोल्पाली जनताको माया गर्नेहरुको भएकोले सबैले ऐक्यबद्धता जनाएर हातेमालो गर्न आग्रह गर्दै कार्यक्रम सब्यभब्य पुर्ण सफलताको शुभकामना ब्यक्त गरेका थिए।अन्त्यमा युएई शाखाका अध्यक्ष तथा कार्यक्रमका सभा अध्यक्ष दिल पुन ज्यूले ब्यस्त समयका बाबजुद पनि यो कार्यक्रममा उपस्थित भएर साथ सहयोग गर्नुहुने र प्रत्यक्ष अप्रत्यक्ष रुपमा योगदान पुर्याई कार्यक्रमलाई सफल बनाउनु हुने सम्पूर्ण संस्था परिवार र उपस्थित सबैलाई सम्पुर्णमा धन्यबाद तथा नयाँ वर्षको शुभकामना दिएका थिय। साथै संस्थालाई थप चलायमान बनाउन वा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज केन्द्रलाई सहयोग गर्न युएई शाखा सदैव अग्र स्थानमा रहेको कुरा सबैलाई जानकारी गराएका थिय। अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजमा आबद्ध हुन सबै रोल्पालीहरुलाई अपिल समेत गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए।