दोहा,अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज कतारले आयोजना गरेको सांस्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रम शनिबार सनैया स्थित फूलबारी रेष्टुरेन्टको सभाहलमा भब्य रुपमा सम्पन्न भएको छ।
नेपालीहरुको नयाँ वर्ष २०८० सालको पावन अवसर तथा इद उल फित्रको उपलक्ष्यमा अनाथ तथा अशक्त बालबालिकाहरुको सहयोगार्थ आयोजना गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष दिपेन्द्र डाँगीको सभा अध्यक्षता तथा प्रमुख अतिथि गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद उपाध्यक्ष नरेन्द्र भाट, विभिन्न संघ संस्थाबाट आमन्त्रित अथितिहरु लगायत रोल्पाली तथा गैर रोल्पाली दाजुभाई दिदीबहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।सामुहिक रुपमा दिप प्रज्वलन, ब्यानर अनावरण सङ्गै कार्यक्रम विधिवत रुपमा शुरु भएको थियो। राष्ट्रिय गान, शहिद हरु प्रति मौनधारण पश्चात संस्थाका उपाध्यक्ष दुर्गा खड्काको स्वागत मन्तव्य र कलाकार संयोजक मान्सिङ परियारको नेतृत्वमा कलाकारहरुले स्वागत गीत मार्फत उपस्थित हुनु भएका सम्पुर्ण अतिथिहरुलाइ स्वागत गरिएको थियो।
साहित्यकार शोभाराम ओलीको संयोजकत्वमा भएको कार्यक्रमको सहजीकरण संस्थाका महासचिव केशर खनालले गरेका थिए। त्यसैगरी कार्यक्रमको बिषयमा जानकारी गराउँदै संस्थाका संरक्षक गोपाल डाँगीले आफ्नो धारणा राखेका थिए भने प्रमुख अथितीले सामाजिक कार्यमा संस्थाले गरेको योगदान र भूमिकालाई सम्मान गर्नुपर्ने बताए साथै अन्य थुप्रै वक्ताहरुले यस संस्थाले आजसम्म खेलेको भूमिकाबारे खुलेरै प्रशंसा गरेका थिए । कार्यक्रम अबधिभर संस्थाका विभिन्न सदस्य निकै उत्साहजनक तरिकाले आफ्नो भुमिका निर्वाह गरेका थिए।कार्यक्रममा अतिथि स्वागत सत्कार तथा स्वयंसेवकमा संस्थाका कोषाध्यक्ष जित परियार, सहकोषाध्यक्ष ताबिराम घर्ती , लिला बहादुर डाँगीले बिशेष भुमिका निर्वाह गरेका थिए। स्वयंसेवक संयोजक लुद्र खत्रीको नेतृत्वमा दर्जन बढी स्वयंसेवकहरूले कार्यक्रमलाई सफल बनाउन ठूलो भुमिका खेलेको देखिन्थ्यो। संस्थाका सचिव चित्रा के सी र माया केसीद्वारा ब्याज हस्तान्तरण गरिएको थियो भने यातायातको ब्यवस्थापन नन्द कुमार डाँगी र अम्मर ओलीले गरेका थिए।करिब ४०० भन्दा बढी उपस्थिति रहेको अबधिभर थोरै भाषण र धेरै मनोरञ्जन प्रदान गर्ने क्रममा हाम्रो सपना सङ्गीत परिवारका कलाकारहरु गुना मगर निशु, मानसिङ निर्दोष परियार, चित्रा केसी भन्डारी, अमृत लिम्बु, सुरेश बिसी, पुर्ण परियार,भेष बराल लगायतका कलाकारहरुले आफ्नो उत्कृष्ट गायन प्रस्तुतिहरूले दर्शकहरुलाई नचाएका थिए भने नृत्य तर्फबाट शान्ति वली र नेपाल मगर संघका कलाकारहरूका दमदार प्रस्तुतिले दर्शक हरुलाई थप।मनोरञ्जन मिलेको थियो।कृष्ण परियारको बाँसुरीको धुन, अमृत परियारको मादलको ताल र केही थान मुक्तक र गजलका शेरहरुले कार्यक्रममा रौनकता छएको थियो ।त्यतिमात्र नभएर संस्थाले दर्शकहरुको आकर्षणको लागि भाग्यशाली चिठ्ठा कार्यक्रम पनि राखिएको थियो। कुल ४५ ओटा पुरस्कार रहेको कार्यक्रममा प्रथम पुरस्कार एक तोला अर्थात ११.६६ ग्राम सुन रेशम बिक ले हात पारेका थिए भने क्रमश दोस्रो पुरस्कार टि भी , तेस्रो मोबाइल गरि क्रमश: विभिन्न पत्रकारहरुसँग रहेका थिए साथै अनाथ तथा अशक्त बालबालिका सहयोगार्थ भएको थुप्रै ब्यक्ति र संघ संस्थाहरुले आर्थिक सहयोग गरेका थिए। पत्रकारको भुमिका निर्वाह गर्नुहुने सपना संगीतका अध्यक्ष प्रकाश दर्नाललाई आयोजक कमिटीले विशेष धन्यवाद ब्यक्त गरेको थियो।अन्तमा, कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष दिपेन्द्र डाँगीले संस्था र संस्थाको उद्देश्य बारे प्रष्ट पार्दै उपस्थित हुने सबै प्रति आभार व्यक्त गरेका थिए।कार्यक्रम सब्य भब्य रुपमा सफल पार्न सहयोग पुर्याउनु हुने संस्थाका सम्पूर्ण पदाधिकारी तथा संघ संस्थाहरुलाई विशेष धन्यवाद दिदै कार्यक्रम समापन भएको घोषणा गरेका थिए।