दोहा कतार, (तिलविक्रम थेवे) ईलाम सेवा समाज कतारद्वारा विसं २०८० को भित्ते पात्रो कतारमा एक कार्यक्रमका विच सार्वजनिक गरिएको छ।
गोर्खा रेष्टुरेन्टका संचालक तथा समाजका अध्यक्ष खडग फागोको अध्यक्षता महासचिव ज्ञानेन्द्र रसाइलीको संचालनमा नजमा दोहा कतार स्थित गोर्खा रेष्टुरेन्टमा सम्पन्न भएको एक कार्यक्रममा अध्यक्ष फागो, प्रथम उपाध्यक्ष तोरण बस्नेत, महासचिव ज्ञानेन्द्र रसाइली, प्रमुख सल्लाहकार धन बहादुर विक रोशन, पुर्व प्रथम उपाध्यक्ष गोपाल न्यौपाने, संस्थापक सल्लाहकार तिलविक्रम थेवे, ईलामेली गायक संगीतकार -गिटारिष्ट_ जोयल परियार लगायत ईलाम सेवा समाजका पदाधिकारी सदस्य एवं कतारमा रहेका ईलामेलीहरुको वाक्लो उपस्थितिका विच भित्ते पात्रो सार्वजनिक गरिएको थियो । विभिन्न क्षेत्रले चिनाएको ईलामको तस्विरहरु, ईलाम सेवा समाज कतारले सम्पन्न गरेको संस्थागत कामहरुको तस्विर राखेर ईलाम सेवा समाजले प्रकाशन गरेको २०८० को सन्देशमुलक भित्ते पात्रो यसअघि नै जिल्लाको हरेक नगरपालिका, गाउँपालिका र वडाहरुमा वितरण गरिसकिएको छ ।
समाजका वरिष्ठ संगीतकार गायक जोयल परियाको सुमधुर गीत र संगीत, लक्ष्मी सापकोटको बाँसुरीको धुन र कलाकारहरुको वेजोड नृत्यले कार्यक्रमलाई थप रोचक बनाएको थियो ।चिया, अलैची, अदुवा, ओलन -दुग्ध उत्पादन_, अम्रिसो, अकवरे खोर्सानी, अनेक प्रकारका ओखती र जडीबुटी, रेड पाण्डा र कालिजको वासस्थान, धार्मीक, सांस्कृतिक एवं पर्यटकिय स्थानहरुले भरिएको ठाउँ, नेपालको एक विशेष समुदाय मध्येको एक लेप्चा जातीहरुको बसोवास रहेको जिल्ला, शताव्दीभन्दा पुरानो नेपालकै पुरानो चिया वगानको इतिहास बोकेको जिल्लाको रुपमा ईलाम देशविदेशमा परिचित छ ।