बैशाख १० दोहा, प्रदेश सरकारले गत फागुन १७ कादिन प्रदेश नं. १ को नाम कोशी राखे संगै विभिन्न पहिचानवादी बैचारीक संगठन र संघसंस्थाहरुको घटक रहेको, “प्रदेश नं.१ पुन नामाङकन संयुक्त संघर्ष समिति” द्धारा प्रदेशको राजधानी विराटनगरमा आयोजित शान्तिपुर्ण आन्दोलनका क्रममा प्रहरी र आन्दोलनकारी विच झडपहुदा प्रहरीको लाठि प्रहारबाट सत्तघाइते भएका पदम कुमार लिम्बु (लाजेहाङ) को उपचारको क्रममा गत २०७९ चैत्र १० गते विहानको २ः३०मा धरानको वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएका सहिद लाजेहाङ लाई चैत्र २४, २०७९ का दिन नेपाल सरकार मन्त्रिपरिषदको बैठकले राष्ट्रिय सहिद घोषणा गरे संगै विभिन्न प्रक्रिया पुरा गरि हिजो ९ बैशाख २०८० का दिन सहिद लाजेहाङको शवलाई धरान, इटहरी र विराटनगर प्रदेश सभा परिक्रमा गर्दै मोरङ बेलबारीमा अन्त्यष्टि गरिए पश्चात कतार रहेको विभिन्न पहिचानवादी संघसंस्था र अभियानताहरुको उपस्थितीमा एसियन टाउन स्थित वाइट रेष्टुरेन्टमा चैत्र ९, २०८० का दिन शोक सभा गरेकाहुन ।
सहिद लाजेहाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च–संघीय लिम्बुवान प्रान्तिय मञ्च का सचिवालय सदस्य एवं यसै मञ्च मातहतका लिम्बुवान भोलियन्र्टस (एलभि) सह–कमाण्डर समेत रहेका लाजेहाङ मोर्चाको अग्रपंतिमा रहेर आन्दोलनको नेतृत्व गरि अघि बड्ने क्रममा प्रहरीको लाठि प्रहारबाट सहादत प्राप्त गरेकाहुन ।
संघीय लिम्बुवान सामाजिक मञ्च कतारको समन्वयमा सम्पन्न शोक सभामा नेपाली जनप्रगतिशिल मञ्च कतार का सचिव तथा मातहतका आदिवासी जनजाति विभागका संयोजक रेशम आले मगर, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका प्रथम उपाध्यक्ष जैवी चाम्लीङ राई, नेपाल आदिवासी जनजाति महासंघ कतारका कोषाध्य तेन्जी शेर्पा, किरात याक्थुङ चुम्लुङ कतारका अध्यक्ष हर्क खजुम, किरात राई यायोख्खा शाखा कतारका अध्यक्ष शंखरमान राई, नेपाल घेदुङसंघ कतारका अध्यक्ष इन्द्र कुमार तामाङ, शेर्पा किदुङसंघ कतारका महासचिव पेम्बा शेर्पा, कर्णाली प्रदेशका उपाध्यक्ष पुर्ण बहादुर राना, पहिचानवादी अभियानताहरु वीर वहादुर थापा, गजेन्द्र खालिङ राई, जोहेव लामा, योगेन्द्र तामाङ लगायतको शोक वक्तव्य रहेको शोक सभाबारे संघीय लिम्बुवान सामाजिक मञ्च कतारका वरिष्ट उपाध्यक्ष डम्बर लिबाङ मिसेकले प्रष्टाएका थिए !
सलिसाम कतारका उपमहासचिव मौसम लिङदमले सञ्चालन गरेको शोक सभामा वक्ताहरुले शोक वक्तव्य राख्ने क्रममा, पहिचान प्राप्तिका निम्ती विभिन्न दलका विचार भन्दा माथि उठेर आन्दोलनलाई निष्कर्षमा पु¥याउनु पर्ने भएकोले कोशी खारेजी र प्रदेश नं. १ को पुन नामाङकनका लागि देश विदेशमा रहेका पहिचानवादी शक्तिहरु एक ढिक्का हुनुपर्ने बताए । यसरी पहिचानवादी शक्तिहरु एक ढिक्का भए मात्र सहिद लाजेहाङ जस्ता हजारौं सहिदहरुले संघीयता, पहिचान र समान अधिकारका निम्ती बगाएका रगतको कदर हुने भनाई राखेका थिए ।
अन्त्यमा आफ्ना भनाईहरु राख्ने क्रममा सलिसाम कतारकी अध्यक्ष रेखा राई खामसामाले कोशी खारेजीको लागि निर्माण गरिएको संयुक्त संघर्ष समितिलाई निस्कृय बनाउन अनेक खाले सडयन्त्रहरु भईरहेको प्रति सचेत रहनुपर्ने र सबै पहिचानवादी शक्तिहरु कथित कोशी खारेजीका लागि एक ढिक्का हुनु पर्ने भन्दै अन्तमा कोशी खारेज गर, प्रदेश नं. १ लाई लिम्बुवान, किरात घोषणा गर, वीर शहिद लाजेहाङ अमर रहुन भन्ने नारा सहित शोक सभा सम्पन्न भएको थियो ।
शोक सभाकै दिन सहिद परिवारलाई समाजीक अभियान्ता जोहेब लामाले संघीय लिम्बुवान सामाजिक मञ्च कतार मार्फत ने.रु. ५१,०००/- सहयोग दिने घोषणा गरेका छन् ।