दोहा : नेपाली राष्ट्रिय भलिबल टिम तथा नेपाल पुलिस क्लबका महत्त्वपूर्ण भलिबल खेलाडी विशाल बि.क कतार आएका छ्न ।
पाल्पाली सेवा समाज कतारको खेलकुद बिभाग "पाल्पा स्पोर्ट्स क्लब द्वारा आयोजना गरिएको मुस्लिम धर्मवलम्बीहरुको महान पर्व ईद उल फित्रको अवसरमा आयोजित अन्तर नेपाली खुल्ला भलिबल प्रतियोगितामा सहभागी हुनको लागि हिजो साँझको उडान मार्फत कतार आइ पुगेका हुन ।
पछिल्लो समय नेपाल पुलिस क्लब तथा राष्ट्रिय भलिबल टिमका नियमित सदस्य रहँदै आएका खेलाडी बि.क लाई कास्की आदर्श समाज कतारको निमन्त्रणामा कतारमा आएका हुन ।
केहीदिन अगाडि गैर आवासीय नेपाली संघ युएईको आयोजनामा सम्पन्न भएको भलिबल प्रतियोगितामा पनि सहभागी भएर प्रथम पुरस्कार हात पार्न सफल भएका थिए । पछिल्लो समय देश तथा बिदेशमा विशाल अत्यन्तै चर्चित भलिबल खेलाडिको रुपमा परिचित रहेका छ्न ।
बिशालको आगमनले कास्की आदर्श समाजको टिम थप मजबुत र बलियो हुने कुरा कास्की आदर्श समाज कतारका कार्यवाहक अध्यक्ष तथा खेलकुद संयोजक अमृत बिश्वकर्माले जानकारी गराउँदै कतारमा रहनु भएका सम्पुर्ण भलिबललाई माया गर्ने दर्शक हरुलाई खेल अवलोकन गरि खेलाडि र नेपालको राष्ट्रिय खेल भलिबललाई माया गर्नको लागि आग्रह गरेका छ्न ।
कतारमा कुनै पनि जिल्ला सँस्थाले राष्ट्रिय भलिबल खेलाडिलाई निमन्त्रणा गरि खेलमा सहभागी गराउनेमा कास्की आदर्श पहिलो जिल्ला सँस्था भएको समेत उल्लेख गरे ।
बिगतमा गैर आवसिय नेपाली संघ कतार तथा सामाजिक अभियान्ता सागर नेपालको पहलमा केही बर्ष पहिला नेपाली राष्ट्रिय भलिबल खेलाडिहरु खेल्नको लागि कतार आएको ईतिहास हामी संग भएता पनि जिल्ला सँस्थाले खेल खेल्नकै लागि राष्ट्रिय खेलाडिलाई कतारमा निमन्त्रणा गर्ने कास्की आदर्श समाज कतार पहिलो सँस्था रहेको र राष्ट्रिय खेलाडी विशाल संगै पछिल्लो समयका अतिनै चर्चित नेपाल भलिबल टिम (उमेर समूह २३ ) का खेलाडी सफल बिश्वकर्मा पनि कतार आउने सम्पूर्ण तयारी भएता पनि अन्तिम अवस्थामा प्रशिक्षणको क्रममा सफल बिश्वकर्मा घाईते हुन पुगेकाले कतार आउन सकेनन । उक्त प्रतियोगितामा कास्की आदर्श टिमले राम्रो प्रदशन गर्ने अपेक्षा समेत गरिएको छ ।