दाङ, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज दाङ शाखाको आयोजनामा नयाँ वर्ष २०८० सालको अवसरमा शुभकामना आदानप्रदान तथा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ।
दाङ शाखाका अध्यक्ष ओम प्रकास खड्काको सभा अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि घोराही उपमहानगर पालिका उप प्रमुख हुमा कुमारी डि सी रहेकी थिईन।त्यसैगरी अतिथिहरूमा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रिय अध्यक्ष डिलाराम वली, दाङ शाखाका प्रमुख सल्लाहकार तथा घोराही उपमहानगरपालिका १४ का निवर्तमान वडा अध्यक्ष शक्तिराम डाँगी, अतिथिहरूमा हार्ड्जोर्नी तथा नशा विशेषज्ञ डा. सबल कृष्ण गैरे, फिजिसियन डा. प्रकाश सुवेदी, नेपाली कांग्रेस नगर सभापति तिलक रावत, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष रमेश वली लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि बुद्धिजीवी व्यापारी समाजसेवी रोल्पाली तथा गैर रोल्पाली दाजुभाई तथा दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो।
दिप प्रज्वलन तथा ब्यानर उद्घाटन पश्चात् शुरु भएको कार्यक्रममा उपस्थित सम्पुर्ण लाई स्वागत मन्तव्यद्वारा दाङ शाखाका कोषाध्यक्ष सुर्य बहादुर भुसालले स्वागत गरेका थिए।त्यसैगरि शुभकामना मन्तव्य राख्नेहरूमा केन्द्रिय सदस्य मनिसा पुन,नेपाली कांग्रेस नगर सभापति तिलक रावत, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष रमेश वली,केन्द्रिय सदस्य टोप बहादुर पुन,डा. प्रकाश सुवेदी,दाङ शाखाका प्रमुख सल्लाहकार शक्तिराम डाँगी लगायतले राखेका थिए।उनीहरुले बोल्दै कार्यक्रममा उपस्थित भईसकेपछि कस्तो किसिमको कार्यक्रम हो भन्ने बिषयमा जानकारी हुनुपर्ने र अन्तिम सम्म बसेर सुन्नु बुझ्नु पर्ने सुझाव दिएका थिए।अहिले विभिन्न नाउँका च्याउसरी संस्था खोलिएको तर कुनै पनि कार्य नगरी यतिक्कै गुमनाम भएका अबस्था छन् तर अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले हरेक गतिबिधि तिब्र गति लिदै मानवीय सेवामा कटिबद्ध रहदै समाजसेवामा समर्पित रहेको छ आगामी दिनमा अझै सशक्त रुपमा अगाडि बढोस भन्ने शुभकामना ब्यक्त गरेका थिए।
कार्यक्रमको बिच बिचमा सांस्कृतिक प्रस्तुतिहरू राखिएका थिए जसले गर्दा दर्शकहरुलाई थप रमाइलो भएको थियो।सांस्कृतिक प्रस्तुति राख्ने कलाकारहरूमा निशा मगर,कल्पना घर्ती,बबिता बुढा लगायत ६ जना कलाकारहरूका दमदार प्रस्तुति रहेका थिए।केन्द्रिय सदस्यमा मनोनित सदस्यहरु र दाङ शाखाका विभिन्न रिक्त पदमा पदपूर्ति गरिएका सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रमका बिशिष्ट अतिथी तथा केन्द्रिय अध्यक्ष डिलाराम वलीले बोल्दै संस्थाका गतिविधि र संस्थाका बारेमा प्रस्ट पारेका थिए।उनले आउँदो वर्षमा विश्वका करिब ५० वटा देशमा समाजको शाखा बिस्तार गर्ने लक्ष रहेको जनाउदै विश्वभरी रहेका रोल्पालीहरुलाई अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज विभिन्न शाखा तथा केन्द्रिय समितिमा आबद्ध रहि समग्र रोल्पा र रोल्पालीको हितको लागि काम गर्नु पर्ने जनाए।अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज कुनै पार्टी ब्यक्त दल गुटको नभई समग्र रोल्पालीहरुको र देश र रोल्पा र रोल्पाली जनताको माया गर्नेहरुको भएकोले सबैले ऐक्यबद्धता जनाएर हातेमालो गर्न आग्रह गर्दै कार्यक्रम सब्यभब्य पुर्ण सफलताको शुभकामना ब्यक्त गरेका थिए।
यसै क्रममा कार्यक्रमका प्रमुख अतिथी हुमा कुमारी डिसीले शुभकामना मन्तब्य राख्दै विश्वका करिब १४ वटा राष्ट्रमा शाखा बिस्तार गरि मानविय सेवा गर्दै साच्चिकै गर्व लाग्दो कार्य गर्दै आएको र यो राज्यले समेत गर्न नसकेको काम यो संस्थाले गर्दै आएको बताईन।घोराही उपमहानगरपालिकाको बिकासका लागि रोल्पालीहरुको पनि ठूलो योगदान रहेको बताईन।समाजले गर्दै आएका गतिविधिहरूको अभिलेख लिखितमै राख्न जरुरी भएकोले किताब छाप्नु पर्नेमा जोड दिएकी थिइन।उनले बोल्दै अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजलाई कुनै पनि साथ सहयोगको लागि आफू कहिल्यै पछि नहट्ने जानकारी गराउदै कार्यक्रमको पुर्ण सफलताको शुभकामना ब्यक्त गरेकी थिइन।
दाङ शाखाका प्रबक्ता घनश्याम गिरीद्वारा सहजीकरण गरिएको कार्यक्रमको अन्त्यमा दाङ शाखाका अध्यक्ष तथा कार्यक्रमका सभा अध्यक्ष ओम प्रकास खड्काले ब्यस्त समयका बाबजुद पनि यो कार्यक्रममा उपस्थित भएर साथ सहयोग गर्नुहुने र प्रत्यक्ष अप्रत्यक्ष रुपमा योगदान पुर्याई कार्यक्रमलाई सफल बनाउनु हुने सम्पुर्णमा धन्यबाद ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए।