दोहा :अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारले रमजानको अवसरमा शुभकामना तथा ईफतार कार्यक्रम सम्पन्न गरेको छ ।
ईस्लाम धर्मावलम्बीहरुको पबित्र महिना रमजान तथा नंया बर्ष २०८०को पावन अवसरमा शुभकामना शनिबार दोहा स्थित कतार च्यारिटीको सभाहलमा कार्यक्रम सम्पन्न गरेको हो।
समाजका अध्यक्ष अजमत अलीको सभापत्तित्व तथा नेपाली राजदूतावासका महामहिम डा:नरेश बिक्रम ढकालको प्रमुख आतिथ्यता रहेको थियो ।
कुरान सरिफको तिलावत वाचन मौलाना मोहम्मद कमरले कार्यक्रमको शुभारम्भ गरेका थिए ।
कार्यक्रममा धर्म गुरु मौलाना नाजिरले रमजानमा रोजा अनिवार्य भएको बताउदै रमजान ईस्लाम धर्मावलम्बीहरुको पाँचौं स्तम्भ मध्य तेसो स्तम्भ भएको बताउदै रमजानको बारेमा बताए ।
कार्यक्रमको सभा हलमा एनआरएनए विभिन्न बैचारिक, धार्मिक दोहामा स्थापित विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु समाजसेवी,बुद्धिजिवी गरि करीब ७५० भन्दा बढी बर्तालुहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा मौलाना गुलाम नबिले नात सरिफको बारेमा बताए । सम्पुर्ण संघ सस्थाको तर्फबाट महिला समाज कतारकी उपाध्यक्ष माया केसीले शुभकामना राखेकी थिइन ।
समाजका वरिष्ठ उपाध्यक्ष अख्तर हुसेनले स्वागत मन्तव्य, मौलाना मोहम्मद सहिदले दुहा मागेका थिए । कार्यक्रममा प्रमुख अतिथी माननिय ढकालले हामी नेपालीहरुले सबै धर्मको एकले अर्काको मान सम्मान, सत्कार गर्ने बताउदै हाम्रो सम्पुर्ण नेपालीहरुको हरेक चाड पर्वमा सबै नेपाली समुदायलाई सधै खुसी देख्न पाईयोस भन्दै खुसी व्यक्त गर्दै सम्पुर्ण नेपालीहरुलाई नयाँ बर्षको शुभकामना व्यक्त गरेका थिए ।
समाजका महासचिव ईक्वाल मिया ले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै संघका अध्यक्ष अजमत अलीले ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानमा हामी सम्पुर्ण नेपाली समुदायको भाईचारा माया सद्भाव कायम रहोस भन्ने बताउदै कार्यक्रमको गरिमा बढाईदिनुहुने सम्पुर्णलाई धन्यवाद प्रकट गर्दै नयाँ बर्षको शुभकामना व्यक्त गरे।