काठमाण्डौ : प्रवाशी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको आयोजना,कला साहित्य तथा सांस्कृतिक विभागको व्यवस्थापनमा नयाँ वर्षको शुभकामना साँझ २०८० कार्यक्रम विभिन्न राष्ट्रिय स्तरका कलाकार तथा साहित्यकारहरूको बेजोड प्रस्तुतिका साथ नेपालमा प्रत्यक्ष र नेपाल भन्दा बाहिर भर्चुअल जुमको माध्यमबाट सभ्य र भव्य रुपमा सम्पन्न भयो ।
शुभकामना साँझ - २०८० कार्यक्रम प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष क. सन्जय थापाको अध्यक्षतामा नेकपा एमालेका श्रद्देय अध्यक्ष जन नेता क. के पि शर्मा ओलि ज्यू को प्रमुख आतीथ्य र नेकपा एमालेका प्रवास विभाग संयोजक क. डा. राजन भट्टराई,नेकपा एमालेका सल्लाहकार पुर्ब मन्त्री क. युवराज कार्की विशेष अतिथि र यहि २०८० साल बैशाख १० गते हुन लागिरहेको उप निर्वाचनका लागि बारा क्षेत्र नम्बर २ का एमालेका उम्मेदवार क. पुरुसोतम पौडेल तनहुँ क्षेत्र नम्बर १ का एमालेका उम्मेदवार क. सर्र्वेन्द्र खनाल, चितवन क्षेत्र नम्बर २ का उम्मेदवार क. राम प्रसाद नौपाने, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सल्लाहकार सदस्य क. भक्त गुरुङ, तथा गैरआवसिय नेपाली संघका कार्यकारी अध्यक्ष बद्री के.सि. अतिथि रहेका थिए ।
नेपाली राष्ट्रिय गान बाट कार्यक्रमको शुरुआत गरिएको थियो भने ज्ञात अज्ञात सहिदहरू प्रती श्रद्धाञ्जली अर्पण गर्दै कार्यक्रम अगाडी बढाईएको थीयो ।
कार्यक्रममा उपस्थित सम्पुर्णलाई प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका उपाध्यक्ष रमेश पाण्डेले स्वागत मन्तब्य दीदैं स्वागत गरेका थीए।
शुभकामना मन्तव्यमा
आसन्न उपनिर्वाचनमा नेकपा ऐमाले का तर्फ बाट सुर्य ध्वजाबाहक उमेदवार क. राम प्रसाद न्यौपाने (चीतवन क्षेत्र नं २ ) पार्टिले आफुलाई विश्वास गरेर उपनिर्वाचनमा अगाडि बढाएकोमा धन्यवाद व्यक्त गर्दै सबैले प्रवासबाट पनी आ-आफ्नो तर्फ बाट सक्दो सहयोग गर्नु हुवे मा वीस्वस्त रहेको बताए । ऊहॅा ले घरदेशमा आ आफ्ना घर परीवार जन ईष्टमीत्र हरुलाई पनी नेकपा एमालेको चुनाव चिन्ह सुर्यमा मतदान गर्न आग्रह र ऊत्साहीत गरेर सहयोग गरिदिनुहुन अनुरोध गर्दै नयाँ बर्ष २०८० साल सबैका लागि उन्नति मुलक बनोस् भन्ने शुभकामना दिनुभएको थियो ।
गैर आवसिय नेपाली संघका कार्यकारी अध्यक्ष बद्री के सि. ले आफ्नो शुभकामना मन्तब्य को क्रममा पार्टी अध्यक्ष क्ष्रद्देय राजनेता के पि शर्मा ओली ले आफ्नो मस्को भ्रमण का क्रममा आफुहरुलाई गैर आवसिय नेपाली संघको आवस्यकता रहेको र प्रवास मा रहेका नेपाली हरुको छाता संगठन को अवधारणा दिनु भएको थियो भन्दै धन्यवाद व्याक्त गरे । साथै सामाजिक सुरक्षा कोषको अवधारणा ढीलै भए पनी प्रारंभ भएको र हाल सम्म ३८००० नेपालीहरू ले आफलाई आवद्ध गरी सकेको तथ्यांक बताउदै गैर आवसिय नेपाली संघ को सदस्यता लिएर संघमा आवद्ध हुन वैदेशिक रोजगारीमा रहनु भएका र प्रवास मा रहनु हुने सम्पुर्णलाई आग्रह गर्नु भयो ।
तनहुँ क्षेत्र नम्बर १ उपनिर्वाचका एमालेका उमेदवार क. सर्र्वेन्द्र खनालले प्रवासी नेपाली हरुले जहीले पनी देश मा परेको आपत बीपत संकट का बेला आवस्यकता पर्दा क्राईसीस म्यानेजमेंट का लागी हर संभव सहयोग पुर्याएको शांती का बेला पनी स्कील ट्रांसफर अनी रेमीट्यान्स पठाएर ठुलो गुण लगाएको स्मरण गर्दै सम्पुर्ण प्र.ने.म अन्तर्राष्ट्रिय कमिटीलाई धन्यवाद दिदै आफू यहि २०८० बैशाख १० गते हुने उपनिर्वाचनमा तनहु क्षेत्र नम्बर २ बाट उठेको हुदा सो क्षेत्र तनहॅु क्षेत्र नं २ का प्रवासमा रहनु हुने सम्पुर्ण लाई आ आफ्नो परिवारजन लाई सुर्यमा मतदान का लागी प्रेरीत गरी दीनु हुन अपिल गर्दै नयाँ बर्ष २०८० को शुभकामना व्यक्त गर्नुभयो ।
नेकपा एमाले पोलिटब्युरो सदस्य बारा क्षेत्र नम्बर २ का उपनिर्वाचनका उमेदवार क. पुरुषोत्तम न्यौपाने ले बारा जील्ला को विकासका लागि एमाले अनिवार्य भएको जनाउदै बारामा भएका विभिन्न विभेदहरूको अन्त्य गर्नका लागि पनि एमालेले जित्नु पर्छ भन्दै आफू यहि २०८० बैशाख १० गते हुने उपनिर्वाचनमा बारा जील्ला नम्बर २ बाट उठेको हुदा सोही एरियाका प्रवासमा रहनु हुने सम्पुर्णका परिवारमा भोटको अपिल गर्दै नयाँ बर्ष २०८० सालको शुभकामना व्यक्त गर्नुभयो ।
नेकपा एमाले प्रवास सम्योजक क. डा. राजन भट्टराईले प्रवासी नेपाली मञ्चले राम्रो संरचना बनाएको र प्रवासमा रहेका सबै नेपालिका हितका लागि काम गरी रहेको बताउदै यहि २०८० बैशाख १० गते हुने उपनिर्वाचनमा पार्टीले उठाएका उमेदवारहरूलाई जिताउन प्रवास बाट पनि अहम भूमिका खेल्न सबैलाई आग्रह गर्दै नयाँ बर्ष २०८० सालको शुभकामना व्यक्त गर्नुभयो ।
प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष जन नेता क. के. पी. शर्मा वलिले बित्न लागेको २०७९ सालमा नेपाल र नेपालिले केहि सफलता हासिल गरे भने केहि नकारात्मक प्रतिकुलताको सामना पनि गर्नु परेको स्मरण गराऊनु भएको थीयो। हाल को पार्ची पंक्ती ले पार्टीलाई बर्वाद पार्न लागेका स्वार्थी तत्त्वहरुबाट पार्टीलाई बचाएर पार्टी लाई घर घर मा टोलटोल सम्म पुराएर पार्टिको अधिवेशन हरु सफल बनाएको बताऊनु भयो । नेकपा एमालेको नारा समृद नेपाल सुखी नेपाली भन्ने नारालाई साकार पार्न सबैले आफ्नो आफ्नो ठाउँबाट लागिपर्नु पर्ने भनी आग्रह गर्नु भयो। Strong National Force को अबधारणा पार्टिको मिसन ग्रास रूट कार्यक्रम तथा टोल टोलमा संगठन घर घरमा सदसस्य कार्यक्रम अबको एमालेको कार्यक्रम रहेको बताउनु भयो।
यहि २०८० बैशाख १० गते हुने उपनिर्वाचनमा पार्टीले उठाएका उमेदवारहरूलाई जिताउन प्रवास बाट पनि अहम भूमिका खेल्न सबैलाई आग्रह गर्दै नयाँ बर्ष २०८० सालको हार्दिक शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रमका अध्यक्ष सन्जय थापाले प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी सधै देश विकासका लागि सहयोग गर्न तयार रहेको जानकारी गराउनु भयो । हाल मा प्रवासी नेपाली मञ्चमा ३ तहको कमिटी अन्तर्राष्ट्रिय कमिटी महादेसिय कमिटी र राष्ट्रिय कमिटी गरेर ३ तहको कमिटी को प्रारुप मा अगाडि बढिरहेको जानकारी दिदै यहि २०८० बैशाख १० गते हुने उपनिर्वाचनमा पार्टीले उठाएका उमेदवारहरूलाई जिताउन प्रवास बाट पनि अहम भूमिका खेल्न सबैलाई आग्रह गर्दै नयाँ बर्ष २०८० सालको हार्दिक शुभकामना व्यक्त गर्दै दोश्रो सेसनको कार्यक्रम संचालन गर्न कला साहित्य तथा संस्कृती विभाग प्रमुख क. सरस्वती के. सि. लाई माइक्रो फोन हस्तान्तरण गर्नु भएको थियो ।
भर्चुअल जुम मार्फत सम्पन्न गरिएको उक्त कार्यक्रममा प्रवासमा रहेका ५०० भन्दा माथी नेपालिहरूको उपस्थित रहेको थियो ।कार्यक्रमको सहजिकरण प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सचिव हेम शेर्पाले गर्नु भएको थियो ।
दोश्रो चरणको कार्यक्रम शुभकामना साझ -२०८० को विस्तृत जानकरी प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी कला सहित्य तथा सांस्कृतिक विभागकी संयोजक सरस्वती के.सि.ले यो कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्ण लाई हार्दिक धन्यवाद दिदै सबैलाई नयाँ बर्ष २०८० को हार्दिक शुभकामना व्यक्त गर्दै सचीव खड्ग नौपानेलाई कार्यक्रम संचालनको जिम्मा दिनुभएको थियो ।
पोखराको फेवातालमा माछापुच्छ्रे छाया ..
जहाँ गएनी यो मुटुमा नेपालकै माया ..
शुभ स्वागतम् ...शुभ स्वागतम् ... शुभ स्वागतम् ..
फूलै फूलहरूले सबैलाई स्वागतम् ..
भन्दै कला साहित्य तथा सांस्कृतिक विभागका सचीव खड्ग नौपानेले कार्यक्रम सुरु गर्नुभएको थियो ।
उक्त कार्यक्रममा जन गायक जीवन सर्माले उपस्थित सबैलाई नयाँ बर्ष २०८० को हार्दिक शुभकामना व्यक्त गर्दै
म हिडेको गाउँको बाटो मुस्कुरायो ..
खन जोत गरेको त्यो पाटो मुस्कुरायो ...
सिमली छाँयामा बसि भरिया लामो सास फेरेको ..
उमेर भै सक्यो असी झन् ठुला दु:खले घेरेको ..
भन्दै गीत गायर सबैलाई मनोरञ्जन दिनु भएको थियो ।
कवि दुर्गा नेपालीले
क्रान्ती कैले रोक्नु हुन्न ।
भन्ने ससक्त कविता वाचन गर्नु भएको थियो ।
जन संगीत कलाकार मञ्चका सदस्य
गायक अमृत खातिले
नयाँ नेपाल बनाउने हाम्रो चाहाना ...
नयाँ बर्षको शुभकामना ...
र
आउ साथी जवजको मार्गमा आउ ..
एकताको संदेश दिन आउ भन्दै आफ्ना २ गीत गाउनुभएको थियो ।
गायक माधब प्रधानले
कहाँको साथी कहाँको सङ्गी घर कता पर्यो हजुर ..
मौकैले गर्दा भेटैमा भयो चिनजानै गरौ हजुर ..
अनि जननेता मदन भन्डारी को शब्द र टीका भन्डारीको संगीत रहेको गीत
गएर भन्देउन नेपालका दिदी र बैनीलाई ..
सारैनै थिचो र मिचो छ नेपाली नारीलाई ...
भन्ने गीतहरू गाउदै नयाँ बर्ष २०८० को हार्दिक शुभकामना दिदै एकदमै जोडदार प्रस्तुति प्रस्तुत गर्नुभएको थियो ।
गायिका पुर्णकला बि.सि.ले
ऐलेको एकदमै चलेको गीत
फूल..
मायामा नभूल ।।
दलित भइ जन्मेको भा बल्ल थाहा हुन्थ्यो ..
चौतारीको लहरे पिपल ओझेल पार्यो बरको छायाले
जिन्दगीमा मलाई २ कुराले ठग्यो
एउटा आफ्नो रूपैले हो अर्को मायाले ...
भन्ने गीतहरू गाउदै नयाँ बर्ष २०८० को हार्दिक शुभकामना दिदै एकदमै जोडदार प्रस्तुति प्रस्तुत गर्नुभएको थियो ।
अर्कि गायिका बन्दना मैनालीले
अकाड फटालके रहियामे
पथर फोडके हिरा निकाल आफ्ने देशके मट्टिमे ...
तथा
ए सहेरी बाबू ....
भन्ने गीतहरू गाउदै नयाँ बर्ष २०८० को हार्दिक शुभकामना दिदै एकदमै जोडदार प्रस्तुति प्रस्तुत गर्नुभएको थियो ।
साहित्य तर्फ
कवि लिलाराज कार्कीले मुल घर नछोड्न अनुरोध गर्दै
स्वागतम् शीर्षकको कविता
स्वागत छ नयाँ बर्षलाई
निदाएका पंछिहरू सबै कराउछन्
सोचे भन्दा बढी मिलोस नयाँ साल भित्र
हातेमालो गर्दै हिडौ सधै साथी मित्र
भन्दै नयाँ बर्ष २०८० को हार्दिक शुभकामना दिदै एकदमै जोडदार प्रस्तुति प्रस्तुत गर्नुभएको थियो ।
गजलकार बिन्दा लामाले
गजल
सत्यवादी एउटा छोरा भूलमा हिडिरहेछ !
माहुरी फोहोरमा झिंगा फूलमा हिडिरहेछ ।।
भन्दै नयाँ बर्ष २०८० को हार्दिक शुभकामना दिदै एकदमै दमदार गजल प्रस्तुत गर्नुभएको थियो ।
प्रभात त्रिपाठीले
गजल
कति लुकाए कति मेटाए इतिहासका साभारहरू !!
हराए सुरुङ युद्धका कथा कथित पहरेदारहरू !!
भन्दै नयाँ बर्ष २०८० को हार्दिक शुभकामना दिदै एकदमै जोडदारका साथ गजल प्रस्तुत गर्नुभएको थियो ।
गजलकार जे. सागर
गजल
युग बदलियो सवाल उहीँ छ !
नारा बदलियो मसाल उहीँ छ !
भन्दै नयाँ बर्ष २०८० को हार्दिक शुभकामना दिदै एकदमै दमदार गजल प्रस्तुत गर्नुभएको थियो ।
कवि खेम सुवेदी
कविता - नयाँ बर्षको शुभकामना
छन्द पन्चचामर
उमङ्ग, जोश साथमा नवीन वर्ष आउँदा
उराठिलो बिदा भयो वसन्त काल छाउँदा
गए झरेर जीर्ण पात पालुवा पलाउँदा
मुनाल नाच्छ कोइली सुरम्य गीत गाउँदा ।१।
भन्दै नयाँ बर्ष २०८० को हार्दिक शुभकामना दिदै एकदमै दमदार कविता प्रस्तुत गर्नुभएको थियो ।
कुन्ती थापा
मुक्तक
नयाँ बर्ष उहीँ हो फूलहरू बदलिएको हेर !
बाटो त्यही हो भूलहरू बदलिएको हेर !!
भन्दै नयाँ बर्ष २०८० को हार्दिक शुभकामना दिदै एकदमै दमदार मुक्तक प्रस्तुत गर्नुभएको थियो ।
अन्त्यमा
प्रेम प्रसाद भट्टराईले
कविता - देशको माया
छन्द पन्चचामर
म जान्छु बार्न साँधमा, नरोक माँ तिमी सधै ।
गुमेछ भूमि देशको, सहेर के बसौं अझै ।
मधेस् पहाड ज्यान हो, हिमाल उच्च माथ हो ।
म देश भक्त भै सधै बचाउ सान देशको ।
भन्दै नयाँ बर्ष २०८० को हार्दिक शुभकामना दिदै कविता प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष सन्जय थापाले कार्यक्रम भर्चुअल मार्फत गरिएको हुनाले सुरुमा केही प्राविधिक गडबडी भएको भएता पनि समग्रमा कार्यक्रम एकदमै सफल र सुन्दर भयो भन्दै कार्यक्रम सफल बनाउन खट्नुहुने र सहयोग गर्नु हुने सबैलाई एकमुष्ट धन्यवाद दिदै र सबैलाई नयाँ बर्ष २०८० सालको हार्दिक शुभकामना व्याक्त गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।।