दोहा, कतार : नेपाली जनप्रगतिशिल मञ्च कतारको आयोजनामा बृहत इफ्तार कार्यक्रम सम्पन्न भएको छ ।
मुस्लिम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसरमा मञ्चले बुधबार साझ इफ्तार कार्यक्रम गरेको हो ।
कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघका उपाध्यक्ष आरके शर्माले नेपालमा आफैमा बहुजातीय र बहु भासी समुदाय मिलेर बसेको देश भएकोले सबैले एक अर्काको धर्म र सस्कारको सम्मान गर्दे आएको बताउनुभयो ।
प्रवासमा रहेर पनि आफ्नो देशको धर्म र सस्कृती जगेर्ना गर्दे आपसी भाइचारा स्थापित गर्न गरिने कार्यक्रमले नेपाली बिचमा आत्मीयता बढाउने बताउनुभयो ।
उपाध्यक्ष शर्माले रोजगारीको लागी प्रदेश जानै पर्ने बाध्यतालाई तोडन राज्यले जलविद्युत उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । विश्व बजारमा पेट्रोलियम पदार्थको विकल्पमा विद्युतको ब्यापक प्रयोग भैरहेको भन्दै नेपालले पनि यत्तिकै खेर गइरहेका खोलानाला बाट जलविद्युत उत्पादन गर्नुपर्ने बताउनुभयो ।
शर्माले गैर आवासीय नेपाली संघको निरन्तर प्रयासले वैदेशिक रोजगारीमा रहेकालाई आइपियोमा प्राथमिकता साथै सरकारले सामाजिक सुरक्षा कोष शुरु गरेकोले त्यसो सदुपयोग गर्न अनुरोध गर्नुभयो ।
रोजा राख्नुको अर्थ र रमजान महिनाको महत्त्व बारे नेपाली जनप्रगतिशिल मञ्च कतारका सल्लाहकार प्रोसेर रमजान मियाले जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा दोहामा स्थापित सम्पुर्ण संघ सस्थाको प्रतिनिधित्व गर्दे गैर आवासीय नेपाली संघ रास्टिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा इस्लाम धर्म गुरुहरु इसहाक नदवी, अख्तर गफुर अमद, सफिजान नदवीले इस्लाम धर्मको बारेमा विभिन्न जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा नेपाली जनप्रगतिशिल मञ्चका अध्यक्ष बुद्धि प्रसाद भण्डारीले आफ्नो पार्टी सदैव सबै जात जाति र धर्मको सम्मान गर्दै उनीहरुको अधिकारको लागी लडेर आएकोले नै गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशी सहभागीता सम्भव भएको बताउनुभयो ।
दोहामा स्थापित विभिन्न सामाजिक संघ सस्थाको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा मञ्चका उपाध्यक्ष एवं मधेस तथा मुस्लिम विभाग प्रमुख सद्दाम हुसेनले स्वागत गर्नुभएको थियो भने महासचिव महामुद कार्कीले सन्चालन गर्नुभएको थियो ।