काठमाडौ - गोकर्णेश्वर नगरपालिका वडा ९ स्थित भगवती युवा क्लबद्वारा आयोजित विविध खेलकुद प्रतियोगिताको आज समापन गरिएको छ।
क्लबको १७ औ वार्षिकोत्सबको अवसरमा विविध खेलहरु: ब्याडमिन्टन,कराँते,ह्विल चेयर प्रतियोगीता,एकल महिला कदर कार्यक्रम,फुटसल प्रतियोगिता तथा हाप म्याराथन लगायतका प्रतियोगिताहरूको गत चैत्र २५ गते देखि शुरु गरि आज समापन गरिएको हो।
समापन कार्यक्रमको सभा अध्यक्ष भगवती युवा क्लबका अध्यक्ष अस्मिता श्रेष्ठ रहेकी थिइन। कार्यक्रमको प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य माननीय सांसद सन्तोष चालिसे रहेका थिए।विशेष अतिथिहरुमा गोकर्णेश्वर नगर प्रमुख दिपक कुमार रिसाल, उपमेयर सान्नानी लामा, वडा नं ९ का वडा अध्यक्ष राजिव थापा रहेका थिए ।त्यसैगरी अतिथिहरूमा वडा सदस्यहरु श्रीकृष्ण कारञ्जित,उमेश चालिसे,लक्ष्मी देबि गुरुङ,गमला कुमारी परियार लगायत स्थानिय खेलकुद प्रेमी बुद्धिजीवी पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको थियो।
भगवती युवा क्लब गोकर्णेश्वर नगरपालिका वडा ९ शंखडोलको आयोजनामा गत चैत्र २५ गते देखि शुरु भएको विभिन्न प्रतियोगिता अन्तर्गत फुटबल प्रतियोगितामा बिग सुट युनियन क्लब प्रथम स्थान, भगवती युवा क्लब दोस्रो स्थान हासिल गर्न सफल भएको छ।त्यसैगरी ह्वील चियर रेसमा महिला तर्फ प्रथम स्थानमा रजनी राई,द्वितीय स्थान पेमा गुरुङ र तृतीय शुसिला शाहीले प्राप्त गरेकी छिन।त्यसैगरी पुरुष तर्फ प्रथम स्थान रमेश खत्री, द्वितीय स्थान बिष्णु कुमार श्रेष्ठ र तृतीय स्थानमा राम काजी मिजारले प्राप्त गरेका छन।
यसैक्रममा ब्याड मिन्टन (सिनियर) टिम अन्तर्गत प्रथम स्थान जस कुमार राई र जय राम आचार्य,दोस्रो स्थानमा देव लाल श्रेष्ठ र धन बहादुर श्रेष्ठ ,तेस्रो स्थानमा श्री कृष्ण कारञ्जित र सुमन लामाले प्राप्त गरेका छन। त्यसैगरी वेस्ट टिममा विनोद राई र नवीन खड्का ,बेस्ट खेलाडीहरु मोहन कृष्ण श्रेष्ठ र उदयमान खेलाडी शुशिल तामाङ रहेका छन।यसैक्रममा (जूनियर) तर्फ प्रथम स्थानमा केदार प्रसाद दवाडी,लक्ष्मी कुमार श्रेष्ठ,दोस्रो स्थानमा।सुमन ताम्राकार,वीरेन्द्र केसरी राई र तेस्रो स्थानमा।मोहन कृष्ण श्रेष्ठ,विकेश श्रेष्ठ रहेका छन।वेस्ट टीम संजीव कार्की , कार्गेल लामा र वेस्ट खेलाडी सम्झन पोखरेल उदयमान खेलाडी हरिदास श्रेष्ठ रहेका छन।
त
विविध खेल अन्तर्गत कराते प्रतियोगीतामा प्रथम स्थानमा बालबाटिका डोजो,दोस्रो स्थानमा बौद्ध डोजो र तृतीय स्थानमा सुन्दरीजलले प्राप्त गरेको छ।कार्यक्रममा करिब ४९ जना एकल महिलाहरुलाई नगर प्रमुख दिपक रिसाल र उप प्रमुख सान्नानी लामाद्वारा दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो।
कार्यक्रमको अन्त्यमा सभा अध्यक्ष अस्मिता श्रेष्ठले क्लबको १७ औ वार्षिकोत्सबको अवसरमा आयोजित कार्यक्रम सभ्य अनि भब्य रुपमा समापन भएको भन्दै यो कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनुहुने सम्पुर्ण मा धन्यबाद ब्यक्त गर्दै समापन भएको घोषणा गरेकी थिईन।