काठमाण्डौ, गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालको हातबाट रिबन काटेर अधिकारिक रुपमा सेवा प्रदान गर्ने गरि उदेश्यले शाखाको उद्घाटन गरिएको छ|
कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नवराज लामा, नगर प्रमुख दिपक कुमार रिसाल, गोकर्णेश्वर नगरपालिका नगर प्रमुखका प्रमुख राजनीतिक सल्लाहकार तथा नेपाली काँग्रेस नगर समिति सभापति कुमार लामा,वडा सदस्यहरु,बुद्धिजीवी लगायत स्थानीय दाजुभाई तथा दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो।
“दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता” भन्ने उदेश्यका
काठमाडौँको नयाँ बानेश्वरबाट सुरु भएको समाज डेण्टलको शाखाहरु बानेश्वर ,जाउलाखेल ,बिपि अस्पताल ,राधेराधे भक्तपुर ,सनसिटि पेप्सिकोला , बसुन्धरा चौकी , बनेपा र गठाघर भक्तपुरमा समेत रहेको थियो भने समाजको स्थापनाको २३ औं वार्षिक उत्सवको अवसरमा बौद्ध – जोरपाटीबाट पनि सेवा दिने हेतुले शाखा बिस्तार गरिएको हो।
सम्पुर्ण सेवाहरुमा ५०% छुट र बाँकी चैत्र महिना र बैशाख महिना भरि १५ % छुट दिने जानकारी हस्पिटलका प्रबन्धक सबिन घिमिरेले बताएका छन।
करिब २३ बर्ष देखि दाँत तथा मुख सम्वन्धी रोगको उपचार गर्दै आएको समाज डेन्टल हस्पिटलले ऐतिहासिक धार्मीक, सांस्कृतिक शहर बौद्ध जोरपाटी क्षेत्रमा पनि आफ्नो सेवा विस्तार गरि यहाँका स्थानियहरुको न्युनतम शुल्कमा गुणस्तरीय सुबिधा दिन पाएकोमा प्रबन्धक घिमेरेले खुशी ब्यक्त गरेका छन।