दोहा : गैर आवासीय नेपाली संघ, आइसिसिका पुर्व उपाध्यक्ष तथा सामाजिक अभियान्ता सागर नेपालले एनआरएनए संस्था बाट प्रवासका नेपाली समुदायलाई बिभाजित गराइएकोमा आक्रोश पोखेका छ्न ।
दोहाको एक कार्यक्रममा बोल्दै अभियान्ता नेपालले एनआरएनए एउटा संस्था मात्र नभएर एउटा अभियान हो । तर अहिले एउटै नाम, एउटै लोगो, एउटै नारा, एकै लेटरप्याडमा एकै देशमा दुईवटा संस्था हुँदा आफ्नै परिवार टुट्नु भन्दा धेरै पीडा भएको बताए ।
डा. उपेन्द्र महतो,शेष घले, जिवा लामीछाने, भिम उदास जस्ता व्यक्तीहरुले एनआरएनएको परिकल्पना गरे, तर उहाँहरु रेड कार्पेटमा नेपाल जानुपर्ने व्यक्तित्वहरु आज कहिँ न कहिँ नाममा, झुन्डमा बिभाजित बने । हामी कतार, दुबई, मलेसिया,अमेरिका वा बहराइन जहाँ छौ उहाँहरुको के स्वार्थ पुगेन र हामिलाई बिभाजित गराईयो? भोलि कहिँ कतै स्वार्थ मिल्यो भने हामी छता छुल्ल हुन्छौं।
अभियन्ता नेपालले पहिला आफुलाई चिनाउने कि समुदायलाई उनले प्रश्न गरे?नेपाली राजनितीको खिचातानी जस्तै आफुतिर भए राम्रो तर टाढा भए त्यही मान्छे सबै भन्दा नराम्रो हुने हाम्रो मानसिकता छ त्यसको अन्त्य हुनुपर्छ उनले भने।नराम्रो जस्ले गरे पनि नराम्रै हो तर राम्रो शत्रुले गरेपनी राम्रो हो।
उनले थपे मैले कहिँ न गल्ती गरेको छु, एनआरएनको सुरुवात गर्नुनै गल्ती हो भने सबैभन्दा पहिले आफू सजाएको भागिदार बन्ने बताए । आफ्नै माध्यम बाट ९,१० देशमा एनआरएनए गठन गरिएको छ । यो समाज, तपाई र हाम्रो हो, यस्लाइ परिचीत गराउने क्रममा म परिचीत हुने कि समाजलाई परिचित गराउने कुरा महत्वपुर्ण रहेको छ ।
दोहाको समुदायको निर्णय गर्ने अधिकार यहिका नेपालीहरुलाई छ। यसलाई एकताको सुत्रमा बाढ्न, कस्ले कति छोड्नुपर्ने हो सल्लाह गरेर अगाडि बढ्न अनुरोध गर्दै आफ्ना महत्त्वपूर्ण भनाइ हरु राखेका थिए ।