गजल - १
देशलाइ अचानो बनाएर निदान खोज्छन,
सबैले आफ्नै समस्या समाधान खोज्छन।
मजदुर देशभक्ति नारा लगाउँछन् बिदेमा,
नेताहरू कमिसनपाए अफसान खोज्छन्।
भन्छन् देशलाई अमेरिका बनाउँछौ हामी,
नेता जनतालाई भुलाउँने उखान खोज्छन।
पुर्खौली बारि सबै बाँजो छ पोत तिरेकैछौँ,
उत्पादनछैन छोरा छोरी जापान खोज्छन।
मुटुपिरो हुन्छ सही नसक्नु छ आज भोली,
केभनौँ याहाँ सबैले मान सम्मान खोज्छन।
गजल-२
बाहिर भन्दा पनि भित्र क्रान्तिकारी लड्नुपर्छ,
आफु सँग र मोर्चा सँग गरेर तैयारी लड्नुपर्छ।
हाम्रो मन मष्तिकमा घरनै जमायो पुँजिवादले,
त्यसैको लागी आफ्नैभित्र बारिबारी लड्नुपर्छ।
क्रान्ति गर्नुछ भने आउ नभागौल र डटेर लडौं,
आफु भित्रकै स्वार्थलाई निर्मूलपारी लड्नुपर्छ।
छन् आफुलाई क्रान्तिका दुत भनौदाहरू याहाँ,
उनिहरूको नकाब जनतामा उतारी लड्नुपर्छ।
भन्नु जस्तै सजिलो छैन आफै सँग लड्नु साथि,
ठुलो शङ्घर्ष गर्नैपर्छ मन मारी मारी लड्नुपर्छ।
जहाँ गएपनि शामन्ति अवशेष जिवितनै होला,
क्रान्तिकारी त्यो सँग कहिल्यै नहारी लड्नुपर्छ।
गजल-३
केही लोभ थियो त क्रान्तिको रहर थियो,
आफ्नो जिन्दगी शङ्घर्षकै सफर थियो।
पढियो महाँन दार्शनिकको जिवनी लाई,
उनिहरूकै आस्था थियो अनी भर थियो।
गर्यौं चार दशक सम्मनी समाजिक सेवा,
त्यो आफ्नो स्कुल थियो अनि घर भियो।
बिभिन्न खाले मानिस भेट्टिन्छन् सफरमा,
तरपनि केहि त कामकै पनि कदर थियो।
जिवनभरी आफै सँग शङ्घर्ष गर्नुपर्दछ,
कसैले नराम्रो नभनोस् भन्ने नै डर थियो।
प्रसन्न थियौँ क्रान्तिको मूल फुट्छ भनेर,
सांच्चै अगाडीहेर्दा त सुकेको बगर थियो।
गजल-४
देशको सम्पती बिक्छ कानोकान खबर हुँदैन,
हिंजो खोला हिंड्ने ठाउँमा आज बगर हुँदैन।
पुर्खौली पाटो बेच्यो युवाले बिदेश जानलाई,
देश बिहिन हुँने त कसैलाई पनि रहर हुँदैन।
भर्खर जस्तै लाग्छ टुटेको चप्लमा थियो त्यो,
आज देशमा उस्को जस्तो अरूको डर हुँदैन।
देशको अबस्था डांवाडोल छ कुनबाटो छोपौँ,
खाडी की राजनीति भन्दा आर्को डगर हुँदैन।
हिँजो बा आँमाले झुट नबोल्नु भनी सिकाउँथे,
आज ढांट,छल नगर्नेहरूको कत्ति कदर हुँदैन।
भिख मागेर खान्छ त्यो भन्दै कत्ति नगर्नु हेला,
सग्लो छ कुनदिन देशको नेता बन्छ भर हुँदैन।
सुरेशकुमार पान्डे
घोराही ,१८ दाङ