काठमाडौ - गोकर्णेश्वर नगरपालिका वडा ९ स्थित भगवती युवा क्लबद्वारा विविध खेलकुद प्रतियोगिताको एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ।

क्लबको १७ औ वार्षिकोत्सबको अवसरमा विविध खेलहरु: ब्यडमिन्टन,कराँते,व्हिल चेयर प्रतियोगीता,एकल महिला कदर कार्यक्रम,फुटसल प्रतियोगिता तथा हाप म्याराथन लगायतका प्रतियोगिताको आज उद्घाटन गरिएको हो।

गोकरणेश्वर खेलकुद विकास समितीका अध्यक्ष संजय लामाको संयोजकत्व, भगवती युवा क्लबका अध्यक्ष अस्मिता कारञ्जितको सभाअध्यक्षता तथा नगर प्रमुख दिपक कुमार रिसालको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा विशेष अतिथिहरुमा उपमेयर सान्नानी लामा, वडा नं ९ का वडा अध्यक्ष राजिव थापा रहेका थिए ।त्यसैगरी अतिथिहरुमा वडा सदस्यहरु श्रीकृष्ण कारञ्जित,उमेश चालिसे,लक्ष्मी देबि गुरुङ,गमला कुमारी परियार लगायत स्थानिय खेलकुद प्रेमी बुद्धिजीवी पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै बिशेष अतिथी सान्नानी लामाले भगवती युवा क्लबले आउदै गरेको यो सानो ब्याडमिन्टन हलमा थुप्रै खेलकुद प्रतियोगिता भैइरहेका छन।यहाँनेर गोकर्णेश्वर नगरपालिका मात्र नभाऐ महानगरपालिका,बुढानिलकण्ठ नगरपालिका लगायतका बिभिन्न क्षेत्रबाट प्रतियोगिता सहभागिता हुने गर्दछ जसले यहाँबाट खेलाडी उत्पादन गर्ने कार्य सह्रानिय छ।यो कदमको लागि भगवती युवा क्लबलाई धन्यबाद ब्यक्त गर्दै सहि कार्यको लागि राजनितीक रुपमा कुनै पनि बिबाद नरहेको स्पष्ट पारेकी थिइन। त्यसैगरी प्रमुख अतिथी तथा मेयर दिपक रिसालले खेलकुद क्षेत्रमा नगरपालिकाले ठूलो लगानी गरेको थियो जसको परिणाम अहिले निस्किदै गरेको बताए।नगरपालिका भित्र रहेका विभिन्न क्षेत्रमा खेलकुद बिकासका लागि ठूलो रकम बिनियोजन गरिएको बताउदै खास गरि यहाँ युवाहरुलाई स्वस्थ,अनुशासन र कुलतबाट मुज्ग गराउनुका साथै अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्ने उदेश्य रहेको बताए।मेयर रिसालले यहाँको खेलकुद बिकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

कार्यक्रमको अन्त्यमा सभाअध्यक्ष अस्मिता कारञ्जितले उपस्थित सम्पुर्णलाई धन्यवाद ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरेकी थिइन।

युवा क्लबको १७ औ वार्षिकोत्सबको अवसरमा आयोजना गरेको यो प्रतियोगिताले खेल क्षेत्रमा ठूलो भुमिका निर्बाह गर्ने बताउदै आज उद्घाटन भई करिब पाँच दिन पछि मात्र समापन हुने खेलकुद संयोजक संजय लामाले मुग्लानी खबरलाई जानकारी दिएका छन।