काठमाडौ, राष्ट्रिय स्वतन्त्र पार्टीको टिकट लिएर तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन लड्न लागेका स्वर्णिम वाग्लेले आफू छोटो अवधिमा द्रुत गतिमा नेपाल बनाउने महाअभियानमा होमिएको हु,पछाडी फर्किन नजानेको बताएका छन।
बसुन्धरास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफूहरू छोटो अवधिमा नेपाललाई द्रुत गतिमा बत्ताएर अगाडि बढाउने महाअभियानमा लागेको बताउदै छोटो समयमा नेपाललाई बत्ताएर सम्मान योग्य मिडल इनकम राष्ट्र बनाउने, दीगो विकासका लक्ष्यहरूलाई परिपुर्ति गर्ने, आइरहेका विभिन्न जटिलताहरू भूराजनीति, जलवायुसँग सम्बन्धी, अनियमित संरचनात्मक रूपान्तरणका कुराहरू छन्,’ उनले भने, ‘नयाँनयाँ प्रविधिका धक्काहरू, टेक्नोलोजीका थ्रस्टका कुराहरू, यी सबैलाई व्यवस्थापन गरेर परिपक्व राजनीतिक अभ्यास, विज्ञहरूको सरसल्लाहमा जनताबाट अनुमोदित भएर एउटा नयाँ राजनीतिक युग हामी सुरू भन्ने संकल्प सहित राजनितीमा होमिएको उनले बताएका थिए। डा. स्वर्णिम वाग्लेले यस्तै नयाँ राजनीतिक युग सुरू गर्ने संकल्प लिएर आएको पनि उनले बताएका छन्।
आजैदेखि नयाँ महाअभियान, नेपाल बनाउने महाअभियान, छोटो अवधिमा द्रुत गतिमा नेपाल बनाउने महाअभियानमा हामी होमियौं। त्यो घोषणा म यहाँबाट गर्न चाहेँ,’ उनले भने। उनले नेपाली कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका हुन्।
आउदो उपनिर्बाचनमा रास्वपाबाट तनहुँ क्षेत्र नम्बर १ मा स्वर्णिम वाग्ले, चितवन क्षेत्र नम्बर २ मा सभावति रवि लामिछाने र बारा क्षेत्र नम्बर २ मा रमेश खरेलले उम्मेदवारी दिने भएका छन भने पत्रकार सम्मेलनका बिच टिकट समेत बितरण गरिएको थियो।RSS