तिलविक्रम थेवे–पत्रकार
दोहा कतार
गत २६ मार्च २०२३ मा सम्पन्न भएको युमा साम्यो महासभा अन्तराष्ट्रिय समन्वय समिति (युसाअसस) को दोस्रो अधिवेसनबाट अध्यक्षमा दिलसिङ मेन्याङबो–युके सर्वसम्मत निर्वाचित भएकाछन् ।
मेन्याङबोको अध्यक्षतामा भरत केदेम–मलेसिया बरिष्ठ उपाध्यक्ष, धनराज साम्याङखाम–केएसए उपाध्यक्ष, हिमाल याक्थुङ–जर्मनी उपाध्यक्ष, नाजम मान तवेबुङ–युके उपाध्यक्ष, योगेन माखिम–कतार उपाध्यक्ष, घनेन्द्र चेम्जोङ–कतार उपाध्यक्ष, दिपेन चोम्जोङ–युएई उपाध्यक्ष र भीम सावदेन–मलेसिया निर्विरोध निर्वाचित भए ।
यसैगरी महासचिवमा सुमन एक्तेन केसाङला–मलेसिया, सचिवमा तिल विक्रम थेवे –कतार र सहसचिवमा श्रीमती सानु सुव्बा–युके सर्वसम्मत निर्वाचित भए भने ।
प्रवक्ता,मिडीया सचिव अमित थेवे–युके, कोषाध्यक्ष उत्तरहाङ महरेसङ लिङखिम–ब्रुनाई र सहकोषाध्यक्ष दिनेश लङवा–ब्रुनाई निर्वाचित भएकाछन् । कार्यसमिति सदस्यहरुमा मछिन्द्र मुदेङछङ साँवा–सिंगापुर, बिकेन पालुङवा–केएसए, प्रेम आङबुहाङ–कतार, विष्णु केदेम–कतार, गोविन्द लुङफुङवा–युएई, विक्रम पङयाङगु–जर्मनी, सञ्चमान जबेगु–जर्मनी, पर्शुहाङ याक्थुङ–केएसए, हरिभक्त आङबुहाङ–युके, अमीर मेन्याङ्बो –हङकङ, जितेन साम्याङखाम–हङकङ र नइन्द्र तावाहाङ–केएसए सर्वसम्मत निर्वाचित भएकाछन् ।
यसअघि जुम भर्चुयल मार्फत सम्पन्न भएको दोस्रो अधिवेसन युसाअससका अध्यक्ष नरेन्द्र माबोहाङको अध्यक्षता र महासचिव धनराज साम्याङखामको संचालनबाट अघि बढेको दोस्रो अधिवेसनको उदघाटन सत्रका प्रमुखअतिथि युमा साम्यो महासभा नेपालका अध्यक्ष देवेन्द्र वनेमले अधिवेसनको शुभकामना मन्तव्य दिदै संस्थागत उद्देश्य प्राप्तीको, याक्थुङ समुदायको समग्र सामाजिक, मौलिक सांस्कृतिक संरक्षण विस्तार, विकास र समृद्धीको लागि युमा साम्यो निकै गतिशिल र सक्रिय रुपमा काम गरिरहेको छ र यसरी नै देश विदेशबाट समन्वय र सहकार्य गर्दै जादा आगामी दिनमा ठुलो फडको मार्न सकिने बताए । युमावादीहरु एकजुट र एक ढिक्को हुनुपर्ने आजको पहिलो प्राथमिकता रहेको औल्याउदै यो अभियानमा अनेक कुना र अनेक शैलीबाट घेरावन्दीमा पार्दै ल्याउने प्रवृति हावी हुदै आइरहेको हुनाले हामी याक्थुङ जातीको भाषा लिपि संस्कार संस्कृति, मौलिकता, मुन्धुम मुन्धुमस्थलहरुलाई जोगाउनुपर्ने दरो चुनौती रहेकोतर्फ सचेत गराए । धरानमा निर्माण गरिन लागेको सावा येत्हाङ पाङफेको लागि देशविदेशको सहयोग र सहकार्यको लागि अपिल गर्दै ऐतिहासिकस्थल निर्माण गर्नेकाममा कम्मर कसेर लागेको बताउदै वर्तमान र आगामी पुस्ताले याक्थुङ जातीको मौलिकता र इतिहासलाई अध्ययन गर्न ठुलो सहयोग पुग्ने बताए ।
विशेष अतिथी प्राध्यापक बालकृष्ण माबोहाङले अव सिरिजङगा लिपि भाषाको संरक्षण गर्न याक्थुङ पानलाई प्राथमिकता दिदै यसमा जोड दिन र दिन लगाउनुपर्ने, सानातिना विवादहरुलाई सल्टाउदै बस्तुगत कुराहरुमा केन्द्रित भएर संस्था अव अगाडी बढनुपर्ने बताए । यसका लागि तेह्रथुममा बनिएको चोत्लुङ पार्क होस् या धरानमा निर्माण हुन लागेको सावा येत्हाङ पाङफे होस् यी सवै बस्तुगत रुपमा आफनै आँखाले ऐतिहासिक विरासतलाई झल्झली देख्न सक्ने एउटा सुनौलो समय आउनेमा आफु विश्वस्त रहेको बताउदै सवै कुराको ऐतिहासिक यथार्थपरक खोज अनुसन्धान र परिभाषाहरु सामुन्ने आउदै जानुपर्ने बताए ।
लालीगुँरास नगरपालिका तेह्रथुमका मेयर अर्जुनबाबु माबोहाङले अधिवेसनको शुभकामना दिदै याक्थुङ जातीहरु सावा येत्हाङहरुका सन्तान भएको हुनाले मौलिकता र पितापुर्खाको थातथलोको सरक्षण गर्दै त्यसको बस्तुगत संरचनाहरुको निर्माण गर्दै जनुपर्ने बताए । यसका लागि याक्थुङ जातीहरुको अग्रसरता नै पहिलो दायित्य हुनुपर्ने बताए ।
ग्लोवल नेटबर्क तथा हिमालयन याक्थुङङ कल्चरल स्टडीज (हयाक्स) का संस्थापक डा.मारोहाङ खवाहाङले अधिवेसनकोशुभकामना दिदै याक्थुङ जातीहरु सचेत हुनुपर्ने वेला आएको बताउदै जागरण र मौलिकताको संरक्षण र समृद्धीमा अब ढीला नगरी लागी पर्नुपर्ने बताए । व्यक्तिगत इगो, बेमनस्यताबाट बलि माथि उठेर धार्मिक,सांस्कृतिक सामाजिक सहिष्णुता कायम राख्दै अलि फराकिलो मानसिकतामा सवैलाई समेटदै वृहत हातेमालो गर्नु आवश्यक रहेको बताए ।
नेपालबाट अधिवेसनको सफलताको शुमकामना दिने अन्य विशेष अतिथिहरु युमा साम्यो महासभा नेपालका बरिष्ठउपाध्यक्ष लक्ष्मण मेन्याङबो, महासचिव डा. रमेश के इजम, विदेश विभाग प्रमुख विरन इजम, याक्थुङ चुम्लुङ ताप्लेजुङका अध्यक्ष हाङमाया लेछर्बो साथै प्रवासस्थित सम्पुर्ण प्रवास युमा साम्यो महासभाको तर्फबाट युमा साम्यो महासभा युकेका अध्यक्ष दिल पालुङवा, तुम्याहाङ लोकेन्द्र तवेवुङ, युमा साम्यो कतारका उपाध्यक्ष विनिता मादेन, उपाध्यक्ष घनेन्द्र चेम्जोङ, हङकङका अमीर मेन्याङबो, साउदीका अध्यक्ष विकेन पालुङवा लगायत रहेका थिए ।
कोषाध्यक्ष र महासचिवले कोष र संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए भने सो प्रतिवेदन सर्वसम्मत पारित भएको थियो ।
संयोजक लोकेन्द्र तवेवुङ, सचिव तिलविक्रम थेवे र सदस्य कमल अङछङबो रहेको निर्वाचन समितिले बन्दसत्रमा सर्व सम्मत निर्वाचित कार्यसमितिको घेषण गरेको थिो भने निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिको संयोजक लोकेन्द्र तवेवुङले सपथ ग्रहण गराएका थिए ।
विभिन्न कार्ययोजनाहरु माथि विस्तृत विमर्ह राय सल्लाह सुझाव संगै आगामी दिनमा वृहतरुपमामा संस्थागत विकास गर्दै लैजाने संकल्प समेत अधिवेसनले गरेको छ ।