काठमाण्डौ, महिनावारी महिलाहरुमा हुने एक नियमित र प्राकृतिक प्रक्रिया हो । छुइहुने, परसर्ने, नछुने हुने, महिनावारी हुने, पिरियड वा मिन्स हुने आदि नामले यो प्रक्रियालाई जानिन्छ ।
करिब १२/१३ वर्षदेखि ४५ वर्षसम्मका महिलालाई हरेक महिना महिनावारी हुने गर्दछ । पाठेघरमा हुने विकारलाई रगतको माध्यमबाट बाहिर निकाली पाठेघरलाई सधैँ सुरक्षित राख्ने प्राकृतिक प्रक्रिया नै महिनावारी हो ।
१. धेरै एक्सरसाइज नगर्ने
महिनावारी भएको बेला धेरै एक्सरसाइज गर्नु हुँदैन । कडा खालका एक्सरसाइजहरु जस्तैः जिम जाने, धेरै दौडिने, योग गर्ने, भारी सामानहरु उठाउने वा शारीरिक बल पर्ने खालका कुनै पनि काम गर्नु हुँदैन । यसो गर्दा शरीरको ब्लड प्रेसर बढ्न जान्छ । जसबाट रक्तश्राव ९ब्लिडिङ० बढ्न जान्छ । तर यो समयमा हल्का एक्सरसाइज भने गर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।
२. एउटै प्याड धेरै समय प्रयोग नगर्ने
महिनावारीको बेला आफूलाई सुरक्षित र सफा राख्नु जरुरी हुन्छ । त्यसका लागि प्याडको प्रयोग गर्छौँ जसले गर्दा शरीरका अन्य भाग, लुगा वा अन्य बस्ने ठाउँमा रगत नलागोस् । तर हाम्रो बानी के छ भने बिहान प्याड लगाएर निस्किएपछि एकै पटक बेलुका घर पुगेर मात्रै चेन्ज गर्ने । यो खराब बानी भएको चिकित्सकहरुले बताएका छन् । कम्तिमा पनि ३ वा ४ घण्टामा प्याड परिवर्तन गर्नै पर्ने हुन्छ । यसो नगर्दा व्याक्टेरियल इन्फेक्सनको खतरा रहन्छ । साथै सोही अवधिमा सफा पानी वा साबुन पानीले योनीलाई नियमित सफा पनि गरिरहनु पर्दछ ।
३. व्रत नबस्ने
महिनावारीको बेला रक्तश्रावका कारण त्यसै पनि शरीर कमजोर भइरहेको हुन्छ । शरीरले आवश्यक मात्रामा भिटामिन र मिनरल्सको माग गरिरहेको हुन्छ । यही बेलामा व्रत वा उपवास बस्ने हो भने शरीरलाई गम्भीर असर पर्दछ । त्यसैले यो अवधिमा कहिले पनि भोको पेट बस्ने वा व्रत लिने गर्नु हुँदैन ।
४. राती लामो समय नबस्ने
यो अवधिमा शरीरले धेरै भन्दा धेरै आराम खोजेको हुन्छ । त्यसैले पर्याप्त सुत्नु जरुरी हुन्छ । यो बेला करिब ८ घण्टा नियमित सुत्ने गर्नु पर्छ । राती धेरै बेर बस्ने, बिहान चाँडै उठ्ने गर्दा शरीरले आराम पाउँदैन र विभिन्न किसिमका समस्याहरु देखापर्दछन् जस्तै, टाउको दुख्ने, शरीर दुख्ने, पेट दुखाई बढ्ने आदि । त्यसैले यो अवधिमा पर्याप्त मात्रामा शरीरलाई आराम दिनु जरुरी छ ।
५. ज्यादा काम नगर्ने
यो अवधिमा शरीर कमजोर बन्ने गर्दछ । त्यसैबेला धेरै तनाव लिने, लामो समयसम्म काम गर्ने वा धेरै कठिन काम गर्ने गर्दा शरीरलाई गम्भीर असर पर्दछ । जसका कारण पेट बढी दुख्ने, कम्मर दुख्ने समस्या देखापर्न सक्छ । ६. केमिकल्सहरु प्रयोग नगर्ने महिनावारीको बेला त्यसै पनि इन्फेक्सन बढ्ने खतरा रहन्छ । यो बेला अन्य कडा खालका केमिकल्सहरु प्रयोग गरेर योनी धुने वा दुखाईमा मालिस गर्ने गर्नु हुँदैन । जसले दुखाई र इन्फेक्सनको मात्रा झन बढाउँछ । त्यसैले यो बेला सफा पानी वा केमिकल्स रहित साधारण साबुनहरुको मात्रै प्रयोग गर्न सकिन्छ ।
७. फास्टफुड वा जङ्कफुड नखाने
यो बेला शरीरलाई अधिक मात्रामा भिटामिनको जरुरत पर्दछ । त्यसैले शरीरलाई आवश्यक पर्ने भिटामिन युक्त खाना मात्रै खाने गर्नु पर्दछ । सेन्डविच, पिज्जा, वर्गर, चिप्स, चाउचाउलगायतका फास्टफुड वा जङ्कफुड खायो भने शरीरले आवश्यक भिटामिन र मिनरल्स प्राप्त गर्न सक्दैन । जसका कारण शरीर कमजोर हुन्छ । यसबाट अन्य रोग लाग्ने खतरा पनि उत्तिकै रहन्छ ।
९. धेरै कफी नपिउने
महिनावारीको अवधिमा शरीरलाई बढी मात्रामा पानीको जरुरत पर्दछ । यो अवधिमा कफी धेरै पिउनाले शरीरलाई डिहाइड्रेट गरिदिन्छ । जसले गर्दा पेट दुखाईको मात्रा झन् बढ्न सक्छ । त्यसैले यो बेला कफी पिउनु हुँदैन । यसका साथै महिनावारीको अवधिमा बढी भन्दा बढी पानी पिउने, ताजा र भिटामिन युक्त खाना खाने, नियमित सफा सुग्घर रहने, दुखाइ कम गर्ने औषधि भरसक नखाने, धेरै तनावका काम नगर्ने वा तनाव नलिने गर्नु पर्दछ ।
१०. यौन सम्पर्क नगर्ने
महिनावारी भएको बेला यौन सम्पर्क गर्नु हुँदैन । महिलाको योनीबाट विकारयुक्त रगत बाहिर निस्किरहने भएकोले यो समयमा यौन सम्पर्क गर्नु हुँदैन । यसले इन्फेक्सनको खतरा हुन्छ भने अन्य रोग पनि लाग्ने प्रवल सम्भावना रहन्छ । साथै यो समयमा यौनसम्पर्क गर्दा पेटको दुखाई पनि बढ्न सक्छ ।