दोहा: प्रवासी नेपाली मञ्च कतारको आयोजनामा हुने "बृहत जन साँस्कृतिक " कार्यक्रमको लागि चर्चित गायक बद्री पंगेनी र जनवादि गायक जीवन दाहाल कतार आउने भएका छन ।
नेपाली नयाँ बर्ष २०८० र इद उल फित्रको शुभ अवसर पारेर, दोहा स्थित "गल्फ प्याराडाइस Carvan Restaurant hall " मा हुने बृहत जन साँस्कृतिक कार्यक्रमको लागि पंगेनी र दाहाल कतार आउन लागेको मञ्च कतारका अध्यक्ष प्रभात त्रिपाठीले मुग्लानी खवरलाई बताए ।
नेपाल बाट आमन्त्रित अतिथि कलाकार र स्थानीय कलाकार हरुको बेजोड साङ्गितिक प्रस्तुति रहने कार्यक्रममा टिकट दर कायम गरिको छ । साथै कार्यक्रमलाई सभ्य र भब्य बनाउनको लागि गत शुक्रबार मिटिङ बसेर विभिन्न व्याक्तित्वलाई जिम्मेवारी तोकिएको मञ्च सचिव बिनेश तामाङले जानकारी गराए ।
को हुन बद्री पंगेनी ?
बद्री पंगेनी एक बहुचर्चित नेपाली लोक गायक हुन्। उनले पहिलो लोक दोहोरी एल्वम ‘तानसेन खस्यौली’ सार्वजनिक गरेका थिए।
त्यसपछि क्रमश पिएन क्याम्पस, ब्युटी नं वान, ससुरालीमा एल्बम सार्वजनिक गरे। उनलाई सर्वाधिक चर्चामा पुर्याएको गीत ‘सुसुरालीमा’ एल्बमको ‘ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा’ हो।
चौथो एल्बम ‘ससुराली’मा गायिका सिन्धु मल्लसँग मिलेर गाएको गीतले उनलाई जनतामाझ लोकप्रिय बनायो।
एमालेको चुनावी गीत "सही पनि एमाले, मै पनि एमाले" नामक गीत गाएका पंगेनी को नाम जनमानसको जिब्रोमा झुन्डिएको थियो ।
पछिल्लो समय झनै चर्चाको शिखरमा चढ्न सफल, बद्री पंगेनी र रचना रिमालको स्वरमा "पैसा सापटी दिएपछि" उत्पन्न हुने अवस्थालाई समेटेर तयार पारिएको पैसा सापटी’ नामको एल्बमले त झन चर्चाको शिखरमा पुर्याएको छ ।
बृहत जन साँस्कृतिक कार्यक्रम सफल पार्नको लागि कतारमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुमा उपस्थितिको निम्ति हार्दिक निमन्त्रणा गरिएको आयोजक संस्था, प्रवासी नेपाली मञ्च कतारले बताएको छ ।