काठमाण्डौ,यदि हरेक मान्छेको बिहानी देखिकै दैनिक कार्यतालिका सहि भयो भने दिनभरी अफिसको कामको प्रेसर,कामको प्रेसर,घरको टेन्सन लगायत जुनसुकै तनाव भएतापनि यसले केही फरक पार्दैन।यदि साच्चिकै तपाई दिनभरीका हरेक चुनौतीसँग सशक्त रुपमा जुध्न पूर्ण रुपमा चाहानुहुन्छ आफ्नो दैनिक कार्यतालिकामा ध्यान दिनुपर्छ।यद्यपि, केही मानिसहरु बिहान उठ्ने बित्तिकै गल्ती गर्न शुरु गर्छन जुन गल्ती हेर्दा सामान्य लाग्छन तर लामो समयपछि यसले तपाईको पूरा जिवनमा नराम्रो भुमिका निर्बाह गर्छ। यदि तपाईं पनि ती गल्तिहरु पुन: गर्न चाहानुहुन्न भने यी कुराहरुमा ध्यान दिन अनिवार्य छ।
सुत्नका लागि नियमित ठिक समय:
एक स्वस्थ मानिसलाई पर्याप्त निद्रा प्राप्त गर्न सबैभन्दा राम्रो तरिका भनेको सुत्नका लागि समय तालिका निर्धारण गर्नु हो । यसको अर्थ यो हो कि तपाईं दैनिक निश्चित समयमा उठ्नुहोस्,वा समयमा सुत्नुहोस र नियमित समयमा उठ्नुहोस। केही मानिसहरु ढिलो सुत्ने छिटो उठ्ने, छिटो सुत्ने ढिलो उठ्ने,बिदाको दिन दिनभरी सुत्ने, अलि फुर्सद हुँदा १०/१५ मिनेट बढी सुत्ने यसो गर्दा शरिरको लागि हानिकारक हुन्छ।
यदि तपाईं बिहान १५ मिनेट मात्रै बढी सुत्न पाउँदा तपाईंमा बढी ऊर्जा सञ्चारित हुन्छ भनेर सोच्नुहुन्छ भने यो पूर्ण रुपमा गलत हो । मान्छेलाई उर्जासिल र स्वस्थ बनाउन नियमित सुत्नु र उठ्नुको ठूलो भुमिका रहने स्वास्थ्य बिज्ञहरुले जनाएका छन।
उज्यालो कोठा:
यदि तपाईं बिहानको समय कुनै अँध्यारो कोठामा बस्न रुचाउनुहुन्छ यो स्वास्थ्यको लागि गम्भीर गलत मानिन्छ । प्राकृतिक प्रकाशले मान्छेलाई मिठो निद्रा लाग्न जरुरी छ भने यसले शरीरलाई संक्रमणबाट लड्न पनि मद्दत गर्छ । साथै यसले शरीरलाई प्राकृतिक भिटामिन डी समेत प्रदान गर्ने गर्दछ।
कम रक्तचापः
निद्रा पूरा भएपछि तपाईं अचानक उठ्नुहुन्छ भने रक्त प्रवाह खुट्टातर्फ हुन थाल्छ । यस्तोमा तपाईंको रक्तचाप अचानक तल झर्न सक्छ । यसो हुँदा तपाईंलाई थोरै असहज पनि महसुस हुन्छ । त्यसैले निद्राबाट जागा भएपछि उभिनुको साटो केही समय बस्नुहोस् । आफ्नो शरीरलाई सक्रिय रहन केही समय दिनुपर्छ।
नियमित व्यायाम गर्नु:
नियमित व्यायामले हाम्रो सुत्ने तरिका, मुटुको स्वास्थ्य र दिमाग पनि दुरुस्त रहन्छ । यसले तपाईंको दिनभरीको खानपिनलाई पनि मेन्टेन गर्छ, तसर्थ तपाईंको तौल पनि नियन्त्रणमा रहन्छ । तपाईं दिनभरी ताजा महसुस गर्नुहुनेछ । जबकी व्यायाम नगर्दा मोटोपना, मधुमेह र हाइपरटेन्सनजस्ता रोगको सम्भावना बढ्ने गर्छ ।
कफीको पिउनु:
यदि तपाईं साधारणतया बिहानको समयमा कफी पिउन रुचाउनुहुन्छ र यसलाई तत्काल छोड्नुभएको छ भने यसले समस्या निम्त्याउन सक्छ । यसले तपाईंको एकाग्रता भंग गर्नुका साथै टाउको दुख्ने, वाकवाकी लाग्ने र फ्लूजस्ता समस्या बढ्नेछ । यदि तपाईं क्याफिनबाट टाढै बस्न चाहनुहुन्छ भने यसलाई बिस्तारै छोड्ने कोसिस गर्नुहोस् ।
कफी वा चियापछि ब्रस नगर्नु:
चिया वा कफीमा एसिड हुन्छ, त्यसैले कुनै पनि एसिडिक फूड वा ड्रिङ्क पछि ब्रस गर्नुहुँदैन । वास्तवमा एसिडले तपाईंको दाँतको बाहिरी पत्रलाई कमजोर गर्छ, त्यसैले लगत्तै ब्रस गर्दा समस्या झन् बढ्ने गर्छ । त्यसैले केही एसिडिक खानेकुरा खानु अघि वा ३० देखि ६० मिनेट पछि ब्रस गर्नु हानिकारक मानिन्छ।
स्मार्ट डिभाइस वा सोसल मिडिया:
यदि तपाईं स्मार्ट डिभाइसमा लगातार ईमेल वा सोसल मिडियामा अपडेट्स हेर्नुहुन्छ भने यस्तो गर्नु स्ट्रेस–एन्जाइटीको खतरा बढ्न सक्छ । यदि तपाईं आफ्नो दिनमा सुरुवातमा नै मेल हेरेर गर्नुहुन्छ भने यसले तपाईंको कामको बोझ बढाउन सक्छ । त्यसैले डिजिटल मिडिया वा मेलबाट आफ्नो दिनको सुरुवात कहिल्यै गर्नहुदैन बरु पत्रपत्रिका पढ्ने बानी बसाल्नुपर्छ।
ध्यान जप:
यदि तपाईंको पूरा दिन कामको प्रेसर र व्यस्ततामा नै बित्छ भने बिहानको समय ध्यान गर्दा यसले तपाईंको दिमागलाई शान्त राख्ने गर्छ । यसका लागि तपाईं आफ्नो स्वासमा ध्यान केन्द्रीत गर्नुहोस् र दिमागमा आउने विचारलाई जान दिनुहोस् । यो अभ्यासले स्ट्रेस हर्मोन कार्टिसोलको स्तरलाई कम गर्न सक्छ । साथै एन्जाइटी, उच्च रक्तचाप, इन्सोमेनिया र माइग्रेनको दुखाईबाट पनि राहत दिने गर्दछ।
गुलिया खानेकुराः
मैदाबाट बनेका डोनट्स वा सुगर पेस्ट्रिमा निकै कम मात्रामा पौष्टिक तत्व पाइन्छ र यसलाई शरीरलाई तीब्र गतिमा सोस्ने काम गर्छ । यसले चिडचिडापन, थकान र भोक बढाउँछ । अण्डामा हुने प्रोटिन, ओटमिलमा पाइने फाइबर र पौष्टिक तत्व, फलफूल, सागसब्जीले लामो समयसम्म तपाईंको भोक शान्त राख्छ । यसले तपाईंको स्वास्थ्य पनि ठिक बनाउँछ।त्यसैले सकेसम्म बिहानीको समयमा यस्ता मैदाबाट बनेका परिकारहरु खान हुदैन।