काठमाण्डौ, चैत्र १२। अहिलेको प्रबिधियुक्त समयमा सबैको हात हातमा मोबाइल हुनु नौलो होईन । आजभोलि मान्छेको मोबाइल सर्बथोक जस्तै भैइसकेको छ। यहि फोनले नजिकको।मान्छेलाई टाढा र टाढाको मान्छेलाई नजिक बनाएको छ।कतिपय ब्यक्तिलाई अत्यधिक फाईदा र सहज जीवन यापनमा ठूलो भुमिका निर्बाह गरेको छ भने सहि तरिकाले प्रयोग नजान्दा वा मिस युज गर्दा कसैको जीवन बर्बाद समेत भएको छ।
आजभोलि मान्छेले पुजा गर्दा,खाना खादा,बाथरुम टोइलेट जाँदा हओस वा सुत्दा उठ्दा चौबीसै घन्टा आफ्नै सामिप्यतामा राख्ने चलन चलेको छ।मोबाईलको फाईदा संगै बेफाईदा पनि त्यतिकै छन आउनुहोस आज तिनै बेफाईदाका बारेमा चर्चा गरौ।
मोबाइल प्रयोगको गर्नुका फाइदासंगै बेफाइदा पनि छ ।मोबाईलको अत्यधिक प्रयोगले मान्छेको स्वास्थ्यमा गम्भीर समस्या समेत हुने गर्दछन।यसरी हरहमेशा मोवाइलमा झुण्डिरहने मानिसलाई जुनसुकै बेला मोबाइलले असर पुर्याउन सक्छ । मोबाइलबाट निस्कने विकिरणले मानिसमा प्रजनन देखि स्वास्थ्यसम्म विभिन्न क्षेत्रमा असर गर्ने गरेको विभिन्न अनुसन्धानले देखाएको छ।
मानिसहरु राती सुत्दा मोबाइल साथमा या सिरानीमा राखेर सुत्ने अधिकांस मानिसको बानी नै हुन्छ । तर मोवाइल फोनसँगै लिएर राति सुत्ने मानिसलाई मोबाइले नकारात्मक असर पार्ने बिभिन्न चिकित्सकहरुले बताएका छन।अहिलेको नयाँ प्रविधिमा आएका स्मार्टफोनबाट दर्जनौं खतरा हुने भएकाले राति सुत्दा मोवाइल सिरानीमा राख्न नहुने चिकित्सकहरु सल्लाह दिएका छन ।
चीनका अनुसन्धानमा जुटेका चिकित्सक तथा अनुसन्धानकर्ताहरुले मोवाइलको ब्याट्रीबाट सय भन्दा बढी विषालु ग्याँस निस्कने बताएका छन् । लिथियम–आयन ब्याट्रीबाट कार्बोन मोनोअक्साइड लगायतका अन्य निस्कने ग्याँसले आँखा, छाला तथा नाकमा जलन पैदा गर्ने र कालान्तरमा यसले मानिसलाई रोगि समेत बनाउन सक्ने चेतावनी दिएका छन।उनीहरुका अनुसार अहिले पनि धेरै मानिसहरु स्मार्टफोन आवश्यकभन्दा तातो हुने र खराब चार्जरले चार्ज गर्दा हुने खतराको विषयमा अन्जान रहेको वा ब्यवास्ता गरेको समेत अनुसन्धानकर्ताले बताएका छन।
आजकाल संसारभरीका मानिसहरु लिथियम आयन ब्याट्रिको प्रयोग गरिरहेका छन् । यस्तो अवस्थामा उनीहरुलाई यसको खतराको बारेमा पनि जानकारी हुन आवश्यक भएको इन्स्टीच्युट अफ एनबीसी डिफेन्सका प्रोफेसर जी सनले बताएका छन।त्यसैगरी प्राध्यापक सन र उनका सहयोगीले थुप्रै कारक तत्वको पहिचान गरेका छन् जसले विषाक्त ग्याँसको मात्रा बढाउन सक्छ । उदाहरणको लागि पूर्ण रुपमा चार्ज भएको एउटा ब्याट्रिले करिब ५० प्रतिशत चार्ज भएको ब्याट्रिभन्दा धेरै विषालु ग्याँस निकाल्ने गरेको हुन्छ
हामी सजिलोको लागि इमर्जेन्सी सुचना तथा संचारका लागि मोबाईललाई सिरानीमा राख्ने गर्छौ यस्तो सानो सानो गल्तीले मानिसको स्वास्थ्यमा विभिन्न किसिमका गम्भीर समस्याहरु उत्पन्न गर्न सक्छ । त्यसैले सुत्नेबेलामा अफ्नो मोबाइल आफ्नो सिरानी मुनि नराखि टाढा राख्नु उचित देखिन्छ।