भारत- अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज भारत शाखाले खुल्ला भलिवल प्रतियोगिता सम्पन्न गरेको छ।
समाजको भारत शाखाले भारतमा बस्ने रोल्पालीहरु बिच आत्मियता सहृदयता र एक अर्कामा सहयोगी भावना जागृत गर्ने उदेश्यले र घरबाट टाढा भएर भारतलाई कर्मथलो बनाईरहेका रोल्पालीहरुलाई मनोरञ्जन दिनको लागि खुल्ला भलिबल प्रतियोगिता राखेको थियो।
भारत शाखाका अध्यक्ष दिलप्रसाद घर्तीको अध्यक्षतामा खेल संचालन भएको थियो,बिशेष अथितिहरुमा समाजसेबी पलमान घर्ती र संस्थाका उपाध्यक्ष जग बहादुर मरमथानी, महासचिव नर बहादुर मरमथानी,कोषाध्यक्ष कमल डाँगी अन्य विभिन्न ब्यक्तित्वहरु भिम बहादुर ओली, टिकाराम ओली, खुम बहादुर बस्नेत,बिर प्रसाद घर्ती,रामजित मरमथानी दिपक मरमथानी, समाजसेवी लगायत रोल्पाली तथा गैर रोल्पालीहरुको उपस्थितिमा खेल सप्पन्न भएको हो।
उक्त खुल्ला भलिबल प्रतियोगितामा पहिलो,दोस्रो र तेस्रो टिमलाई उचित नगद पुरुस्कार र प्रमाणपत्र प्रदान गरिएको छ जसनुसार प्रथम बिजेता आयोजक टिम क्याप्टेन निम बहादुर मरमथानीको टिमले रु. -४००० नगद पुरुस्कार र प्रमाणपत्र, दोस्रो पुरुस्कार के एम फास्ट फुट क्याप्टेन खिम घर्तिको टिम रु. - ३०००/ नगद र प्रमाणपत्र र तेस्रो बिजेता लिलिज कफि बार फरिटकोट टिम क्याप्टेन रामजित मरमथानीको टिमले रु. २०००/ नगद र प्रमाणपत्र हात पार्न सफल भएको छ।
आयोजक संस्था अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज भारतले यस कार्यक्रमलाई सफल बनाउन अतुलनीय सहयोग पुर्याउनु हुने अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज भारत शाखा परिवार,स्पोन्सर दङ्गाली तु त्राबेल लगायत समाजसेबी उपस्थित ब्यक्तित्वहरु लगायत सम्पुर्ण भलिबल कार्यक्रममा सहभागी टिमहरु प्रती धन्यवाद ब्यक्त गर्दै बिजेता टिमहरुलाई बधाई तथा शुभकामना ब्यक्त गरेको छ।
विश्वभरी रहेका सम्पुर्ण रोल्पालीहरुको साझा संस्था अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले संस्था स्थापना कालदेखी यहाँसम्म आउदा दर्जनौ सामाजिक कामहरु गरिरहेको अबस्थामा शाखा भारतले पनि थुप्रै सामाजिक कामहरु गर्दै आईरको छ। रोल्पा र रोल्पालीहरुको लागि सक्ने साथ र सहयोग गर्दै अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज केन्द्रलाई भारत शाखाले थप साथ र सहयोग गर्ने प्रतिबद्धता जनाउदै आईरहेको छ।
शाखाले अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका संस्थापक अध्यक्ष सन्दिप थापाको सम्पूर्ण टिम लगायत अहिले बर्तमान संस्थाका केन्द्रिय अध्यक्ष डिलाराम वली लगायत सम्पूर्ण सल्लाहकार समिती, केन्द्रिय कार्यसमिति,केन्द्रिय समिती र विभिन्न देशमा रहेका शाखा परिवारलाई धन्यवाद तथा आभार व्यक्त गरेको छ। भारतमा रहेका रोल्पालीहरु यस अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज भारत शाखामा आबद्ध हुदै देश बिदेशमा रहनुभएका सम्पूर्ण रोल्पालीहरुलाई पनि यस गौरब संस्थामा आबद्ध हुन पनि भारत शाखाका महासचिव नर बहादुर मराथानीले अपिल गरेका छन।