स्वास्थ्य खबर
मान्छेलाई स्वस्त जीवन यापन गर्न समयमा सुत्नु र समयमा उठ्नुले ठूलो भुमिका निर्बाह गर्दछ।जसको लागि उचित समयमा सुत्नु,रातीमा चाडै सुत्ने र बिहान सबेरै उठ्ने गर्नुपर्छ ।
एउटा बयस्क ब्यक्तिले सरदर ८ घण्टा राती चाँडै सुत्ने र बिहान सबेरै उठ्ने गर्नुपर्छ । कतिपय व्यक्तिहरूको राती अबेर सुत्ने र बिहान ढिलो उठ्ने बानी पनि हुन्छ । उठ्न अल्छी गर्ने, जति सुत्न पाए पनि सुत्ने, एक छिन त हो भन्दै सुतिराख्ने मान्छेहरु पनि हाम्रो छिमेकीमा पाईन्छन। समयमा नसुत्ने,ढिलो सुत्ने छिटो उठ्ने,ढिलो सुत्ने,रातिमा जागा रहने वा जति खाली समय भएपनी सुतेर बिताउने व्यक्तिहरूको शरीरमा विभिन्न किसिमका स्वास्थ्य समस्या हुने बढी सम्भावना हुने गर्दछ । निन्द्रामा हुने यो असन्तुलनको कारण व्यक्तित्व र काम गर्ने क्षमतामा असर समेत पर्छ ।
त्यसैले हामीले राती अबेरसम्म जाग्ने र बिहान ढिलो समयसम्म सुत्दा वा सुताईमा ब्यालेन्स नहुने ब्यक्तिहरुलाई तलका उल्लेखित स्वास्थ्य समस्याहरु हुने प्रवल समस्या देखिएको छ। ढाड दुख्ने समस्या यदि तपाई कुर्सीमा बसेर लामो समय काम गर्नुहुन्छ र लामो समय निदाउनु हुन्छ भने तपाईँलाई ढाड दुख्ने, गर्धन दुख्ने, कुम दुख्ने समस्या बढी हुने सम्भावना हुन्छ । एकै स्थानमा बसेर लामो समय काम गर्ने व्यक्तिहरूले झन् लामो समय निदाउनै हुँदैन ।
मुटु सम्बन्धी समस्या
‘अमेरिकन एकेडेमी अफ स्लिप मेडिसिन’ मा प्रकाशित एक अध्ययन अनुसार धेरै बेर सुत्ने व्यक्तिहरूमा मुटुको समस्या हुने बढी सम्भावना रहेको हुन्छ । उक्त अध्ययन अनुसार जो व्यक्ति ९ देखि ११ घण्टासम्म सुत्छ उनीहरूमा मुटुसँग सम्बन्धित समस्या हुने सम्भावना ३८ प्रतिशत बढी हुने उक्त अध्ययनमा देखिएको थियो । मोटोपन हुने लामो समय सुत्दा शरीरले कुनै किसिमको बाहिरी गतिविधि गर्न पाउँदैन ।
मोटोपन हुने सम्भावना
फेरी कतिपय व्यक्तिहरूको दैनिकी खाने, बस्ने र सुत्ने मात्र पनि हुन्छ । यस्तो व्यक्तिहरूमा मोटोपन हुने सम्भावना धेरै हुन्छ । धेरै बेर सुत्दा पाचन प्रक्रिया पनि सुस्त भइरहेको हुन्छ जसको कारण मोटोपन हुनुका साथै कब्जियतको समस्या पनि बढ्ने गर्छ । शरीरमा मोटोपन बढ्दै गएपछि निन्द्रा पनि बढी लाग्दै जान्छ र यसले शरीरमा थप समस्याहरू बढाउने गर्छ । मधुमेहको समस्या बढी धेरै बेर सुत्दा शरीरको गतिविधि प्रायः हुँदैन । शरीरको गतिविधि नहुँदा मधुमेह हुने सम्भावना बढी हुने कुरा विभिन्न अध्ययनहरूले बताउने गरेको छ । त्यसैले वयस्क व्यक्तिहरूले ९ घण्टा भन्दा बढी सुत्ने बानी गर्दा उनीहरूको शरीरमा चिनीको मात्रा बढ्दै जान्छ र मधुमेह हुने सम्भावना पनि बढ्दै जान्छ ।
तनाव बढ्ने सम्भावना
आवश्यकता भन्दा बढी सुत्ने व्यक्तिमा डिप्रेसन हुने सम्भावना पनि प्रबल हुन्छ । हालै पिएलओएसमा प्रकाशित एक अध्ययन प्रतिवेदन अनुसार धेरै सुत्ने व्यक्तिमा मानसिक तनाव बढेको र कतिपय व्यक्तिहरूलाई डिप्रेसन समेत भएको पाइएको थियो । धेरै बेर सुत्दा शरीर सुस्त हुनुका साथै मानिसलाई काम गर्न जाँगर कम लाग्ने गरेको समेत पाइएको थियो ।
मधुमेहको समस्या
बढी धेरै बेर सुत्दा शरीरको गतिविधि प्रायः हुँदैन । शरीरको गतिविधि नहुँदा मधुमेह हुने सम्भावना बढी हुने कुरा विभिन्न अध्ययनहरूले बताउने गरेको छ । त्यसैले वयस्क व्यक्तिहरूले ९ घण्टा भन्दा बढी सुत्ने बानी गर्दा उनीहरूको शरीरमा चिनीको मात्रा बढ्दै जान्छ र मधुमेह हुने सम्भावना पनि बढ्दै जान्छ ।
तनाव बढ्ने सम्भावना
आवश्यकता भन्दा बढी सुत्ने व्यक्तिमा डिप्रेसन हुने सम्भावना पनि प्रबल हुन्छ । हालै पिएलओएसमा प्रकाशित एक अध्ययन प्रतिवेदन अनुसार धेरै सुत्ने व्यक्तिमा मानसिक तनाव बढेको र कतिपय व्यक्तिहरूलाई डिप्रेसन समेत भएको पाइएको थियो । धेरै बेर सुत्दा शरीर सुस्त हुनुका साथै मानिसलाई काम गर्न जाँगर कम लाग्ने गरेको समेत पाइएको थियो ।