दोहा : प्रवासी नेपाली मञ्च कतार, चार नम्बरको अध्यक्षमा लोक बहादुर जोगी (मोरङ ) निर्विरोध निर्वाचित भएका छ्न ।
अल्खोर स्थित "अल्खोर प्यालेस रेस्टुरेन्ट " को सभाहलमा आज शुक्रबार सम्पन्न भएको तेस्रो अधिबेशन बाट जोगीको नेतृत्वमा नयाँ कार्यसमिति बनेको हो ।
नयाँ कार्यसमितीमा उपाध्यक्ष भक्त लिम्बू ( तेह्रथुम ) सचिव किशाेर भट्टराई (खोटाङ ) उप - सचिव बिक्रम बुढाथोकी मोरङ रहेका छन ।
कार्यसमिति सदस्यहरुमा क्रमश : धनवीर जोगी ( तेह्रथुम ) महेन्द्र चेमजोङ झापा, चन्द्र परियार (म्याग्दी ), बिष्णु सुब्बा तेह्रथुम, अमृत भट्टराई ( खोटाङ ) र कृष्ण सिङलिखा संखुवासभा रहेको निर्वाचन कमिटी अध्यक्ष गोबिन्द सुबेदीले जानकारी गराए । नयाँ कार्यसमितिलाई अध्यक्ष सुबेदिले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष प्रभात त्रिपाठीले "मञ्च कतारमा स्थापना गर्नुको उदेश्य र यसका गतिबिधी बारे प्रष्ट पारे । अहिले सम्म बिश्वका ४० देशमा सङ्गठन फैलिए पनि ३६ रास्ट्रमा चलमायन रहेको र आगामी देशमा थप सङ्गठन बिस्तार हुने क्रममा रहेको बताए ।
कतारको सङ्गठन अरु देशको भन्दा उत्कृष्ट, उर्जावानशिल, गतिशील, सबल र सक्षम रहेको साथै,यो सङ्गठन नेपाली श्रमजिवि हरुको हक, हित र उत्थानको लागि कहिले पछी नपर्ने कुरामा प्रमुख अतिथि त्रिपाठीले जोड दिए ।
व्याक्तित्व बिकास, समाज रुपान्तरण गर्नको लागि बैचारिक सङ्गठनमा लाग्नुपर्ने बताउदै, मञ्च सम्बन्धी कुनै द्विविधा भएको खण्डमा फेसबुक, मेसेन्जर अथवा डाइरेक्ट फोनमार्फत सोध्न सकिने जानकारी गराउदै नयाँ कार्यसमितिले राजनिति मात्र नभएर नेपाली श्रमिकका हितको पक्षमा शसक्त भुमिका खेलोस भन्दै आफ्ना शुभकामना भनाइ राखेका थिए ।
मञ्चका उपाध्यक्ष बाल कृष्ण भित्राकोटि,सङ्गठन बिभाग प्रमुख बिनेश तामाङ, लेखा कमिटी अध्यक्ष प्रेम प्रसाद भट्टराई,संगठन बिभाग उप- प्रमुख श्रीधर आचार्य, २ नम्बर नगर कमिटि अध्यक्ष विकाश तामाङ लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।
नगर इन्चार्ज टीका कार्कीको स्वागत मन्तव्य, सचिव सन्तोष केसीले सहजीकरण र दोर्ण गुराँगाइले कार्यक्रममा सभाध्यक्ष गरेका थिए ।
नव निर्वाचित अध्यक्ष लोक बहादुर जोगीले आफ्ना प्रतिबद्धता जाहेर गर्दै ४ नम्बर नगर कमिटिलाई अझै ससक्त, अब्बल बनाउदै लैजाने बताए ।