सुरेशकुमार पान्डे -प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले बिस्वासको मत त संसदमा पाउँछन,उनि ढुक्कपनि छन्।दशवटा पार्टिको समर्थन रहेका प्रधानमन्त्री दहाललाई संसदमा बिस्वास न पाउँने सङ्का पनि छैन्।तर के उनले देशका जनताको बिस्वास प्राप्त गर्न सक्लान?सवाल यो पनि हो।अहिलेको परिवेशमा मिलेर जाने वाहेकको विकल्प छैन्।देशको अबस्थालाई मध्यनजर गर्दा पक्ष बिपक्षको मैत्रीपुर्ण र रचनात्मक कार्य हुँनुपर्छ।
अहिले उप राष्ट्रपतीले पनि सपथ लिएको अवस्था छ।देशमा केही पदहरू राष्ट्रका लागी अति महत्वपूर्ण हुन्छन।
राष्ट्रपती, उप राष्ट्रपती र प्रधानमन्त्री देश र संबिधान प्रति बफादार हुनुपर्छ। कुनै राजनीतिक पार्टीको कटपुतली बन्नुहुँदैन।उनिहरू आजभन्दा पहिले जुनसुकै पार्टिका भएपनि अहिले उनिहरू सिङ्गो राष्ट्रिय प्रमुख हुँन।त्यसकारणले त्यो गरिमामय जिम्मेदारीलाई पुरागर्ने उनिहरूको कर्तव्य हुन्छ।
अहिले नेपालका प्रथम राष्ट्रपती रामबरण यादव पछि दुइपटक सम्म कार्यकारिणी पदमा बिधादेबि भन्डारीले राष्ट्रपतीको पदभार सम्हालिन्।अहिले भने रामचन्द्र पौडेलले देशको राष्ट्रपतीको जिम्मा पाएकाछन्।
राष्ट्रपती जुनसुकै पार्टीको भएपनि यो संबिधान र देशको रक्षाको लागी हुनेभएकोले कुनै पार्टीको भन्नु उपयुक्त हुदैन।ठुलो खिचातानी पछि नौ वटा दलको सहयोगमा राष्ट्रपति पदमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुनुभएको छ । गत फागुनको २५ गते बिहिबारका दिनमा भएको राष्ट्रपतिको चुनावमा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई दोव्वर भन्दा बढि मतले हराउँदै पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो।
शुभाष नेवाङलाई एमालेले पार्टीमा उपाध्यक्षको जिम्मा दिएकोछ।अहिले राष्ट्रियता गणतन्त्र र देशका जनताहरूको रक्षा गर्ने जिम्मा पौडेलको हातमा आएको छ।पौडेलले ३३ हजार आठ सय दुई मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी नेम्वाङले १५ हजार पाँच सय १८ मत प्राप्त गरेका थिए। चुनावी प्रक्रियामा सहभागी भएका सांसदहरूको कुल मतसंख्या ४९ हजार पाँच सय ९१ थियो । राष्ट्रपति निर्वाचित हुनका लागि २६ हजार तीन सय १५ मतको आवस्यक पर्छ।
पौडेल व्यक्तिको हिसावले गणतन्त्र नेपालको तेस्रो र कार्यकालको हिसावले चौथो राष्ट्रपति बन्नुभएको छ । पूर्वसभामुख समेत रहनु भएका पौडेल कांग्रेस सहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टी लगायतको समर्थनमा राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।
राष्ट्रपति चुनावमा सङ्घीय संसद तर्फ तीन सय ३२ र प्रदेश सभा सदस्य ५ सय ५० गरी कुल आठ सय ८१ मतदाता कायम रहेकोमा ५० जना मतदानमा उपस्थित भएनन् । सङ्घीय सांसदको मत ७९ र प्रदेश सभा सदस्यको मत ४८ छ ।
रामचन्द्र पौडेलले फागुनको २९ गते सफत ग्रहण गरेर आफ्नो कार्यकाल सुरू गरिसकेका छन्।अहिले उपराष्ट्रपती रामसहाय प्रसाद यादवले कार्यभार सम्हाली सकेकाछन्।
भनिन्छ उनि एउटा सामन्य परिवारका असल व्यक्तित्व मध्यका हुँन।अहिलेको अबस्थामा देशमा आफ्नै अडान राखेर देशको सुरक्षा गर्नुपर्ने खाँचो छ।
राष्ट्रपतीले पदभार सम्हाल्ने बित्तिकै आफु जस्तो बुढोलाई प्रचण्डले राष्ट्रपति बनाएको बताएका थिए।हुँन त दलहरूको सहमति नभएको भए उनि राष्ट्रपती बन्न सक्ने थिएनन् तर उनको अभिव्यक्तिले प्रचण्डको ऐसानमा आफुलाई झार्नु पनि ठिक होइन।पौडेलको आफ्नै राजनीति जिवनको लामो यात्रा छ। विद्यार्थीकाल देखि उनि सक्रिय राजनीतिमा छन् २०२७ सालमा नेबिसंघका संस्थापक पनि हुँन्।
हुन त भनिन्छ सत्र पटक सम्म प्रधानमन्त्रीका लागी उम्मेदवार बनेका र हारेका अहिले नौ दलिय गठबन्धन बनेपछि एमालेका नेवाङलाई दोबर मतले पराजित गरेर विजयी भयका हुँन।जे सुकै भएपनि बल्ल जनताले राष्ट्र प्रतिको उनको छवी हेर्न र उनलाई बुझ्न पाउंने छन्।
निवर्तमान राष्ट्रपती विध्यादेवी भन्डारीको कार्यकाल त्यती राम्रो रहेन्।उनि एमालेका अध्यक्ष केपि शर्मा ओलीको घनिष्ट मित्रको रूपमा बफादार पात्र बनिन्।त्यो एउटा राष्ट्रपतीले नगर्ने काम हो।त्यसबाट पनि माहमहिम बर्तमान राष्ट्रपतिले शिक्षा लिएका छन्।
तर अहिले जसरी प्रधान मन्त्री प्रचण्डको तारिफ गर्नथालेको देख्दा कतै हिंजो ओली कार्यकालमा पुर्व राष्ट्रपति भन्डारीले देखाएको व्यबहार त दोहोराउन थालेनन् भन्ने शङ्का उपशङ्का उब्जिन थालेको छ।
अहिले देशमा कुनै पार्टिको बफादार पात्र होइन आफ्नै अडानमा राष्ट्रियता र गणतन्त्रको लागी निस्पक्ष निस्कलङ्क र सम्झौताहिन संघर्ष गर्नसक्ने व्यक्तिको देशलाई खाँचो छ।हाम्रो देशमा बिदेशी साम्राज्यवाद र देशिय प्रतिगामी तत्वको चलखेल बढेको वेला देश र जनताको हितमा लड्न सक्ने सशक्त व्यक्तिको देशलाई खाँचो छ।कुनै राजनीति पार्टीको कटपुतली वा दास भएर आफ्नो अमूल्य समय खेर फालेर नकारात्मक छाप छोडेर जानुभन्दा अहंम भुमिका अपनाएर देश संबिधान र जनहितमा संघर्ष गर्ने अहिले पौडेललाई मौका मिलेको छ।हामिले बधाई भन्दापनि उहाँलाई आफ्नो जिम्मेवारीको समय समयमा बोध गराउँदै जानुपर्छ।अहिले आठ दल, नौदल र दश दलको समर्थन पाएका राष्ट्रपतीले उपराष्ट्र पती र प्रधानमन्त्रीहरूले सारा देशको समर्थन पाउंनेछन्।विपक्षमा रहेकाहरूले पनि रचनात्मक सुझाव दिएर देशलाई बलियो बनाउँन भूमिका खेल्नसक्नुपर्छ यो समयको मागपनि हो।
त्यस्तै जनप्रिय बन्नको लागी अहिले ठुलो मौका यी नेताहरुलाई हातपरेको छ।मात्र संसदबाट विस्वास प्राप्त गरिसकेपछि आफ्नो जिम्मेदारी पुरा भएको सम्झिने भुल गर्नु हुँदैन।त्यसो गर्नु भनेको आत्माघात हो भनेर बुझ्नुपर्छ।