दोहा : रचना रिमाल नेपाली संगीत क्षेत्रमा उदाउँदो नाम हो । अहिले उनलाई देश देखी बिदेशका स्टेज कार्यक्रममा आफ्ना साङ्गितिक प्रस्तुति दिन भ्याइ नभ्याइ छ ।
कोशि प्रदेश समन्वय परिषद,कतारको आयोजनामा दोस्रोपटक भएको बृहत ”Winter outdoor festival"कार्यक्रमको लागि कतार आएकी रचनाले यहाँ रहेका नेपाली दर्शकलाई भरपुर्ण मनोरञ्जन दिन कुनै कसुर बाँकी राखेनिन ।
फोटो फिरिममा, मिनरल वाटर, पहिलो पल्ट भेट हुँदा…, सुनन पियारी…जस्ता थुप्रै गीतले अहिले लोकप्रियको शिखरमा पु-याएको उनलाई यहाँ रहेका दर्शक श्रोतालाई यी गीत सङ्गै करिव दर्जन गीतहरु पस्किन । तिमी त पोखरेली” बाट गाउन शुरु गरेकी रिमाल लाई दर्शकले स्टेज सम्म आएर नाचेर साथ दिए ।
पहिलो चोटि कतार आएकी गायिका रिमालका हरेक प्रस्तुति दमदार थिए, कार्यक्रमको अवधी सकुन्जेल सम्म पनि "वान्समोर " का सब्दहरु गुन्जीरहे ।
स्थानिय कलाकारहरुको पनि दमदार प्रस्तुती रहेको कार्यक्रममा गौतम तामाङ्,मान बहादुर थापा मगर्, मनिश गोस्वामि,बिरेन्द्र श्रेष्ठ ,प्रेम राई सुर्जे तामाङ आदिले आफ्नो प्रस्तुती दिएर दर्शक नचाएका थिए भने लुना खतिवड,रेस्मा प्याकुरेल, शान्ति ओलि,शृस्टी लामा आदिले आफ्नो नृत्य देखाएर कार्यक्रमको रौनक बढाएका थिए ।सहभागि सम्पुर्ण कलाकारहरुलाई कदर पत्रले सम्मान गरीएको थियो ।
अध्यक्ष चुडामणि कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली नियोग प्रमुख डाक्टर नरेश बिक्रम ढकालले आफ्नो शुभकामना मन्तव्यमा जसरि कोशि प्रदेश नदिको नामबाट राखिएको छ त्यसरि नै त्यहाँका मानिसहरु नदी जस्तै निस्वार्थ भएर सामाजिक हुन भन्दै यहाँ सिकेको अनुभबलाई नेपालामा पनि लागु गर्न अनुरोध गरे।
उनले दुतावास श्रमिकको हितमा काम गर्न बसेकाले केहि समस्या भए दुतावासमा नै आएर समस्या को समाधन गर्न अनुरोध गरेका छन । उनले भने ” हामी आफ्नो देश भन्दा बाहिर छौ तर देश बिर्सेका छैनौ, त्यही भएर आफ्नो रहनसहन्, भेषभु्षा र परम्परालाई भुल्न हुन्न “।दुतावासले आउने नयाँ बर्षदेखी कतारका सबै समुदायलाई समेटेर यौटै क्यालेन्डर हुने समेत जानकारी गराए।
नौ वटा जिल्ला संस्थाहरुको समन्वय रहेको कोसी प्रदेशमा दोहामा रहेका बिभिन्न संस्था प्रमुख तथा प्रतीनिधीहरुको उपस्तिथी रहेको थियो।
दुर्गा प्याकुरेलको स्वागत मन्तव्य र लुना खतिवडाको स्वागत नृत्य रहेको कार्यक्रममा सहभागि जिल्ला संस्थालाई कदर – पत्र समेत प्रदान गरिएको थियो।
कार्यक्रमका सभापती कार्कीले कार्यक्रम सम्पूर्ण कोशि प्रदेशको भएकाले सबैको साथ र सहयोग सधै रहने मा ढुक्क रहेको बताउदै कार्यक्रम सफल तुल्याउन विभिन्न तप्का बाट साथ सहयोग र गर्ने र सबै कलाकार प्रती आभार व्यक्त गर्दै समापन गरे ।साँकृतिक कार्यक्रममाको संम्योजन तर्फ रबिन मगर र निरन नेपालले कार्यक्रमको सन्चालन गरेका थिए।