दोहा : गुल्मी सेवा समाज कतारले वैदेशिक रोजगारीको लागि आएका जिल्लावासीसँग सुमधुर सम्बन्ध कायम गर्नको लागि १० औं बनभोज तथा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृति अक्षयकोष स्थापनाका लागि सहयोगार्थ " नेपाल बाट चर्चित कलाकार हरु पछिल्लो समयकी व्यस्त लोक तथा दोहोरी गायिका शान्ति श्री परियार,नृत्याङ्गना रविना भण्डारी, गायक नन्दु परियार, मोडेल अनिल पौडेल र गायक अमित सुनार लगायत स्थानिय कलाकार हरुको विशेष सांस्कृतिक प्रस्तुतिमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
संस्थाका अध्यक्ष कमल अर्यालको सभापतित्वमा औपचारिक रुपमा सुचारु गरिएको कार्यक्रमको एनआरएनए आईसीसीका उपाध्यक्ष नरेन्द्र भाटको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बैचारिक , सामाजिक तथा जिल्लागत संघ संस्था साथै कतारमा कार्यरत थुप्रै गृह जिल्ला बासी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष मित्र बीएसले राखेका थिए l
कार्यक्रमलाई सम्बोधन गर्ने विभिन्न वक्ताहरुले प्रवासमा रहेर पनि बनभोज तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी दुख पिडा सँगै श्रम गरिरेहका नेपालीलाई स्वदेशको झल्को मेटाउने छुट्टै माहोलको श्रृजना गरेको मा आयोजक संस्थालाई धन्यवाद दिदै आउने दिनहरुमा संस्थाको अझै उन्नति र प्रगतिको शुभकामना व्यक्त गरे ।
लक्ष्मी गीरीको स्वागत नृत्यद्घारा सास्कृतिक कार्यक्रमको शुभारम्भ गरीएको थियो । बाबु कौसल, सुरेश बिसी, कमला गुरुङ, गुना मगर, ईश्वर भन्डारी र दिपेन्द्र सुनारले आफ्ना गीतहरु पेश गरे ।
नेपालबाट आमन्त्रित पाँच जना कलाकारहरु मध्य अमित सुनारले आफ्नो प्रस्तुति पहिला राखे । उनले सुनका मायालु, गुल्मि छाप हिले लगायतका आफ्ना हिट नम्बरहरु गाए । उनले आफ्नो पहिलो बिदेश यात्रा रहेको बताउदै आयोजक प्रति कृतज्ञता ज्ञापन गरे । मोडल रबिना भन्डारी र अनिल पौडेलले बिभीन्न हिट लोक तथा दोहोरी गीतमा आफ्नो अभिनय तथा आकर्षक नृ्त्य पेश गरे ।
नेपालबाटै आएका अर्का गायक नन्दु परियारले नन्दनी गीतबाट प्रस्तुती राख्न सुरु गरे । उनले लगभग आधा दर्जन आफ्ना हिट गीतहरु गाए । उनलाई दर्शकले भरपुर साथ दिए । करिब हजार दर्शकले भरीएको सहानियाको उक्त हलमा नाच्नेहरुको भिड थियो । शान्ति श्री परियारको प्रस्तुतीमा रम्न र रमाउन दर्शकले सॉझ सम्म पर्खिरहे ।
दर्शकको पर्खाईको प्यास मेटन झमक्क सॉझमा बोलमाया गीत गॉउदै शान्ति श्री स्टेज चढीन । श्रीले लाहुर जाने रेलबाट उपस्थितलाई नचाईन । आफुले स्वर दिएका र हिट भएका मध्यबाट पनी उनले आधा दर्जन भन्दा बढी गीत गाईन । दर्शकको वान्स मोर पाईरहीन ।उनको प्रस्तुती दिइरहदा दर्शक स्टेज बाहिर बाटोमा समेत नाचिरहेका थिए l
समाजका सचिव दर्शन सुनारले औपचारिक कार्यक्रम र साँस्कृतिक संयोजक दिपेन्द्र सुनारले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति कमल अर्यालले कार्यक्रम सफल तुल्याउन विभिन्न माध्यम बाट सहयोग गर्ने तथा नेपाल बाट आमन्त्रित कलाकार लगायतलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।