काठमाडौ । गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा बिशेष गरि महिलाहरुलाई मध्येनजर गर्दै क्षमता विकासका लागि नेतृत्व विकास सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ। वडा कार्यलयको आयोजना तथा सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीको सहकार्यमा भएको एक दिने कार्यक्रम हिजो फागुन २८ गते आईतवारका दिन वडा कार्यलयको सभाहलमा भएको हो।
वडामा रहेका स्थानीय महिला दिदिबहिनीहरुलाई मध्येनजर गर्दै आयोजना गरिएको उक्त क्षमता बिकास तालिममा मोटिभेसनल स्पिकर तथा ट्रेनर डा. तारा प्रसाद गिरी (ताराजी)द्वारा दिईएको थियो। गोकर्णेश्वर नगरपालिका उपमेयर सान्नानी लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशेष अतिथि वडा नं ६ का वडा अध्यक्ष नवराज लामा रहेका थिए भने अतिथिहरुमा वडा सदस्यहरु बच्चुराम शर्मा कुईकेल,प्रेम बहादुर खड्का,मञ्जु पुडासैनी,बशन्ती नगरकोटी,वडा सचिव चन्द्रप्रभा उपाध्याय, विभिन्न संघ संस्थाका महिला प्रतिनिधिहरु, बुद्धिजीवी, प्रशिक्षार्थी दिदिबहिनी तथा दाजुभाईहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्ने बक्ताहरुमा बिशिस्ट अतिथी तथा वडा अध्यक्ष नबराज लामाले बजेटको अभाबले आफ्नै हलमा कार्यक्रम गर्न असमर्थ भएको बताउदै आउदो वर्षमा आफ्नै वडा कार्यलयको सभाहलमा प्रशिक्षण दिलाउने प्रतिबद्धता जाहेर गरेका थिए।त्यसैगरि प्रमुख अतिथी तथा उपमेयर सान्नानी लामाले एउटा दुधे बालक काखमा च्यापेर एउटा सानो कागजपत्र हओस वा अन्य कुनै कामका लागि कैयौ कार्यलय धाईरहेको हाम्रै छिमेकमा रहेको बताईन।
सरकारले महिलालाई ३३% होईन ५०% नै अधिकार दिईएतापनी महिलाहरुमा क्षमता बिकास नहुदा आफै उपेक्षा हुन बाध्य भएका छन।त्यसैले महिलाहरुको क्षमता अभिबृद्धी सचेतना लगायतका तालिमहरु नगरपालिकाले दिदै आएको छ जसमा जुन महिलाहरुलाई अत्यावश्यक छ उहाँहरुलाई विविध कारणले तालिममा सहभागी हुन सक्नुभएको छैन।
जो जति सहभागी हुनुहुन्छ आफुले सिकेको जानेको कुराहरुलाई आफ्नो ब्यबहारिक जिवनमा लागू गर्न अनुरोध गर्दै छरछिमेकका महिलाहरुलाई पनि भन्न सिकाउन समेत जानकारी गराउदै कार्यक्रम आयोजक तथा सहकाॠ संस्था सन्ध्या फिल्म्स एन्ड मिडिया प्राली प्रति आभार प्रकट गरेकी थिईन।
कार्यक्रमको अन्त्यमा सभापती तथा सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीका अध्यक्ष दिलमाया तामाङले बोल्दै नगरपालिका ले महिलाहरुको बृहत्तर प्रगती तथा आत्मनिर्भर बन्न क्षमतावान बनेर प्रतिस्पर्धात्मक रुपमा हरेक तह र तप्काको नेतृत्व लिएर अगाडि बढाउन बिगतका वर्षहरु देखि नै विविध किसिमका तालिमहरु प्रदान गर्दै आएकोमा आजको तालिम झन वडा नं ६ का महिलाहरुका लागि अत्यावश्यक रहेको जानकारी गराउदै वडा अध्यक्ष नवराज लामा लगायत आयोजक वडा नं ६ का सम्पुर्ण परिवार प्रती धन्यबाद ब्यक्त गरेकी थिईन।
महिलाहरु अझै राज्यका हरेक क्षेत्रमा आफ्नै कारणले पिछडिएको जानकारी गराउदै अगाडि बढ्न यो तालिमले ठूलो भुमिका खेल्नेमा बिश्वास ब्यक्त गर्दै सम्पुर्ण उपस्थितहरुमा आयोजक तथा सहकार्य संस्था सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीको तर्फबाट धन्यवाद ब्यक्त गर्दै कार्यक्रम समापनको घोषणा गरेकी थिईन।