दोहा : नेवा पुच: कतारले रङ्गहरुको पर्व फागुपुर्णिमा ( होलि) मनाएको छ ।
नेवा पुच-ःकतारले फागु पूर्णिमाकाे अवसरमा,गत शुक्रबार कतार स्थित अल दोसरी पार्कमा, शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम र नेवारी संस्कृति झल्कने कुमारी नृत्य, धिमेबाजा, नेवारी नृत्य प्रस्तुत गरेकाे थियो।
होलीलाई नेपालको विभिन्न भागहरूमा 'वसन्त पर्व'को रूपमा पनि मनाइन्छ। नेपालमा विभिन्न स्थानमा होलीको एक दिन अघि आगो बाली होलीका दहन गरे पछि होली खेलिन्छ किनकि यसले 'खराबमाथि राम्रोको विजय' लाई जनाउँछ र फागुन शुक्ल पूर्णिमाको साँझबाट यो पर्व सुरु हुन्छ ।
नेवा पुच: कतारका अध्यक्ष राजु महर्जनको सभापतित्वमा जनजाती महासंघ कतारका कार्यवाहक अध्यक्ष भाइकाजी गुरुङको प्रमुख आथित्यमा कतारमा स्थापित विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवीलगायतकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष जमुना श्रेष्ठको रहेको थियो ।
कार्यक्रममा बोल्ने विभिन्न वक्ताहरुले आफ्नो पर्व आफ्नो पहिचान जोगाउदै होलिले सामाजिक सद्भाव ,एकता र आत्मीयपन अझ प्रगाढ र बलियो बन्दै जाओस्, भन्दै रङ्गहरूको पर्व होली (फागुपूर्णिमा) को अवसरमा शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा कलाकारहरु रबिन महर्जन, सृष्टि श्रेष्ठ, सरिता श्रेष्ठ, निरु श्रेष्ठ, तारा श्रेष्ठ, जमुना श्रेष्ठ, लक्ष्मी सुन्दर त्वानाबासु, सुस्मिता श्रेष्ठ, जमुना श्रेष्ठ, सरिता श्रेष्ठ, सपना महर्जन, रबिन कर्मचार्य, अशोक श्रेष्ठ, अबिन श्रेष्ठ,आर्जु राई, अङ्कित कालिकोटे, नकुल श्रेष्ठ कोरियोग्राफर सृष्टि श्रेष्ठ नेपाल प्रवास तामाङ समाजका कलाकारहरु र तमु (गुरुङ) समाज कतारका कलाकारहरुले आफ्नो साङ्गितिक नृत्य, गायन प्रस्तुति गरेका थिए । साथै एकले अर्को लाई (अविर ) लगाइदा होलि कार्यक्रम विशेष बनेको थियो ।
महासचिव कैलाश श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा बोल्दै सभापति राजु महर्जनले कार्यक्रम सफल बनाउन अरोहत्र खट्ने सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।
आफ्नो पर्व आफ्नो पहिचानका लागी नेवारी एकता, भाषा भेषभुषा तथा संस्कृतिको संरक्षण आजको आवश्यकता भन्ने मुल नाराका साथ सन :२०११ मा कतारमा स्थापना भएको नेवा: पुच कतारले यहाँ रहेका श्रमिक नेपालीहरुको हितमा कार्य गर्दै आहिरहेको छ ।