दोहा : प्रवासी नेपाली मञ्च कतार, अन्तर्गत रहेका सबै नगर कमिटीको अधिबेशन सम्पन्न गर्ने भएको छ ।
सङ्गठन बिस्तार, सुदृढीकरण, गतिशीलता दिने उदेश्यका साथ गत शुक्रबारको दिन थप २/३/६ नम्बर नगर कमिटीको अधिबेशन सम्पन्न गरिएको नगर कमिटी इन्चार्ज टीका कार्किले बताए ।
सनैयाँ स्थित एक रेस्टुरेन्टको सभाहलमा औपचारिक रुपमा सुचारु गरिएको कार्यक्रममा मञ्च कतारमा आबद्ध तथा आस्थावान हरुको थुप्रै उपस्थिति रहेको थियो ।
जस अनुसार २, नम्बर नगर कमिटीको कार्यसमिति निम्न अनुसार बनेको छ । कार्यसमिति नामावली: अध्यक्ष : विकास लामा,उपाध्यक्ष : बाबुराम महत,सचिव : जीवन राज महत,उपसचिव : सुदिप भित्रीकाेटी,सदस्यहरु : ज्याेती खत्री, समीर घतार्नी, नरेन्द्र सिंह, काउछा, लाेक बहादुर सुनार, नयन सिंह नेपाली, गाेकर्ण पन्थी , महेन्द्र पाैडेल रहेका छ्न ।
३नम्बर नगर कमिटी अध्यक्ष :दिपेन्द्र देवकोटा, उपाध्यक्ष कृष्ण अधिकारी, सचिव नारायण गैरे उपसचिव टोपलाला पान्डे, सदस्यहरु क्रमस : बोम बहादुर बस्नेत / कुलदिप भुसाल/ शिभ भुसाल / कृsण भुसाल / सन्तोष भुसाल/ ऋषिराम भण्डारी / गोपाल भुसाल / राजेन्द्र भुसाल / प्रेम प्रसाद लामिछाने छ्न
६, नम्बर नगर कमिटी अध्यक्ष :छ्त्र लिम्बू,उपाध्यक्ष तोयानाथ खतिवडा,सचिव योगेन्द्र बहादुर कट्टेल,उपसचिव पुस्प बुढाथोकी, केन्द्रिय सदस्यहरुमा क्रमस नवराज कुवर/ भिम बहादुर बि. क/ भरत खतिवडा / जीवन कटुवाल / रामचन्द्र भण्डारी / राजु गौतम / झलेन्द्र बिश्वकर्मा रहेको इन्चार्ज कार्कीले जानकारी गराए ।
मञ्चका कार्यवाहक अध्यक्ष बालकृष्ण भित्रीकोटीको प्रमुख आथित्यता रहेको कार्यक्रममा मञ्चका सचिव तथा संगठन बिभाग प्रमुख बिनेश तामाङ,निर्वाचन कमिटी अध्यक्ष गोबिन्द सुवेदी,पुर्व उपाध्यक्ष चानिलाल राजबंशी, पुर्व सचिव हरि बस्नेत,बिश्वनाथ भट्टराई, प्रेम बहादुर बस्नेत लगायतको उपस्थित रहेको थियो ।
नगर इन्चार्ज टीका कार्कीको स्वागत मन्तव्य रहेको कार्यक्रममा अतिथि बक्ताहरुले मन्तव्य राख्दै कतारमा कार्यरत श्रमजीवीहरुको हकहितका लागि सामाजिक भावनामा उत्प्रेरित हुँदै संगठलाई चुस्त दुरुस्त बनाउँदै लैजानु पर्नेमा जोड दिदै नयाँ बन्ने कार्यसमितिलाई बधाई सहित कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए
कार्यक्रम सहजीकरण श्रीधर आचार्यले गरेका थिए ।कार्यक्रम समापन तथा निर्वाचन कमिटीलाई हस्तान्तरण गर्दै सम्पूर्ण निर्वाचित र उपस्थिति सङ्ग परिचय सहित अधिबेशनको खुल्ला भएको थियो