नेपालका प्रथम अन्तर्राष्ट्रिय म्याराथन धावक स्वर्गीय मीनबहादुर विष्टको समृतिमा आयोजित ‘मीनबहादुर स्मृति क्वाटर म्याराथन’ सम्पन्न भएको छ । बुधबार ११३ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा मीनबहादुर स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा काठमाडौं उपत्यकाका २१ पालिकाहरुका धावकहरुले भाग लिएका थिए । प्रतियोगिताको एक कार्यक्रमका बीच गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल र उप प्रमुख सान्नानी लामाले उद्घाटन गरेकी थिइन ।
जोरपाटीको पिस बेन्क्विटदेखि गौशाला चोकसम्म १०.५७ किलोमिटरको क्वाटर म्याराथनमा ५० जना पुरुष र १५ जना महिला धावकले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा पुरुषतर्फ निर्धारित दुरी २७.२२ मिनेटमा पार गर्दै किर्तिपुर नगरपालिकाका अजित कुमार यादव प्रथम भएका छन् । निर्धारित दुरी २७.५४ मिनेटमा पार गर्दै स्वयम्भुका दिनेशसिंह बोगटी द्वितीय र २९.०१ मिनेटमा पार गर्दै गोकर्णेश्वरका सन्दीप ढकाल तृतीय भएका छन् ।
त्यसै गरि महिला तर्फ निर्धारित १०.५७ किमी दुरी ३३.५९ मिनेटमा पार गर्दै नितु तामाङ प्रथम, ३५.५७ मिनेटमा पार गर्दै सोनु घतानी द्वितीय र ३६.०४ मिनेटमा पार गर्दै पदम कुमारी सुनुवार तृतीय भए ।प्रतियोगितामा प्रथम दितीय र तृतीय हुनेले क्रमश नगद नगद रु ५० हजार, २५ हजार र १० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान प्रदान गरिएको थियो भने सहभागी धावकहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा ९ वर्षी देखि ५० वर्षका धावकले भाग लिएका थिए । बिजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि बिशेष अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।
मीन वहादुर विष्ट स्मृती प्रतिष्ठानका संस्थापक अध्यक्ष रमेश बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका उप प्रमुख सान्नानी लामा, गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नवराज लामा, वडा नं ८ का वडा अध्यक्ष नन्द लाल श्रेष्ठ, पुर्व वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी, ट्राफिक प्रहरी वृत्त बौद्द प्रमुख प्रहरी निरीक्षक उपेन्द्र खरेल,स्वतन्त्र टोल सुधार समितिका अध्यक्ष जयराम बिष्ट, वडा सदस्यहरु आयोजक संस्थाका पदाधिकारी सहित धावक र स्थानीयको उपस्थिति रहेको कार्यक्रम संचालन मीन वहादुर विष्ट स्मृती प्रतिष्ठानका अध्यक्ष अशोक विष्टले गरेका थिए ।
मीन वहादुर विष्ट स्मृती प्रतिष्ठानका उपाध्यक्ष अच्यूत विष्टले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथी प्रकाश पारेका थिए उनले नेपालमा खेलको विकास गर्नुको साथै पछि परेका खेलाडीहरुलाई उत्थान र प्रेरणा प्रधान गर्न र समग्र खेल मार्फत नेपाल राष्ट्रलाइ चिनाउने उदेश्यसहित मीनबहादुर बिष्ट स्मृति प्रतिष्ठानको स्थापना गरिएको जानकारी गराए । स्थानीय तहमा लुकेर बसेका धावकहरुको खोजि गरि प्रतिस्पर्धाको माध्यम बाट राष्ट्रिय धावकहरुको उत्पादन गर्ने उदेश्य सहित मीनबहादुर स्मृति क्वाटर म्याराथन आयोजना गरेको जानकारी गराए । सन् १९५१ मा भारतको नयाँ दिल्लीमा प्रथम पटक आयोजित प्रथम एशियन खेलमा दौड तर्फ ४०० र ६०० माइल इभेन्ट नेपालका तर्फ बाट सहभागी मीन बहादुर बिष्ट नेपालकै प्रथम अन्तर्राष्ट्रिय म्याराथन धावकको रुपमा चिनिएका थिए ।
नेपाल स्काउट गोकर्णेश्वर र आशा ओपन स्काउट क्र्युले स्वयं सेवकको भूमिका निर्वाह गरेको कार्यक्रममा समाजमा उल्लेखनीय योगदान पुर्याउने ७ जनालाई बिशेष सम्मान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसालले शुभकामना मन्तब्य राख्दै नगरपालिकाले खेलकुदको बिकासको लागि धेरै काम गरेको जानकारी गराएका थिए ।
उनले नेपालको नामलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने विष्टको नामलाई घर र ढोकामा मात्र सिमिति राख्नु नहुने भन्दै बिष्ट जुन समय र परिस्थीतिमा देशको नामलाई चिनाउन लागे सो कुरा आज र भोलीको पुस्तालाई सुनाउन जरुरी रहेको हुँदा त्यसलाइ बढी भन्दा बढी प्रचारप्रसार गर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा बिशेष अतिथि गोकर्णेश्वर नगरपालिका उप प्रमुख सान्नानी लामा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।