सुरेशकुमार पान्डे ,सन १९११ देखि संसर भरीका कैयौं देशहरूमा आधिकारीक रूपमा मनाउंदै आएको महिंला दिवसको ऐतिहासिक महत्व छ। संगठित नारि आन्दोलनको सुरूवात सर्वप्रथम फ्रान्सीसी क्रान्तिको दौरान भयो।क्रान्तिकारी नारी क्लबहरू जस्तै 'ब्रुमेन्स रिवोल्युशनरी क्लबको रूपमा स्त्रिहरूको पहिलो संगठनको रूपमा प्रकाशमा आयो।
ओलिम्प द गाइसे'१७८९'ले मनुस्य र नागरिकको घोषणापत्र तयार गरे।सन १७९१ मा राष्ट्रीय असेम्वेली समक्ष राखे यद्यपी त्यो पारित हुन सकेन।फ्रँसीसीका अत्याधिक क्रान्तिकारी नेताहरूले समेत त्यो प्रस्ताबलाई खारेज गरे।सन१७९३ मा सबैजसो महिँला क्लबहरूमा प्रहार गरे परिणाम कानुनी व्यबस्थाहरूमा धेरै परिवर्तन भयो। सन १७९१/९२ स्त्रीहरुको शिक्षाको प्राबधानिक कानुन र एउटा विज्ञप्तीको माध्यमबाट कैयौं नागरिक अधिकारको घोषणा गरिएको थियो।तर त्यो पछि खोसियो।महिँला हरूले छोरा सरहको अधिकार पाउनु भन्दा पनि उनिहरूलाई मतदानको अधिकार समेत ठुलो संघर्षपछि प्राप्त भएको हो।बेढी लगाएर राख्ने कथपुतली जस्तै मनोरञ्जनको साधन बनाएर महिँला हरूलाई पुरूषले आफ्नो भोगचलनको सम्पत्ति जस्तै ठान्ने चलन सदियौं देखी थियो। अपमान,अपहेलित तिरस्कृत र दासताको करिब दुई सय पचास वर्ष लामो इतिहासको कथा बोकेको यो दिनलाई मनाउने प्रस्ताव क्लाराजेट्किनले अन्तर्राष्ट्रिय सम्मेलनमा राखिन र त्यो प्रस्ताव एकमतले पारित पनि भयो।त्यही दिवसलाई आज हामीपनि मनाउदै आएका छौ।
यो दिवस मनाउँदै आएको पनि कैयौं वर्ष बित्यो तर के हाम्रो बिचमा यो दिवसले आंशिक फरक पार्यो?अहिलेको जल्दाबल्दा सवाल यही नै हो। एउटा परमपरा र औपचारिकताको रूपमा मेला पर्व जस्तै यो दिवसलाई मनाउँनाले यो दिवसको महत्व ओझेलमा पर्दै आएकोछ। हिंजो भन्दा आज बिकास भएर जानुपर्नेमा बिनास हुँदै गएको छ। महिंला दिवस् न त परमपरा हो न मेला पर्व हो।बरू यो ऐतिहासिक दिन हो,जसमा अनगिन्ति त्याग बलिदानको गाथा छ।त्यसलाई अध्यन र मनन् गर्ने आजको आवस्यकता हो।
बितेका दिनहरूमा महिंला दिवसको बारेमा लेखिएका रचनाहरूको अध्ययन र त्यो माथि मुल्यांकन गरिने गरिन्थ्यो त्यसबाट सकारात्मक परिणाम पनि आएका थिए।तर अहिले त्यो लगभग औपचारिकतामा परणित भयो।त्यसपछि वर्षमा एकदिन समय भए मनाउने समय न भए नमनाउँने व्यबहारले यो दिवसको मर्मलाई गौण बनाइदिएको छ। महिंला दिवसलाई महिंलाहरूको पुरूष सरह समान अधिकारका लागी लडिने लडाइ हो।यो वर्षमा एकदिन मनाएर सम्भव पनि छैन्।बरू महिंलाहरूको समस्यालाई लिएर निरन्तर समाज भित्र दिनहु छलफलको खाँचो छ।
महिँलाहरूको समान अधिकारका लागी लडेको लडाइ त त्यो अधिकार प्राप्त नहुँदा सम्म लड्नैपर्ने हुन्छ।एकदिन औपचारिकता पुरा गरेर मात्र हुँदैन।समस्या छ त्यस्को समाधान पनि यही समाजमा खोज्नुपर्छ।समस्या सँग भागेर समाधान हुँदैन,न हाम्रो समस्याको कुनै अरूले समाधान खोजिदिन्छ। हाम्रै देशभित्र पनि हिंजो महिंलाहरूलाई सति जानुपर्थ्यो तर अहिले पर्दैन,हिंजो देवकी प्रथा थियो अहिले त्यो पनि सकिंदै गएकोछ।अहिले समाजमा बोक्सी प्रथा पनि सहरी क्षेत्रमा पहिले भन्दा सुधार हुँदै आएकोछ।अहिले हाम्रो समाजको सबैभन्दा खराब सँस्कार मध्येको छाउँपडी र दहेज हो,त्यसको पनि लगातार बिरोध हुँदै आएको छ।तर दहेजको तराइ क्षेत्रमा छिमेकी मुलुक बाट बढी नक्कल गरिँदै आएको देखिन्छ।अब छोरा सरहका समान अधिकारका अहिले पनि कोसौं टाढा छन। महिँला हरूले समान अधिकारको बिषयलाई फरक र छाडा ढंगले बुझ्नाले पनि र्को समस्य आइपरेको अबस्था छ।उनिहरूले पुरूषले गलती गय्रो हामिले किन गर्न हुँदैन जस्ता गलत धारणा अगाल्छन्।पुरूषले दुइटी ल्यायो हामि दुइथाउँ पोइलजान किन नहुने जस्ता गलत बुझाईले समाजलाई झनै समस्यामा पारेको छ।
त्यसको लागी स्वयंम महिंलाहरूलाई शिक्षित भएर लगातार संघर्ष गर्नुपर्नेछ।बहु बिबहा जस्ले गरेपनि गलत हो भन्नेबारे ज्ञान आर्जन गर्नुपर्छ। महिंलाहरूको हितमा कतिपय धार्मिक रूपमा पनि आवाज न उठेको भन्न मिल्दैन।खास गरेर नेपालका गौतम बुद्ध ,भारतमा स्वामि विवेकानन्द,राजाराम मनोहर राय,लगायतका हस्तिहरूले पनि महिँला हरूको हितमा आवाज उठाएका थिए।उनिहरूले समग्रमा मानव अधिकारका लागी आवाज उठाएको इतिहास भेट्टिन्छ।महिला र समग्र जात जातिहरूको पक्षमा उनिहरूले आवाज उठाए र उनिहरूको बिचमा समानता ल्याउँने पहल गरेकाथिए। सन १९७८ डिसम्वर १८मा पारित भएको सयुंक्त राष्ट्रसंघको महासन्धिमा पनि उल्लेखित महिलाहरूमा हुने तमाम् भेदभावको अन्त्य गर्ने प्रस्ताब पारित भएको छ।तर यस्ता पारित भएका नियम कानुनहरू अंमलमा आएका छैनन्।यसले के प्रष्ट पारेको छ भने नियम कानुन् बनाएर मात्रै पुग्दैन त्यसलाई व्यबहारिक जामा पहिराउँन सक्नुपर्छ।अहिलेको पुँजिबादी र पुरूष प्रधान समाजमा महिंला हक र हितमा बनाइएका तमाम नियमहरू ढोकसला मात्र हुँन।संसारलाई देखाउन बनेका जो फाइलमा चुपचाप थन्किएका हुन्छन्। समाज भित्रको दृष्ट्रीकोणलाई बदल्नसक्नु पर्छ यो दिसामा कैयौं महिंलाहरेले संघर्ष गरेर उदाहरणिय बनेका पनि छन्।जस्तै वैज्ञानिक, अन्तरिक्ष यात्री,लडाकु,पाइलेट र पुँजिवादी राजनीतिमा संघर्ष गरेर मन्त्री,प्रधान मन्त्री,राष्ट्रपती,सभा मुख आदी बनेर पुरूष भन्दा महिंला कम छैनन्। अवसर मिले सबै ठाउँ मा पुरूषको बराबरी गर्न सक्छन भन्ने पुष्टी हुन्छ। आज महिँला र पुरूष समान रूपमा क्षमता छ भन्ने सावित भएको छ।तर एउटा महिंला राष्ट्रपती बनेपनि,प्रधान मन्त्री बनेपनी सबै महिँला को समस्या समाधान हुन सक्दैन त्यसको लागी सिष्टमलाई बदल्नुपर्छ।
सामाजिक चेतनाको अहम भुमिका हुनेगर्छ।पुरूषले उनिहरूलाई हेर्ने नजरिया र स्वंयम महिँलाहरूले आफुलाई कमजोर ठान्ने मनोवृतीले महिलाँहरू कम्जोर भएका छन्।यसै बिषयलाई लिएर समाजवादीहरूले लगातार महिँला हरूलाई अगाडि बढ्न प्रेरित गर्दै आएका छन्। त्यसैले पनि आठ मार्चको ऐतिहासिक महत्व छ।आठ मार्च सन १९०८मा अमेरिका गार्मेन्ट फैक्ट्रीहरूमा कार्यरत महिँलाहरूले समानताको माग गर्दै जुलुस प्रदर्सन गरेकाथिए। मार्च ८ संन १९०८ मै सिकागो शहर लगायत कैयौँ सहरहरूमा महिँला हरूलाई दिइने काम,तलब र उनिहरूमाथी कारखानामा हुने दुरब्यबहारका बिरूद्धमा जुलुस प्रदर्शन गरियो।२८जनवरी १९०९ मा पहिलो पटक आठ मार्चको सम्झनामा पहिलो पल्ट महिंला दिवस मनाएका थिए।तर यसलाई सन१९१० देखि अन्तर्राष्ट्रिय रूपमा मान्यता मिल्यो र सन१९११ देखि दुनियाँ भरिका महिँलाहरूले आधिकारिक रूपमा मनाउदै आएकाछन्। नेपालमा वि.स.२००८सालमा महिला संगठन निर्माण भयो तर २०१७ मा फौजिकाँड पछि सांगठनिक गतिबिधी माथि रोक लाग्यो।२०३०को दसकमा संगठनको पुनर्गठन भएपनि कतिपय कारणहरूले व्यबस्थित हुन सकिन।त्यसपछि २०४५मा दृतिय सम्मेलन भयको देखिन्छ तर पहिलो सम्मेलनको बारेमा सहि जानकारी भेटिदैन।
वि.स.२०४९देशभित्र २०४६सालको जनान्दोलनपछि मंसिरमा २६/२७ गते बुटवलमा सम्पन्न केन्द्रीय बिस्तारित बैठकले भने सम्पत्तिमा समान अधिकारको आवाज उठाएको थियो।यसरी यो दिनलाई महिंला सशक्तिकरणको रूपमा मनाउँदै आएको इतिहास भेट्टिन्छ। महिँलाहरूको हक हितको रक्षाका लागी बिभिन्न देशका समाजवादीहरूले वा व्याक्तिगत रूपमा लेखक बुद्धिजिवीहरूले निरन्तर आवाज उठाउँदै आएका छन्।बंगलादेशकी लेखिका तलसिमा नर्शिनले इस्लामिक कानुनलाई पाप घोषित गरेर लज्जा नामक पुस्तिका प्रकासित गरेपछि उनलाई देश निकाला गरियो र उनि भारतमा सरण लिन पुगिन्।चिन की रातो लालटिनकी रचियता का चियाङचिङ्गलाई माओको निधन पछि जेलमा राखियो र ५जुन सन१९९१मा उनि जेलमै मरिन भनेर मृत्युको घोषणा गरियो।नेपालमा पनि पारिजातले महिंलाको हकमा कलम चलाइन।
अहिले पनि संसार भरिमा महिंला हरूको हक हितको रक्षा र उनिहरूलाई समान अधिकारको लागी संघर्षहरू हुँदै आएकाछन। आफ्नो देशमा हुने महिला हक हितको लागी एउटा इट्टा थप्ने उदेश्यले अन्तरराष्ट्रिय श्रमिक महिँला दिवसको कार्यक्रमको आयोजना गर्दै आएकाछन्।अहिले पनि आठ मार्चलाई बिभिन्न कार्यक्रमको आयोजना गरेर मनाउँने छन् तर व्यबहारमा होइन घन्टौ भाषन र दन्ते कथा हालेर एकछिन तालि पिटेर औपचारिकता पुरा गरेर यो दिनको गरिमामय इतिहासको उपहास गर्नु भन्दा जो जति सकिन्छ व्यबहारमा उतार्नु राम्रो हुनेछ।