सुरेशकुमार पाण्डे
हिंजो आज मानिसहरूमा सहनशीलता छैन।आफ्नो विवेकले काम गर्दैनन्।कुन बिषयको कहाँ उठान हुँनुपर्ने हो त्यसबारे पनि अनभिज्ञ हुन्छन्। अनुशासन बिहिन भएर पशुतुल्य जीवन ब्यतित गरिरहेका छन।
त्यही कारणले आज दिनप्रतिदिन समाजमा बिकृती,बिसंगती,कुसंस्कार फैलिएको छ।साढे ६ दशक लगाएर संविधान बनायौं त्यसैमा पनि कलेस छैन।हामिले बुंदागत रुपमा छलफल गरेर संबिधान रहेको गलत बिषयलाई हटाउने र देश र जनताको हितमा अर्को बुंदा थप्ने मैत्रिपुर्ण व्यबहार किन अप्नाउन सक्दैनौँ? के सधै देशलाई गृहकलहमा धकेल्नै पर्छ? केहि दिन पहिले एकजना ब्यापारीले आफुलाई आगो लगाएर जिवन लिला समाप्त गरेका थिए।उन्को जटिल समस्या थियो तरपनि त्यसको समाधान सम्भव थियो। अहिले शर्मिला वाइबाले विष पिएर आत्महत्याको प्रयास गरेकी छन्। उनको अहिले वीर अस्पतालको आईसीयूमा उपचार भइरहेको समाचार छ। यस्ता कैयौं उदाहरणहरूले के बताउँछन भने मानव समाजमा सहनसिलता छैन।कुनैपनि व्यक्ति समस्या नभएको त हुँदैन।मानिस भएपछि समस्याहरू हुन्छन् त्यो समस्या पनि त आफैले उब्जाएको हो।
अनि समस्याको समाधान गर्न सकिदैन भने किन उब्जाउँनु हुन्छ समस्या? मानव यो संसारको सबैभन्दा चेतनशिल प्राणि किन हो भने त्यो विवेकशिल छ,सहनशिल छ र अनुशासित छ,उस्ले यो चराचर प्रकृतिमा समाजमा हुने उथलपुथललाई खोजबिन गर्न सामर्थ्य छ,बिधी बिधान तैयार पार्छ र त्यसभित्र बस्ने र अरूलाई बसाल्ने प्रयत्न गर्दछ।हतियार बनाउँछ र त्यो कहाँ कसरि प्रयोग गर्ने बारे नियम बनाउछ।सबै यो धर्ति र आकाशमा खोजबिन गर्छ, नयाँ नयाँ आविस्कार बनाउँछ।आदी इत्यादी निर्माण गर्ने यही मानिस अभद्र भएर गौरजिम्मेवार भयो भने त्यो र पशुमा खासै फरक हुँदैन किन की मानिस एक प्रकारको पसु नै हो।मानिस र पसुमा यही फरक हुन्छ। हामिले आफै नियम कानून् बनाउँने ठाउमा पुगेर बनाएको नियम र कानून् भित्र आफै रहन सक्दैनौँ भने हामी अब्बल दर्जाको अराजक हौं!तरपनि यो सबैमा लागु हुनुपर्छ सबैले लागु गर्न सक्नुपर्छ। पुँजिवादी व्यबस्था भित्रपनि नियम कानून् त छँदैछन् तर उनिहरूले त्यसको दुरुपयोग गर्नाले नै समस्या पैदा भएको हो।नियम भित्र सबै चल्ने हो भने यही पुँजिवादी गणतन्त्र भित्रपनि धेरै समस्याहरू समाधान हुन्छन भन्नेकुरा छिमेकको राजधानी दिल्लिमा केजरिवाल सरकारको अध्ययन गरेपछि छर्लङ्ग हुन्छ। उनि कम्युनिष्ट होइनन् तरपनि आचरण जनप्रिय छ जनताको पक्षमा उन्को सरकारको व्यबहार छ।त्यो एउटा सामान्री उदाहरण हो।यस्ता व्यक्तिहरू हाम्रै देशमा पनि भेट्टिन सक्छन तर यहाँको शिक्षा सेवा निजिकरण छ अर्थव्यबस्था र राजनीतिक धरातल दलाल प्रवृत्तिको छ।देशमा उधोग नहुँदा आयश्रोत छैन् आएश्रोत नभएपछि जनतालाई सुबिधा छैन, रोजगार छैन यो आम नागरिकलाई जानकारि भएको कुरा कसैबाट लुकेको छैन।
जब हाम्रो देशले कुनै प्रकारको व्यपारिहरूलाई सहयोग दिन सक्दैन भन्ने थाहा पाएकाहरूले यही सरकारले केहि सहयोग दिन्छ की भनेर सरकारको भरमा कारोबार किन गर्छन?त्यसो गर्दा उनिहरू हताहत हुन पुगेकाछन्।कसै सँग कुनै प्रकारको स्वार्थमा रिलेसन भयो अनि त्यो झुक्न मानेन त्यसबाट दुखि भएर आत्म हत्या गर्ने प्रयत्न हुन्छ।के यो कदम मात्र यो समस्याको समाधान हो? यस बाहेकका समाधान थिएनन् निश्चित रूपमा यिनका समाधान हुनसक्थे खोजबिन गरेको भए। मानिसको जिवन अमूल्य हुन्छ यो न त पहिले थियो न शास्त्रले भनेको जस्तै अर्को जन्म आउंने छ बरू शास्त्रले भनेको स्वर्ग र नर्क यही धर्तिमा हुन्छ।त्यो हाम्रो व्यबहार आचरणले निर्धारित गर्ने छ। हाम्रो यो अमूल्य जिवन हाम्रो मात्र होइन,हाम्रो जिवनमा निर्भर गरेर बसेका आफन्त जन समाज र सिङ्गो देशको लागी हाम्रो आवस्यकता छ।
यदी हामि सबैले यसरी आत्महत्या गर्न थालेपछि यो देशको मालिक को हुन्छ?त्यसकारणले नागरिकले आत्माहत्या गर्नु पनि अपराध हो र गैर कानुनी कार्य हो।उनिहरूलाई सहानुभूती भन्दापनि चेतवानी दिनुपर्छ र कानून् अनुसारको सजाए दिनुपर्छ। हामिले कुनै संगठनमा नियम बनाउँछौ भनेपनि त्यसको पालना गर्नैपर्छ गर्न सकिदैन भने त्यस्तो नियम नै नबनाउँ जस्लाई व्यबहारमा उतार्न सकिदैन।त्यो नियम बनाउँन जुटेकाहरूले नै नियम बिपरित गर्यो भने झनै ठुलो सङ्कटपर्छ। कतिपय साथिहरूका बिचारहरू पनि अत्यन्तै निन्दनिय देखिन्छन्।आफुलाई घरको कुरा केही चित्त बुझेन भने सामाजिक संजाल फेसबुकमा पुर्याउने गर्दछन।
घरभित्रका कुरा घरभित्र सामाजिक कुरा समाजभित्र र राष्ट्रियताका कुरा आफ्नै देशभित्र गर्नुपर्नेमा उनिहरुलाई जहाँ मन लाग्छ त्यहीं गर्ने गर्छन्।त्यसकारणले समस्या बल्झिएको हुन्छ। उनिहरूले आफ्नो मनलाग्दा सम्म नतमस्तक हुन्छन र नजिकको चम्चा बनेर उनको पछिपछि झिंगा धपाउंदै हिंड्छन अनि आफ्नो स्वार्थ पुरा भयो भने वा नहुने देखे पस्चात उनैलाई गालिका बौछार गर्ने गर्छन।यो हामिले देख्दै आएको बिषय नै हो।
कुनै नौलो कुरा चाहिं होइन।कसैले राजनीति राम्रो लाग्दैन भने बिना कुनै हर्कत अर्को बाटो छोप्ने अधिकार छ।चित्त कसैले बुझाएर बुझ्ने कुरा पनि होइन। जस्ले देश र जनताकोलागी शंघर्षमय जिवन अप्नाएको छ। त्यसले कदापि गलत कृयाकलाप गर्दैन र गर्न हुदैन जसबाट सिंगो समाज र देशलाई सर्मिन्दा हुनुपर्छ। नागरिकको इच्छा अनुसार कुनै पनि पार्टी प्रबेश गर्नु र बिचार सिद्धान्तमा अंगाल्न नैसर्गिक अधिकार छ तर अहिलेका राजनितीक पार्टी दिनप्रतिदिन नेपाली जनताका लागि क्रमश बोझ बन्दै गएको घाम जस्तै छर्लङ्ग भएको छ।