काठमाण्डौ। गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा रहेको जिवनतारा एकेडेमीमा एस ई ई दिने तयारीमा रहेका बिद्यार्थीहरुका लागि अभिमुखिकरण कार्यक्रम-२०७९ आरुबारी ब्याङ्केटको सभाहलमा सम्पन्न भएको छ।
गोकर्णेश्वर नगरपालिका वडा नं ९ को आयोजनामा गरिएको अभिमुखिकरण कार्यक्रममा पाँच बिधालयका करिब २४० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो। कार्यक्रम गोनपा ९ का वडा अध्यक्ष राजिव थापाको सभापतित्वमा भएको थियो । त्यसैगरी कार्यक्रममा वडा सदस्यहरु लक्ष्मी गुरुङ, श्रीकृष्ण कारञ्जित, उमेश चालिसे, गमला कुमारी परियार, शिक्षासेवीहरु हरिकृष्ण श्रेष्ठ, कृष्ण प्रसाद नेपाल, अमर बहादुर गिरी, अर्जुन प्रसाद दंगाल, प्रकाश नगरकोटी लगायत शिक्षाप्रेमी दाजुभाई तथा दिदिबहिनीहरुको आतिथ्यता रहेको थियो ।
जिबनतारा एकेडेमीका प्रीन्सिपल अमर बहादुर गीरीको संयोजकत्वमा भएको कार्यक्रममा विषयगत विज्ञहरु वाशुदेव बोगटी (गणित), गोपीचन्द्र पौडेल (विज्ञान), महेन्द्र विष्ट (सामाजिक अध्ययन), राजेन्द्र न्यौपाने (उत्प्रेरक वक्ता) लगायतको आतिथ्यता तथा विभिन्न विद्यालयबाट आएका शिक्षक शिक्षिका र उल्लेख्य संख्यामा विद्यार्थीहरुको सहभागी भएका थिए। गोकर्णेश्वर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद उपशाखा प्रमुख टेकेन्द्र प्रसाद ढकालले आफ्नो मन्तब्य राख्दै आजको ओरेन्टेसन कार्यक्रम एस ई ई को परिक्षा दिने विद्यार्थी भाईबहिनीहरुका लागि अत्यन्तै उपयुक्त र जिवनको एउटा प्रेरणादायी श्रोत रहेको जनाउदै बिषयगत बिज्ञ शिक्षकहरुबाट प्रस्तुति र परिक्षामा कसरी प्रस्नोत्तर गर्ने बारेमा विभिन्न टिप्स दिनुहुनेछ र त्यसलाई राम्रो सुनेर मनन गरेर उत्कृष्ट मार्क ल्याई उतिर्ण हुन सुझाव तथा बिश्वास गर्दै कार्यक्रम आयोजक वडालाई धन्यबाद ब्यक्त गरेका थिए। त्यसैगरी कार्यक्रमका सभापति राजिव थापाले आफ्नो मन्तब्य राख्दै आफ्नो प्रथम कार्यकालदेखी नै वडा नं ९ भित्र रहेका सामुदायिक र संस्थागत बिधालयका विद्यार्थीहरुका बिच विभिन्न अतिरिक्त क्रियाकलाप मार्फत विभिन्न प्रतिस्पर्धात्मक कार्यक्रम गर्दै आएको जनाउदै कोभिड १९ को विषम परिस्थितिले केही समस्या उत्पन्न भएतापनी त्यसैलाई निरन्तरता दिदै यो ओरेन्टेसन कार्यक्रमको आयोजना गरिएको बताएका थिए।
यो समय विद्यार्थी भाईबहिनिहरुका लागि अलि संबेदनसिल समय भएको जनाउदै विभिन्न काउन्सिलिङको जरुरी समेत रहेको बिषय गत बिज्ञ शिक्षकहरुद्वारा प्रशिक्षण दिन थालिएको बताउदै प्रत्येक विद्यार्थी यो वडाको लागि गहना हो जसले आफ्नो भबिस्य निर्माण हुँदा सम्पुर्ण वडा नगरपालिका हुँदै देशकै मेरुदण्ड बन्नेमा बिश्वास ब्यक्त गर्दै पहिलो सत्रको कार्यक्रम सम्पन्न भएको घोषणा गरेका थिए।@muglanikhabar.com